बोलपत्र आह्वान (Call for Bid)

LI-BIRD

Local Initiatives for Biodiversity, Research, and Development (LI-BIRD) is a non-profit, non-governmental organization established in October 1995 with its Head Office in Pokhara and Programme Coordination Office in Lalitpur. LI-BIRD is committed to capitalizing on local initiatives for sustainable management of renewable natural resources and improving the livelihoods of rural people in Nepal.

Details / requirements:

बोलपत्र आह्वान (Call for Bid)

जैविक विविधता, अनुसन्धान तथा विकासका लागि स्थानीय पहल (ली–बर्ड) वि.सं. २०५२ मा पोखरामा स्थापना भएको राष्ट्रिय स्तरको गैरसरकारी संस्था हो । ली–बर्ड प्राकृतिक स्रोतहरूको दिगो व्यवस्थापनका लागि स्थानीय प्रयासहरूको पहिचान तथा प्रवर्द्धनका माध्यमबाट ग्रामिण भेगमा बसोवास गर्ने महिला, गरीब तथा सिमान्तकृत कृषक समुदायको जिविकोपार्जनमा सुधार ल्याउन प्रतिबद्ध छ ।

ली–बर्डद्वारा सञ्चालित RERAS परियोजनाका लागि निम्न सामग्रीहरू खरिद गर्नुपर्ने भएकोले इच्छुक तथा योग्य विक्रेतालाई यो सूचना प्रकाशित भएको मितिले १४ (चौध) दिन भित्र ली–बर्ड प्रधान कार्यालय, पोखरा–१, कास्की अथवा ली–बर्ड कार्यक्रम समन्वय कार्यालय, सानेपा, ललितपुरमा गोप्य शिलबन्दी बोलपत्र पेश गर्नको लागि आह्वान गरिन्छ ।

आवश्यक कृषि सामग्रीहरूको विवरण

9k=

पेश भएका बोलपत्र स्वीकृत गर्ने वा नगर्ने अन्तिम निर्णय गर्ने अधिकार ली–बर्डमा सुनिश्चित रहने छ । बोलपत्र आवेदन फाराम (प्राविधिक फारम र वित्तिय फारम) मा संलग्न विवरणहरू तथा तिनमा उल्लेखित शर्तहरूलाई यसै सूचनाको अभिन्न अङ्ग मानी अनिवार्य रूपमा पूरा गर्नुपर्नेछ । प्राविधिक फारम र वित्तिय फारम तल उल्लेखित लिङ्कबाट डाउनलोड गरि प्राप्त गर्न सकिनेछ :

Download Technical Bid Document

Download Financial Bid Document

इच्छुक आवेदकहरूले बोलपत्र सम्बन्धित कुनैपनि जिज्ञासा मिति २०८३ वैशाख २९ गतेबाट २०८३ जेठ ११ गते विहान ९ बजे देखि बेलुका ५ बजेसम्म (शनिबार र आईतबार अफिस बन्द रहनेछ) procurement@libird.org मा इमेलमार्फत पठाउन सक्नेछन् । सप्ताहन्तमा प्राप्त भएका जिज्ञासाहरू नियमित कार्यदिनमा सम्बोधन गरिनेछ । सबै बोलपत्रहरू अंग्रेजी भाषामा तयार गरी बुझाउनुपर्नेछ । शिलबन्दी बोलपत्र संस्थाको केन्द्रीय कार्यालय, पोखरा अथवा कार्यक्रम समन्वय कार्यालय, सानेपामा मिति २०८३ जेठ ११ गते बेलुका ५ः०० बजेभित्र दर्ता गराउनु पर्नेछ । तोकिएको समयसीमा पछि प्राप्त भएका बोलपत्रहरू स्वीकार गरिने छैन ।

कुनैपनि वा सबै बोलपत्रहरू स्वीकार वा अस्वीकार गर्ने तथा उल्लेखित समाग्रीहरूको पूर्ण वा आंशिक खरिद गर्ने अधिकार ली–बर्डसँग सुरक्षित रहनेछ । ली–बर्ड न्यूनतम मूल्य पेश गर्ने वा कुनैपनि बोलपत्रलाई करार प्रदान गर्न बाध्य हुने छैन । यस खरिद प्रक्रियामा बोलपत्र पेश गर्ने कुनैपनि बिक्रेताको प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा स्वार्थको द्वन्द्व (Conflict of Interest) रहेको पाइएमा वा पछि पुष्टि भएमा र Anti Money Laundering and Combatting Financing of Terrorism (AML/CFT) सम्बन्धी कानुन उल्लङ्घन भएको पाइएमा त्यस्तो बोलपत्र जुनसुकै चरणमा अस्वीकार गरिनेछ । बोलपत्रको तयारीसँग सम्बन्धित सम्पूर्ण खर्चहरू, खरिद प्रक्रियाको परिणाम जेसुकै भएतापनि, सम्बन्धित कम्पनीले आफै व्यहोर्नुपर्नेछ ।

अन्य जानकारीको लागिः

ली–बर्ड कार्यालय, 

पोखरा–११, कास्की 

टेलिफोन नं.: +९७७–६१–५७६८३४, ५८५३५७

वेभसाइटः www.libird.org

Overview

Category Development Project, Expression of Interests, Tender Notice, Bid
Openings 1
Position Type Contract
Posted Date 12 May, 2026
Apply Before 25 May, 2026
City Pokhara