EOI आह्वान: क्रिकेट तालिम सम्बन्धमा

Rural Women Upliftment Association (RWUA)

Details / requirements:

EOI आह्वान

(Expression of Interest-EoI)

Terms of Reference (सांदर्भिक शर्तहरू)

विषय (Agenda): क्रिकेट तालिम सम्बन्धमा ।

स्थान:- ग्रामीण नारी उत्थान संघ, हरिपुर ०२, सर्लाही

१. परिचयः

ग्रामीण नारी उत्थान संघले २०५० सालदेखि सर्लाही जिल्ला तथा अन्य केही जिल्लाहरूमा महिला सशक्तिकरण, बाल अधिकार, शिक्षा, स्वास्थ्य, लैङ्गिक समानता, समावेशीकरण, सुशासन, शान्ति निर्माण, जीविकोपार्जन, दिगो कृषि, युवा क्षमता विकासलगायतका क्षेत्रमा कार्य गर्दै आएको एक अग्रणी गैर सरकारी संस्था हो ।

ग्रामीण नारी उत्थान संघ र सेभ द चिल्ड्रेनको सहयोग तथा ईश्वरपुर नगरपालिका र हरिपुर नगरपालिकाको समन्वयमा सञ्चालित समुन्नति कार्यक्रमको सहयोगमा बाल विवाह विरूद्धको अभियान अन्तर्गत “बाल विवाह विरुद्धको किशोरी क्रिकेट” प्रशिक्षण कार्यक्रम बाट स्थानीय स्तरमा किशोरी खेलाडीहरूको पहिचान, सशक्तिकरण, स्वावलम्बी सीप विकास र सञ्जालीकरण तथा किशोरी नेतृत्वमा आधारित खेल प्रर्वद्धनका माध्यम बाट बाल विवाह अन्त्य गर्ने मुल उद्देश्यका साथ ११ देखि १९ वर्ष उमेर समुहका किशोरीहरूका लागि क्रिकेट प्रशिक्षण कार्यक्रम सञ्चालन गर्नका निम्ति दक्ष प्रशिक्षकको आवश्यकता भएकाले इच्छुक व्यक्ति वा संस्थाहरूलाई कोटेसन आह्वान गरिएको छ ।

२. क्रियाकलापको लागि व्यक्ति/संस्थाले पालना गर्नु पर्ने सर्तहरू:

  • प्रशिक्षण कार्य अवधि ९० दिनभित्र सम्पन्न गरिसक्नु पर्नेछ ।
  • प्रशिक्षण तय गरिएको तालिका अनुसार तोकिएको मिति, समय र स्थानमा समयमै सञ्चालन गर्नुपर्नेछ ।
  • प्रशिक्षक वा संस्थाले सहभागीहरूको व्यवस्थापन तथा अन्य आवश्यकीय सम्पूर्ण पूर्वतयारीका कार्यहरू प्रशिक्षण संचालन हुनु एक हप्ता पुर्वमा नै सम्पन्न गर्नुपर्नेछ ।
  • प्रशिक्षण योजना, पाठ्यक्रम, अभ्यासका विधिहरू नेपाल क्रिकेट संघ (CAN) वा सो सँग सम्बन्धित निकायको मापदण्ड अनुसार तयार पारिएको हुनुपर्नेछ ।
  • बाल संरक्षण तथा सुरक्षा नीति, शुन्य सहनशीलतालगायत संस्थागत नीतिको पालना गर्नु पर्नेछ ।

३. कार्यक्रमको उद्देश्य:

  • क्रिकेट प्रशिक्षण मार्फत किशोरीहरूको शारीरिक, मानसिक, सामाजिक र नेतृत्व क्षमतामा वृद्धि, सशक्तिकरण, स्वावलम्बी सीपविकास उजागर गर्दै, स्थानीय स्तरमा किशोरी सञ्जालीकरण तथा किशोरी नेतृत्वमा आधारित खेल प्रर्वद्धन गर्नु ।

४. प्रशिक्षक व्यक्ति वा संस्थाको जिम्मेवारी र जवाफदेहिता:

  • प्रशिक्षक वा संस्थाले प्रशिक्षण सञ्चालनका लागि विकल्पका रूपमा सहायक प्रशिक्षकको वैकल्पिक व्यवस्था गर्नु पर्नेछ ।
  • प्रशिक्षक वा सहायक प्रशिक्षकमध्ये कम्तीमा एक जनालाई साङ्केतिक भाषा (कष्नल बिलनगबनभ) को सामान्य ज्ञान हुनुपर्नेछ (समावेशी दृष्टिकोणका लागि) ।
  • प्रशिक्षकले सहजीकरण गर्ने क्षमता, संप्रेषण कलालाई बालमैत्री व्यवहार मार्फत अभ्यास गराएको हुनुपर्ने ।
  • सहभागीहरूको मूल्याङ्कन सैद्धान्तिक र व्यवहारिक रूपमा गरिनुपर्नेछ ।
  • व्यवहारिक प्रशिक्षणलाई प्राथमिकता दिदै, मैदानका अभ्यास, खेल अवधारणा, टिमवर्क र अनुशासन आदिका विषयमा बाल संरक्षण तथा सुरक्षा नीति, शुन्य सहनशीलता लगायत संस्थागत नीतिको पालनामा विशेष जोड दिनुपर्नेछ ।
  • नेपाल क्रिकेट संघ वा जिल्ला क्रिकेट संघको मापदण्ड अनुसार सञ्चालन गरिनुपर्नेछ ।

