बोलपत्र आह्वान

Banke UNESCO Club

Details / requirements:

बोलपत्र आह्वान

(प्रथम पटक प्रकाशित)

मितिः २०७९।०१।२८ गते

उपरोक्त सम्बन्धमा बाँके युनेस्को क्लब, बाँके र प्लान इन्टरनेशनल नेपालको साझेदारिमा बर्दीया जिल्लमा सञ्चालित बाल बिवाह, चाँडै बिवाह र जबरजस्ती गरिने बिवाह रोकथाम  (Preventing Child, Early and Forced Marriage) परियोजना अन्तर्गत बढैयाताल गाउँपालिका, बाँसगढी र राजापुर नगरपालिकाका ७ वटा बिद्यालयहरुमा महिनावारी स्वच्छता व्यवस्थापन र खाने पानी तथा सरसफाई सम्बन्धी निर्माण, मर्मत, संभार र आराम कक्ष समेतको व्यवस्थापन गर्नुपर्ने भएकोले सो को लागि आवश्यक सम्पूर्ण सामाग्री सहित बोलपत्र पेश गर्न संस्थाको खरिद समितिको निर्णय बमोजिम तपसिलको सर्तपुरा गर्ने फर्म, निर्माण व्यवसायीले यो सूचना प्रकाशन मितिले ७ (सात) दिन भित्र सार्वजनिक बिदा परेमा सोको भोलिपल्ट सिलबन्दी दरभाउ पेश गर्न यो सूचना प्रकाशन गरिएको छ । साथै बोल पत्र सम्बन्धी आबश्यक फाराम/बोलपत्र/विवरण कार्यालयबाट उपलब्ध गराईने छ ।

पेश गर्नुपर्ने आवश्यक कागजातहरु:

१.कम्पनी दार्ता प्रमाणपत्र प्रतिलिपी

२.आ.व.२०७७/०७८ को कर चुक्ता प्रमाण पत्र प्रतिलिपी

३.स्थायी लेखा नम्बर प्रमाण पत्र प्रतिलिपी तथा फर्म दर्ता भएको व्यक्तिको नेपाली नागरिकता प्रतिलिपी

४.फर्म वा निर्माण ब्यबसायीले आफ्नो कार्य अनुभव सहित फर्मको प्रोफाईल पेश गर्नुपर्ने छ । 

५.प्रस्तावकले प्रस्ताव गरेको जम्मा मूल्यको हुन आउने रकम (भ्याट बाहेक) को २.५ प्रतिशत BID Money  बोलपत्र संग संलग्न  गर्नुपर्नेछ ।

६.निर्माण व्यवसायी/फर्मलाई बोल पत्र सम्बन्धी कागजात कार्यालय समय भित्र उपलब्ध गराइनेछ । 

७.फर्मा वा निर्माण व्यवसायीले  बोल पत्र  मिति २०७९।०२।०३ गते सम्म कार्यालय समय भित्र पेश गर्नुपर्ने छ ।

मर्मत तथा निर्माण कार्यको लागत अनुमान रकम रु १२,४३,१७३.१२ (बाह्र लाख त्रिचालिस हजार एक सय त्रिहत्तर रुपैयाँ र पैशा बाह्र मात्र )

बाँके युनेस्को क्लब,

नेपालगञ्ज उपमहानगरपालिका वडा नं २ बुद्ध टोल बाँके

पुरानो विनायक गेष्ट हाउस

सम्पर्क नं. ०८१-४११२३५

Overview

Category Expression of Interests, Tender Notice, Bid
Position Type Contract
Experience Please check details below.
Education Please check details below.
Posted Date 11 May, 2022
Apply Before 17 May, 2022
City Nepalgunj