व्यवसाय विकास अधिकृत (Business Development Officer)

Rural Women Development Centre

Rural Women Development Centre-RWDC- (Gramin Mahila Utthan Kendra) was founded in 1993 in Dang district with a vision to "Create a Self-reliant and empowered society". RWDC has been working for educational rights, women empowerment, reproductive health, income generation, governance, accountability; disasters risk management, climate change resilience, gender equality and human rights for rural backward and marginalized communities with "Zero Tolerance" to gender violence.

Details / requirements:

कर्मचारी आवश्यकता सम्बन्धी सूचना 

(प्रथम पटक प्रकाशित मिति: २०८०/१०/१०)

हेफर इन्टरनेशनल नेपालको आर्थिक तथा प्राविधिक सहयोग र ग्रामीण महिला उत्थान केन्द्रको साझेदारीमा सञ्चालन भईरहेको Innovations in Agri-Livestock Value Chains परियोजनामा तरकारी मूल्य श्रृंखला कार्यक्रम सञ्चालनका गर्न तपसीलमा उल्लेखित पदको लागि केहि कर्मचारीहरुको आवश्यकता भएकोले रीत पुगेका नेपाली नागरिकहरुबाट यो सूचना प्रकाशित भएको मितिले ७ दिन भित्र दरखास्त आह्वान गरिन्छ ।

१. आवश्कता सम्बन्धी विवरण:

पद: व्यवसाय विकास अधिकृत 

संख्या: १ (एक)

न्यूनतम शैक्षिक योग्यता र कार्यानुभव:

  • कृषि तथा अर्थशास्त्र बिषयमा स्नातक वा सो सरह उत्तीर्ण गरी, सामुदायिक विकास र तरकारीको मुल्यश्रृंखलामा कम्तीमा २ वर्ष काम गरेको । 
  • प्रस्तावना लेखन, प्रतिवेदन तयार र बजेट तथा योजना निर्माण सम्बन्धी अनुभव भएको । 
  • परियोजना कार्यान्वयन, अनुगमन तथा मुल्यांकनको ज्ञान, सीप र अनुभव भएको । 
  • साना किसान सबलीकरण तथा उद्यमशिलता कार्यक्रम सम्बन्धी ज्ञान, सीप र अनुभव भएको ।
  • कर्मचारी व्यवस्थापन, परिचालन, तालिम व्यवस्थापन र सहजीकरण, सम्बन्धी ज्ञान र सीप भएको । 
  • कृषि तथा पशुवस्तुमा आधारित व्यवसाय, उद्यमशिलता विकासमा महिला तथा यूवाहरुको सहभागिता र सामाजिक परिचालनमा विशेष दक्षता भएको 
  • व्यवसायिक योजना निर्माण सम्बन्धी ज्ञान, सीप र अनुभव भएको । 
  • स्थानीय सरकार र अन्य सरोकारवालासँग समन्वय र सहकार्य गरी कार्य गर्न सक्ने ।
  • कम्प्युटर (micro-soft word, excel, power point, e-mail, internet) सम्बन्धी दक्षता भएको ।
  • मोटरसाईकल लाईसेन्स भएको र कम्तीमा ८० प्रतिशत समयावधि परियोजना क्षेत्रमा दिन सक्ने । 

मुख्य जिम्मेबारी:

