Admin and Finance Officer

Dalit Society Welfare Committee Nepal

Details / requirements:

दलित समाज उत्थान समिति नेपाल, महोत्तरी

कर्मचारी आवश्यकता सम्बन्धि सूचना

सूचना प्रकाशित मिति : २०८३ असोज १३ गते मंगलवार

दलित समाज उत्थान समिति नेपाल (Dalit Society Welfare Committee Nepal) मधेस प्रदेशको आँठ वटै जिल्लामा विगत २५ वर्ष देखि विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आई रहेको एक गैर सरकारी संस्था हो । संस्थाले जिल्लाहरूका विभिन्न निकायहरुसँगको सहकार्यमा शिक्षा, जीविकोपार्जन, स्वास्थ्य, खानेपानी तथा सरसफाइ लगायत बालबालिका, महिला दलित, विपन्न वर्ग, हर्वाचर्वा, भुमिहिन र दलितको हकहित संरक्षण, न्यायमा पहुँच जस्ता कार्यक्रमहरू सञ्चालन गर्दै आइरहेको छ । 

Save the Children सँगको सहकार्यमा महोत्तरी जिल्लाको महोत्तरी गाउँपालिकामा Child Participation & Community Mobilization Program (बाल सहभागिता तथा समुदाय परिचालन कार्यक्रम) यस संस्था द्धारा सञ्चालन भईरहेको हुँदा उक्त कार्यक्रम अन्तर्गत तपशील अनुसारका कर्मचारी आवश्यक रहेकाले योग्यता पुगेका नेपाली नागरिकहरूबाट दरखास्तको लागि अहवान गरिन्छ ।

पद तथा संख्याशैक्षिक योग्यताआवश्यक अनुभव तथा सीपहरू

1. Admin and Finance Officer (1 person)

Bachelor in Business Management or relative field (prefered of Master degree)

  • पोषण, स्वास्थ्य, शिक्षा, बाल अधिकार, बाल संरक्षण, जीविकोपार्जन, बालमैत्री स्थानीय शासन तथा स्पोन्सारसीप सम्बन्धि कार्यक्रममा कमतिमा ३ वर्ष Admin and Finance Officer पदमा  काम गरेको अनुभव भएको । 
  • Admin, Finance and Management सम्बन्धि तालिम प्राप्त गरी सम्बन्धि कार्यक्रममा काम गरेको अनुभव भएको ।
  • समयमा आवश्यक प्रतिवेदन गर्न सक्नुका साथै Accounting Software, Office package, Excel Sheet, Power Point मा काम गर्न सक्नु/गर्न सक्ने  
  • सरकारी र गैह्रसरकारी संघसंस्थाहरुसँग समनव्य र सहकार्य गरी काम गर्न सक्ने 
  • दुई चक्के सवारीको लाइसेन्स प्राप्त भएको भएको

आवेदन साथ पेश गर्नु पर्ने कागजातहरू

  • व्यक्तिगत विवरण (Personal bio-data), निवेदन (Application),
  • नेपाली नागरिकता प्रमाणपत्रको प्रतिलिपि (Copy of citizenship),
  • शैक्षिक योग्यताको प्रमाणपत्रहरूको प्रतिलिपि (Copy of educational certificates),
  • तालिम तथा कार्यअनुभव पत्रहरूको प्रतिलिपि (Copy of training certificate and experience letter)
  • दुई जना सन्दर्भ व्यक्तिहरूको विस्तृत विवरण (Two reference details)

आवेदन दिने अन्तिम मिति:— सूचना प्रकाशित भएको मितिले ७ दिन भित्र कार्यालय समयमा र आवेदन पेश गर्ने अन्तिम दिन बिदा परे सोको भोलि पल्ट ।

आवेदन पेश गर्ने स्थान रतरिका स्थानः— दलित समाज उत्थान समिति नेपालको कार्यालय, जनकपुरधाम—४ (विश्वक्रमा चोक) वा जलेश्वर नगरपालिका—२, (जलेश्वर नगरपालिका देखि करिब २०० मिटर पश्चिम बखरी जाने बाटो) वा

ईमेलः— dswcn.vacancy2023@gmail.com मा आवेदन इमेल गर्न सकिन्छ ।

संक्षिप्त सूचीमा परेका आवेदकहरूलाई मात्र लिखित तथा मौखिक परिक्षाको प्रक्रियामा समावेश गरिनेछ ।

कुनै पनि आवेदन वा सम्पुर्ण आवेदनहरू स्वीकार/अस्वीकार गर्ने अधिकार संस्थामा सुरक्षित रहनेछ ।

संस्था तथा कार्यक्रमले कर्मचारीमा विविधताको प्रर्वद्धन गर्दछ र कर्मचारीको छनौटमा महिला तथा दलित, जनजाति, मधेशी तथा अन्य अल्पसंख्यक समुदायका उम्मेदवारहरूको समावेशीकरणको लागि साकारात्मक विभेदको आधारमा विशेष गाह्रयता प्रदान गर्दछ ।

बलमैत्री तथा पोषणमैत्री स्थानीय शासन लागु गरौं । बालबालिकाको लागि संरक्षण समाज निर्माण गरौं।

Overview

Category Development Project, Finance & Administration
Openings 1
Position Type Contract
Experience Please check vacancy details.
Education Bachelor's degree in a related field, Bachelor's degree in Business Management
Posted Date 29 Sep, 2026
Apply Before 05 Oct, 2026
City Mahottari