५. आयोजक संस्थाका जिम्मेवारी र जवाफदेहिता:

  • प्रशिक्षण स्थलमा पर्याप्त पानी, प्रकाश, हावा, सरसफाई, आधारभूत सुविधा तथा आवश्यक प्राथमिक उपचारका सामग्रीहरु अनिवार्य हुनुपर्ने ।
  • आवश्यक पर्ने खेल सामग्री, उपकरण र सहायक वस्तुहरू प्रशिक्षण अवधिभर उपलब्ध गराउनु पर्नेछ ।
  • आवश्यकता अनुसार नेपाल क्रिकेट संघ वा सम्बन्धित निकायहरूसँग समन्वय गरी मान्यता प्राप्त प्रमाणपत्र प्रदान गर्ने व्यवस्था गर्नुपर्नेछ ।
  • प्रशिक्षक कम्तिमा नेपाल क्रिकेट संघबाट लेवल १ उर्तिण गरेको हुनु पर्नेछ र सहायक प्रशिक्षकको हकमा ओ लेवल वा फाउन्डेसन लेवल उर्तिण गरेको हुनु पर्नेछ ।
  • स्थानीय जिल्ला क्रिकेट संघ र प्रादेशिक क्रिकेसँग आवश्यक समन्वय र सहकार्य गर्नु पर्नेछ ।
  • प्रशिक्षणका लागि आवश्यक सामाग्रि सहितको प्रशिक्षण अनिवार्य रुपमा गर्नु गराउनु पर्नेछ ।

५. प्रतिफल (Expected Outcomes):

  • सहभागीहरूमा खेलकुद सम्बन्धी सैद्धान्तिक र व्यवहारिक ज्ञान तथा कौशल वृद्धि हुनेछ ।
  • सहभागीहरू आत्मविश्वासी, अनुशासित र समावेशी खेलाडीको रूपमा प्रस्तुत हुनेछन् ।
  • खेलकुद क्षेत्रमा अवसर खोज्न सक्ने र प्रतिस्पर्धा गर्न सक्ने क्षमताको विकास हुनेछ ।

६. सहभागी (Participants):

  • ईश्वरपुर र हरिपुर नगरपालिकाको स्थायी बासिन्दा हुनुपर्नेछ ।
  • तालिममा सहभागी हुनको लागि उमेर ११ देखि १९ वर्ष र अपाङ्गता भएको (बहिरा) किशोरी/युवती र लैङ्गिक तथा यौनिक अल्पसंख्यकहरूको उमेरको हकमा ११ देखि २२ वर्ष भित्रको हुनुपर्नेछ ।
  • दलित, जनजाति, मुस्लिम, अपांङ्गता भएका व्यक्ति (बहिरा) लगायत अन्य सीमान्तकृत समुदायका किशोरीहरूलाई विशेष प्राथमिकता दिइनेछ ।

७. स्थान (Training Venue):

  • प्रशिक्षण हरिपुर न.पा. अथवा ईश्वरपुर न.पा. भित्र हुनेछ ।

८. मूल्याङ्कन (Monitoring and Evaluation):

  • तालिम अवधिमा कार्यक्रम सम्बन्धित संयोजक वा अधिकृतले अनुगमन गर्नु पर्नेछ ।
  • नेपाल क्रिकेट संघ, सम्बन्धित निकायहरू, नगर वा जिल्ला तहबाट कम्तिमा १ पटक अनुगमन र अवलोकन गर्नु पर्नेछ ।

९. आवश्यक कागजातहरू (संस्था/फर्मको हकमा)

  • दर्ता प्रमाणपत्र
  • प्यान/भ्याट प्रमाणपत्र
  • नविकरण प्रमाणपत्र
  • कर चुक्ता प्रमाणपत्र
  • विगतमा तालिम सञ्चालन गरेको अनुभव प्रमाण

९.१ व्यक्तिको हकमाः

  • बायोडाटा
  • प्रशिक्षण सम्बन्धी प्रमाणपत्र (क्रिकेट प्रशिक्षकका लागि)
  • व्यक्तिगत प्यान नम्बर
  • विगतमा काम गरेको अनुभव विवरण

९.२ प्राविधिक र वित्तीय प्रस्तावः

  • विषयगत तालिम योजना
  • सामग्री विवरण
  • दरभाउपत्र सहितको प्रस्ताव

१०. अनिवार्य सीप तह:

प्रशिक्षक कम्तीमा (क्रिकेट नेपाल संघबाट प्रमाणित) हुनुपर्नेछ ।

प्रशिक्षण गरेको अनुभव पत्र भएको (प्रमाणपत्र) हुनुपर्नेछ ।

११. प्रस्ताव पेश गर्ने सम्बन्धमा सूचना:

ईच्छुक व्यक्ति, महिला, सीमान्तकृत समुदायका व्यक्ति, अपाङ्गता भएका व्यक्ति वा संस्था÷फर्म ले माथि उल्लेख गरिएका बुँदाहरू पालना गरी विज्ञापन प्रकाशित भएको मितिले ७ दिनभित्र प्रस्ताव यस संस्थाको कार्यालय वा ईमेल procurement.committe@rwua.org मा पेश गर्नु पर्नेछ।

Address: RWUA, Haripur -2, Sarlahi, 9854046251/9854046253

Email: procurement.committe@rwua.org

Overview

Category Development Project, Expression of Interests, Tender Notice, Bid
Position Type Contract
Posted Date 14 Aug, 2025
Apply Before 20 Aug, 2025
City Sarlahi