वित्त तथा प्रशासन अधिकृत (Finance and Administration Officer)

Ratauli Yuba Club (RYC)

Details / requirements:

कर्मचारी आवश्यकता

प्रकाशित मिति: २०८०/१२/१३ गते

रतौली युवा क्लब FCA को साझेदारीमा महोत्तरी र धनुषा जिल्लामा सञ्चालनमा रहेको सामाजिक आर्थिक सशक्तिकरण परियोजना (Socio-Economic Empowerment Project-SEEP) अन्तर्गत तपशिल बमोजिमका न्यूनतम योग्यता पुगेका १८ वर्ष पूरा भई ५० वर्ष ननाघेका सम्बन्धित पदमा इच्छुक नेपाली नागरिकहरूबाट यो सूचना प्रकाशित भएको मितिले ७ दिन भित्र आफ्नो व्यक्तिगत विवरण (Bio-data) सहितको निवेदनका साथ तल उल्लेखित ठेगाना वा ईमेल मार्फत आवेदन आह्वान गरिन्छ ।

१. पद: वित्त तथा प्रशासन अधिकृत - १ जना (विज्ञापन नं. २९—०८०⁄०८१)

  • व्यवस्थापन, वित्त, व्यवसाय प्रशासन तथा व्यवसाय अध्ययन विषयमा स्नातक वा सो सरह उत्तीर्ण भएको । 
  • लेखा, वित्त, प्रशासन तथा खरिद-आपुर्ति व्यवस्थापन क्षेत्रमा कम्तिमा २ वर्ष कार्य अनुभव भएको ।
  • कम्प्युटर संबन्धी व्यवहारिक ज्ञान तथा बजेट निर्माण र बजेट ट्रयाकिङ्ग गर्न सक्ने दक्षता भएको ।
  • वित्तीय सफ्टवेयर जस्तै FAMAS को राम्रो ज्ञान, नेपाली र अंग्रेजी दुवै भाषामा रिपोर्टिङ तथा संचार क्षमता भएको ।
  • सहकर्मीहरू, ग्राहकहरू, साझेदारहरू, र विक्रेताहरूसँग अन्तरक्रिया गर्न प्रभावकारी लिखित र मौखिक संचार सिप भएको ।
  • संस्थागत विकास र क्षमता अभिवृद्धिको ज्ञान, वित्तीय विषयको उचित दस्तावेजीकरण गर्ने सीप।
  • नेपाल सरकारको आर्थिक नियमावली र चल-अचल सम्पति व्यवस्थापन सम्बन्धी ज्ञान भएको ।

नोट: उल्लेखित मिति तथा समय पश्चात प्राप्त भएका र न्यूनतम योग्यता नपुगेका आवेदकहरूलाई छनौट प्रक्रियामा समावेश गरिने छैन । प्रारम्भिक छनौटमा परेका उम्मेदवारहरूलाई मात्र लिखित, मौखिक तथा कम्प्युटर प्रयोगात्मक परीक्षाको प्रक्रियामा समावेश गराइनेछ । स्थानीय, महिला, दलित, जनजाति, मधेशी, सिमान्तकृत, अपाङ्गता भएका आवेदकहरूलाई प्राथमिकता दिइनेछ । निवेदक बालसंरक्षण नीतिको पालना गर्ने तथा कुनै किसिमको यौन दुर्व्यवहार, हिंसा, शोषण, विभेद, बेवास्ता, बेचविखन आदि कार्यमा दोषी नभएको वा सजाय नभएको इमान्दार, निष्पक्ष र मेहनती व्यक्ति हुनु पर्नेछ । कर्मचारी छनौट सम्बन्धमा कसैको पक्षमा कुनै प्रकारको हस्तक्षेप वा दबाव आएमा उक्त व्यक्तिले पठाएको निवेदन स्वत:अमान्य हुनेछ । कर्मचारी छनौट समितिको निणर्य नै अन्तिम निणर्य हुनेछ ।

दरखास्त दिने अन्तम मिति २०८०⁄१२⁄१९ गते साझ ५ बजे सम्म 

आवेदनका लागि:

रतौली युवा क्लव

प्रधान कार्यालय: जलेश्वर - २ टाउनप्लानिंङ् महोत्तरी

प्रदेश कार्यालय: जनकपुर- ७, जिरोमाइल धनुषा

सम्पर्क न. ०४४-५२०८४३/ ०४१-४२१२१८

Email: vacancyryc@gmail.com

Overview

Category Accounting and Finance, Finance & Administration, Development / NGO
Openings 1
Position Type Full Time
Experience 2 Years
Education B. Com./BBS, BBA / BBM, Bachelors’ degree in Business Administration or any relevant field.
Posted Date 26 Mar, 2024
Apply Before 01 Apr, 2024
City Mahottari