Various Positions
Details / requirements:
कर्मचारीको आवश्यकता
प्रकाशित मिति: २०८२/०९/२
ग्रामीण स्वावलम्बन विकास केन्द्र (RSDC) विगत साढे तीन दशकदेखि मुलुकका विभित्र भेगमा ग्रामीण विकासमा काम गर्दै आएको राष्ट्रिय स्तरको गैर नाफा मूलक सामाजिक संस्था हो । यसको मुख्य कार्यालय बालुवाटार, काठमाण्डौंमा रहेको छ । यस संस्थाबाट दातृनिकाय माल्टेजर इन्टरनेशनलको सहयोगमा सुदूरपश्चिम प्रदेश बझाङ जिल्लाको खप्तडछान्ना गाउँपालिकामा सञ्चालन गरिने "Strengthening resilience in WASH and livelihoods of vulnerable communities (especially women) in Khaptad Channa Rural Municipality, Bajhang District, Nepal" नामक परियोजनाको लागि तपशिल वमोजिमका कर्मचारीहरूको आवश्यकता परेकोले यो सूचना प्रकाशित गरिएको छ ।
पद : पानी सरसफाई तथा स्वच्छता (WASH) संयोजक
- संख्या : १ (एक)
- कार्यक्षेत्र : RSDC परियोजना क्षेत्र बझाङ, खप्तडछान्ना
- प्रतिवेदन पेश गर्ने : परियोजना संयोजक, परियोजना कार्यालय खप्तडछान्ना, बझाङ
- पारिश्रमिक : संस्थाको नियमानुसार
- योग्यता : Public Health, Civil engineer, सम्बन्धित विषयमा स्नातक उत्तिर्ण वा सो सरह, अंग्रेजीमा राम्रो दख्खल भएको, मोटरसाइकल चलाउन सक्ने,
- सम्बन्धित क्षेत्रमा काम गरेको अनुभवी र स्थानीयलाई विशेष ग्राह्यता दिइने छ ।
WASH संयोजकको पदीय उध्देश्य र औचित्यता
WASH संयोजकले बझाङमा संचालित “Strengthening resilience in WASH and livelihoods of vulnerable communities -especially women_ in Khaptad Channa Rural Municipality, Bajhang District, Nepal” परियोजनाका WASH विषयहरूको प्राविधिक योजना, कार्यान्वयन, गुणस्तर सुनिश्चितता तथा अनुगमनको नेतृत्व गर्नेछ । यस भूमिकाले सुरक्षित, समावेशी, जलवायु–अनुकूल र दिगो WASH सेवा तथा स्वच्छता व्यवहार परिवर्तन सुनिश्चित गर्दै परियोजना संयोजक, जीविकोपार्जन टोली, स्थानीय सरकार, उपभोक्ता समूह तथा अन्य सरोकारवालासँग नजिकको समन्वय गर्नेछ ।
WASH संयोजक मुख्य जिम्मेवारी तथा कार्यहरू
१–कार्यक्रम योजना तथा कार्यान्वयन - WASH
- परियोजना डिजाइन, लक्ष्य तथा RSDC मापदण्डअनुसार सबै ध्ब्क्ज् गतिविधिहरूको वार्षिक/त्रैमासिक मासिक योजना, कार्यान्वयन र अनुगमनको नेतृत्व गर्ने,
- खानेपानी तथा सरसफाइका क्षेत्रहरू (जस्तैः योजना सुधार/ पुनःस्थापना, स्रोत संरक्षण, पानी सुरक्षा, सरसफाइ पूर्वाधार, सञ्चालन तथा मर्मत प्रणाली) मा प्राविधिक मार्गदर्शन प्रदान गर्ने,