  • परियोजनामा योजना गरेका क्रियाकलापहरुको तोकिएको समयमा गुणस्तरीय तथा प्रभावकारी कार्यान्वयन गर्ने ।
  • सहकारी तथा प्रशोधन केन्द्रको व्यवसायको अबसर, सम्भावना तथा चुनौतिहरु पहिचान गरि व्यवसाय विस्तार गर्न सहजीकरण गर्ने ।
  • परियोजना क्षेत्रका कृषकहरु र उत्पादनको म्यापिङ्ग तथा तथ्याङ्क संकलन र बजारको माग तथा आपूर्तिको मुल्याङ्कन गरि प्रशोधन केन्द्र तथा बजारसंग सम्बन्ध स्थापित गर्ने ।
  • सहकारी तथा प्रशोधन केन्द्रको व्यवस्थापन, सञ्चालन तथा आवश्यक सुधारका लागि सहजीकरण गर्ने ।
  • फिल्ड स्तरिय बैठक, तालिम तथा कार्यशाला गोष्ठी सञ्चालन तथा सहजीकरण गर्ने  ।
  • परियोजनाका कर्मचारीहरुको क्षमता अभिवृद्धि गर्दै परियोजना कार्य क्षेत्रका किसानहरुलाई प्राविधिक सेवा प्रदान गर्ने ।
  • परियोजना कार्यक्षेत्रका तथ्याङ्क संकलन तथा अध्यावधिक गरि संस्था तथा सरोकारबाला निकायमा पेश गर्ने ।
  • मासिक तथा आवधिक प्रतिवेदन तयार गरि संस्था तथा सरोकारवाला निकायमा पेश गर्ने ।
  • सहकारी तथा तरकारी प्रशोधन केन्द्रको व्यवसाय बिस्तारका लागि मूल्य श्रृखलाका पात्रहरुसँग सम्पर्क तथा समन्वय गरि व्यवसायिक सम्बन्ध स्थापित गर्ने 
  • सहकारी तथा प्रशोधन केन्द्रद्धारा उत्पादित उत्पादनहरुको ब्रान्डिङ्ग तथा बजारीकरणमा सहजीकरण गर्ने ।
  • तरकारी प्रशोधन केन्द्रको व्यवसायिक योजना, दिर्घकालिन तथा रणनैतिक योजना तयार गरि कार्यान्वयन गर्न सहजीकरण गर्ने ।
  • परियोजना सञ्चालन तथा कार्यन्वयनका लागि सरोकारबाला निकायहरुसँंग सम्पर्क तथ समन्वय गर्ने ।
  • परियोजनाका असल अभ्यास, सफलताका कथा, सिकाई तथा चुनौतिहरुको अभिलेखिकरण तथा दस्तावेजीकरण गर्ने ।

२. सेवा सुविधा: संस्थाको नियमानुसार हुनेछ ।

३. दरखास्त दिने अन्तिम मिति: २०८०/१०/१६  गते कार्यालय समय भित्र ।

४. परिक्षाको किसिम: लिखित, अन्तवार्ता र आवश्यकता अनुसार प्रयोगात्मक ।

५. आवश्यक कागजातहरु: कुन पदमा आवेदन गरेको हो सो को विवरण समेत खुल्ने गरी हस्त लिखित निवेदन, व्यक्तिगत विवरण (बायोडाटा), शैक्षिक योग्यताको प्रमाणपत्र, नागरिकताको प्रमाणपत्र, सम्बन्धीत विषयको कार्यानुभव पत्र, पासपोर्ट साईजको फोटो र अन्य आवश्यक कागजातहरुको प्रमाणित प्रतिलिपि स्क्यान गरी rwdchrdepart@gmail.com को इमेल वा कार्यालयमा दरखास्त बुझाउनु पर्नेछ । 

नोट: प्रारम्भिक छनौटमा परेका उम्मेद्वारहरुलाई मात्र लिखित परिक्षामा समावेश गराईनेछ । रीत नपुगेका, म्याद नाघि आएका दरखास्त उपर कुनै कारवाही गरिने छैन । विज्ञापनको यो सूचना संस्थाको वेवसाईट www.rwdc.org.np मा पनि हेर्न सक्नु हुनेछ ।

पदपूर्ति समिति

ग्रामीण महिला उत्थान केन्द्र

घोराही उपमहानगरपालिका–१५, दाङ

Overview

Category Development Project, Business Development, Development / NGO
Openings 1
Position Type Full Time
Experience 2 Years
Education Bachelor's degree in Agriculture Economics, Bachelor's degree in a related field
Posted Date 24 Jan, 2024
Apply Before 30 Jan, 2024
City Dang