अदुवाको बिउ खरीदका लागि दरभाउ पत्र (Quotation) माग गरिएको सम्बन्धी सूचना
Details / requirements:
ग्रामीण आर्थिक विकास संघ रेडा पाल्पा
वातावरणीय दिगोपनाका लागि श्रोत र क्षमताको सुनिश्चितता (SPICES)परियोजना
प्रथम पटक प्रकाशित मितिः २०८२/१२/०२
अदुवाको बिउ खरीदका लागि दरभाउ पत्र (Quotation) माग गरिएको सम्बन्धी सूचना
यस ग्रामीण आर्थिक विकास संघ (रेडा) पाल्पाले आ.व.२०८२/०८३ मा सि.आर.एस. नेपाल (Catholic Relief Services) को आर्थिक तथा प्राविधिक सहयोगमा संचालित वातावरणीय दिगोपनाका लागि श्रोत र क्षमताको सुनिश्चितता(SPICES)परियोजनाका लागि आवश्यक पर्ने, अदुवाको विउविजन खरिद गर्नुपर्ने भएकोले सम्बन्धित कार्यका लागि नेपाल सरकारबाट मान्यता प्राप्त इच्छुक फर्म, कम्पनी तथा आपुर्तीकर्तालाई प्रथम पटक सुचना प्रकाशित भएको मितिले ७ दिन भित्र तपशिलमा उल्लेखित आवश्यक कानुनी कागजात सहित संस्थाले तोकेको दरभाउ पत्रको ढाँचामा दरभाउ पत्र पेश गर्नुहुन सुचना आह्वान गरिन्छ ।
दरभाउ पत्र विवरणः
| क्र.सं. | विरुवाको विवरण | सामाग्रीको बिसिष्टीकरण (Specification) | अनुमानित परिमाण |
| १ | अदुवाको वीउ | नसेरबोसे प्रजातीको ,पाल्पाको स्थानीय, रोग किरा नलागेको, चोट पटक नलागेको, बोक्रा नखुईलिएको ,प्रति गानो ३०(६० ग्राम तौल भएको, तथा गानोमा कम्तिमा २ देखि ३ वटा सम्म टुसा भएको । | ६६०० के जी |
आवश्यक कागजातहरू:
१. फर्म दर्ताको प्रमाण पत्र/व्यवसायिक ईजाजत पत्रको प्रतिलिपि
२. प्यान/भ्याट दर्ताको प्रमाण पत्रको प्रीतलिपि
३. आ.व. २०८१/०८२ को कर चुक्ताको प्रमाण पत्रको प्रतिलिपि
४. अदुवा खरिद बिक्रि गरेको अनुभव पत्र (यदि उपलब्ध भयमा)
५. तोकिएको ढाँचा बमोजिमको दरभाउ पत्र पेश गर्नु पर्नेछ ।
ढुवानीका शर्तहरू:
| स्थानीय तहहरू | स्थानहरू |
| माथागढी | वडा नं.,३ सराई |
| पुर्वखोला | वडा नं, १ सिलुवा |
| तानसेन | तनसेन ४ बिसाल बजार सम्म |
LINK: RFQ REDA GINGER
आवेदन गर्ने प्रक्रियाः
ईच्छुक आवेदनकर्ताले दरभाउ पत्र तथा आवश्यक कागजातको प्रतिलिपि सहित संस्थाको कार्यालय तानसेन नगरपालीका-४, बिशाल बजार, पाल्पामा भौतिक रुपमा वा संस्थाको आधिकारीक ईमेल ठेगाना redaprocurement4@gmail.com मा तोकिएको मिति भित्र कार्यालय समय भित्र पठाउन सकिने छ ।
Overview
| Category | Development Project, Expression of Interests, Tender Notice, Bid |
| Openings | 1 |
| Position Type | Contract |
| Posted Date | 16 Mar, 2026 |
| Apply Before | 22 Mar, 2026 |
| City | Palpa |