- प्रमाणमा आधारित तथा स्थानीय सन्दर्भअनुकूल स्वच्छता प्रवद्र्धन र व्यवहार परिवर्तनमा सुनिश्चित गर्ने (घरधुरी, समुदाय, विद्यालय/स्वास्थ्य संस्थाहरू जहाँ लागू हुन्छ),
- लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण (GESI), अपाङ्गता समावेशीकरण, संरक्षण (क्बाभनगबचमष्लन) तथा “Do No Harm” सिद्धान्तलाई WASH सेवामा समाहित गर्ने,
- मर्यादित र सुरक्षित महिनावारीका सन्दर्भमा विध्यालय र सार्वजनिक भवनहरूमा संरचनागत उपायहरू (अलग शौचालय, लक गर्न मिल्ने शौचालय, स्यानिटरी प्याड फाल्ने सुविधा, पर्याप्त पानी आपूर्ति आदि) का विषयमा सचेतना शिक्षा कार्यक्रमहरू सञ्चालन गर्ने,
- बझाङको भू–आकृति र जोखिम (जस्तैः पहिरो, बाढी, खडेरी, मौसमी पानी अभाव) लाई ध्यानमा राखी जलवायु तथा विपद्–प्रतिरोधी WASH अभ्यास सुनिश्चित गर्ने,
२–प्राविधिक गुणस्तर सुनिश्चितता तथा क्षमता विकास
- प्राविधिक मापदण्डअनुसार प्राविधिक मूल्यांकन, सर्वेक्षण, डिजाइन सहयोग तथा निर्माण/ पुनःस्थापना कार्यको सुपरिवेक्षण गर्ने/गराउने,
- WASH प्रयोगकर्ता संरचनाहरू (जस्तैः WUSC, O&M समिति) गठन/ सुदृढीकरणमा सहयोग गर्ने तथा सुशासन, शुल्क प्रणाली, सञ्चालन तथा मर्मत, आधारभूत अभिलेख व्यवस्थापनमा क्षमता विकास गर्ने,
- समुदाय, सहकारी संस्था, स्थानीय सेवा प्रदायक तथा सम्बन्धित सरकारी निकायका लागि WASH सञ्चालन, मर्मत तथा सुरक्षित स्वच्छता अभ्यास सम्बन्धी तालिम/ अभिमुखीकरण सञ्चालन गर्ने,
- ठेकेदार/ प्राविधिकहरूसँग समन्वय गरी वातावरणीय तथा सामाजिक सुरक्षा मापदण्डको पालना सहित गुणस्तरीय, सुरक्षित र समयमै कार्य सम्पन्न भएको सुनिश्चित गर्ने ।
३–समन्वय, साझेदारी तथा जीविकोपार्जन घटकसँग सहकार्य
- फिल्ड सुपरभाइजर तथा स्थानीय स्रोतव्यक्तिहरूसँग मिलेर WASH–सम्बन्धित व्यवहारिक कुराहरू पहिचान गर्ने (जस्तैः WASH–सम्बन्धित सूक्ष्म उद्यम, सरसफाइ सामग्रीको आपूर्ति श्रृंखला, मर्मत सेवा, स्वच्छता उत्पादन, स्थानीय प्राविधिक),
- स्थानीय सरकार (नगरपालिका/वडा), जिल्ला तहका निकाय, स्वास्थ्य तथा शिक्षा क्षेत्रका सरोकारवाला, समुदायका अगुवा, सहकारी संस्थाहरू तथा नागरिक समाजसँग प्रभावकारी समन्वय कायम गर्ने,
- मासिक, त्रैमासिक, वार्षिक बैठकमा सहभागी हुने र प्रभावकारी समन्वय कायम गर्ने,
- परियोजना संयोजकको निर्देशनअनुसार स्थानीय तथा जिल्ला तहका WASH समन्वय मञ्च/बैठकहरूमा RSDC को प्रतिनिधित्व गर्ने,
४–अनुगमन, दस्तावेजीकरण तथा प्रतिवेदन
- परियोजनाका अपेक्षित परिणाम र लक्ष्य अनुसार प्रगति अनुगमन गर्ने, नियमित फिल्ड अनुगमन, सहयोगात्मक सुपरिवेक्षण तथा समुदाय परामर्श सञ्चालन गर्ने,
