आर्थिक वर्ष २०८२/०८३ अन्तर्गत बाँकी भुक्तानी दाबी सम्बन्धी सूचना

Sindhuli Integrated Development Services Nepal (SIDS Nepal)

Details / requirements:

सिन्धुली एकीकृत विकास सेवा (सिड्स) नेपाल, सिन्धुली 

सूचना

विषय: आर्थिक वर्ष २०८२/०८३ अन्तर्गत बाँकी भुक्तानी दाबी सम्बन्धी सूचना

यस सिड्स नेपाल, सिन्धुली अन्तर्गत सञ्चालित "वाल समृद्धि र विकासको लागि हातेमालो परियोजना" को आर्थिक वर्ष २०८२/०८३ समाप्त हुन लागेको सन्दर्भमा, यस परियोजनासँग सम्बन्धित कुनै पनि वस्तु, सेवा, परामर्श, आपूर्ति, निर्माण कार्य, कार्यक्रम सञ्चालन वा अन्य कुनै शीर्षकअन्तर्गत भुक्तानी प्राप्त गर्न बाँकी रहेका सम्पूर्ण व्यक्ति, फर्म, कम्पनी, आपूर्तिकर्ता, सेवा प्रदायक तथा सम्बन्धित पक्षहरूलाई यो सूचना प्रकाशित गरिएको छ।

यदि यस आर्थिक वर्षभित्र सम्पन्न भएका कार्य वा उपलब्ध गराइएका वस्तु तथा सेवाको भुक्तानी लिन बाँकी रहेको भए, कृपया सम्बन्धित मूल बिल, भर्पाई, करसम्बन्धी कागजात तथा अन्य आवश्यक प्रमाणहरू सहित २०८२ साल असार मसान्तभित्र सिड्स नेपाल, सिन्धुलीको कार्यालयमा सम्पर्क गरी भुक्तानी प्रक्रिया सम्पन्न गरिदिनुहुन अनुरोध गरिन्छ।

नेपाल सरकारको प्रचलित आर्थिक प्रणालीअनुसार २०८३ साल साउन १ गतेदेखि नयाँ नेपाली आर्थिक वर्ष प्रारम्भ हुने भएकाले आर्थिक वर्ष २०८२/०८३ अन्तर्गतका खर्च तथा दायित्वहरू निर्धारित अवधिभित्र नै लेखाङ्कन तथा फर्छ्यौट गर्नुपर्ने हुन्छ। त्यसैले तोकिएको समयसीमा भित्र कार्यालयमा प्राप्त नभएका बिल, दाबी वा आवश्यक कागजातका आधारमा आर्थिक वर्ष समाप्त भएपछि उक्त आर्थिक वर्षको भुक्तानी प्रक्रिया अगाडि बढाउन सम्भव हुने छैन।

तसर्थ, असार मसान्तपछि प्राप्त हुने बिल, भुक्तानी दाबी वा अन्य सम्बन्धित कागजातहरू स्वीकार गर्न तथा सो सम्बन्धी भुक्तानी गर्न यस कार्यालय बाध्य हुने छैन। समयसीमा भित्र आवश्यक प्रक्रिया पूरा नगर्दा उत्पन्न हुन सक्ने आर्थिक, प्रशासनिक वा अन्य कुनै पनि असर तथा क्षतिप्रति सिड्स नेपाल, सिन्धुली जिम्मेवार रहने छैन।

यस सूचनालाई गम्भीरतापूर्वक लिई तोकिएको समयभित्र आवश्यक प्रक्रिया पूरा गरिदिनुहुन सम्बन्धित सबैमा हार्दिक अनुरोध गरिन्छ।

सिड्स नेपाल, सिन्धुली

वाल समृद्धि र विकासको लागि हातेमालो परियोजना

सम्पर्क नं.: ९८५२०७३२४१

Overview

Category Development Project, Expression of Interests, Tender Notice, Bid
Openings 1
Position Type Contract
Posted Date 06 Jul, 2026
Apply Before 16 Jul, 2026
City Sindhuli