- WASH तथ्याङ्कको समयमै तथा यथार्थ संकलन/प्रमाणीकरण सुनिश्चित गर्ने,
- मासिक/त्रैमासिक/वार्षिक तथा आवश्यक अन्य गुणस्तरीय प्रतिवेदन (प्रगति, चुनौती, सिकाइ तथा सिफारिस सहित) तयार गरी पेश गर्ने,
- परियोजना सुधार, सञ्चार तथा वकालतका लागि असल अभ्यास, केस स्टोरी तथा सिकाइ दस्तावेजीकरण गर्ने ।
५–बजेट, अनुपालन तथा जवाफदेहिता
- WASH घटकका गतिविधि बजेट तथा पूर्वानुमान तयार गर्ने र परियोजना संयोजकलाई वित्तीय योजना तथा खर्च दर (burn–rate) अनुगमनमा सहयोग गर्ने,
- प्रशासन/वित्तसँग समन्वय गरी स्वीकृत बजेट, खरिद प्रक्रिया तथा वित्तीय नियन्त्रणको पालना सुनिश्चित गर्ने,
- समुदाय तहमा पारदर्शिता तथा जवाफदेहिता प्रवद्र्धन गर्ने (आवश्यक परे सार्वजनिक सुनुवाइ/सामाजिक परीक्षण) तथा समुदायको प्रतिक्रिया संकलन गरी सम्बोधन गर्ने ।
६–संरक्षण (Safeguarding) तथा आचारसंहिता
- RSDC का संरक्षण, बाल संरक्षण, यौन शोषण तथा दुरुपयोग रोकथाम (PSEA) र कार्यस्थल आचारसंहिता सम्बन्धी नीतिहरूको पालना गर्ने,
- कुनै पनि संरक्षणसम्बन्धी चिन्ता तत्काल RSDC का स्थापित संयन्त्रमार्फत रिपोर्ट गर्ने र सबै फिल्ड गतिविधिमा सुरक्षित कार्यक्रम अभ्यास सुनिश्चित गर्ने ।
७– सीप तथा दक्षता
- ग्रामीण खानेपानी आपूर्ति, सरसफाइ विकल्प, पानीको गुणस्तर/ पानी सुरक्षा तथा सञ्चालन–मर्मत प्रणालीबारे सुदृढ प्राविधिक ज्ञान,
- सुरक्षित रूपमा व्यवस्थित पानी, सरसफाइ तथा स्वच्छता सेवा, पानीको गुणस्तर, विद्यालयमा WASH र आपतकालीन WASH सम्बन्धी नवीनतम अवधारणा र अभ्यासको राम्रो ज्ञान,
- साझेदार, सरकारी कार्यालय तथा समान सोच भएका संस्थासँग काम गर्ने अनुभव,
- समुदाय संस्था तथा अग्रपंक्ति कर्मचारीलाई सहजीकरण, तालिम र कोचिङ प्रदान गर्ने क्षमता,
- GESI, संरक्षण, प्रभावित जनसंख्याप्रति जवाफदेहिता तथा अधिकार–आधारित सेवा प्रवाहबारे राम्रो ज्ञान,
- बलियो योजना, समन्वय तथा समस्या समाधान सीप, फिल्ड अवस्थाहरूमा समयसीमा भित्र काम गर्न सक्ने क्षमता,
- नेपाली र अंग्रेजी दुवै भाषामा प्रतिवेदन तथा दस्तावेजीकरण सीप,
- MS Office -Word, Excel, PowerPoint तथा आधारभूत डिजिटल डाटा उपकरण प्रयोगमा दक्षता र अनुगमन डाटा व्यवस्थापन तथा व्याख्या गर्न सक्ने क्षमता,
- बझाङका दुर्गम क्षेत्रमा बारम्बार यात्रा तथा काम गर्न इच्छुक ।
पद : Monitoring, Evaluation, Accountability, and Learning (MEAL) Officer
- संख्या : १ (एक)
- कार्यक्षेत्र : RSDC केन्द्रीय कार्यालय काठमाडौं
- प्रतिवेदन पेश गर्ने : कार्यक्रम निर्देशक RSDC केन्द्रीय कार्यालय काठमाडौं
- पारिश्रमिक : संस्थाको नियमानुसार
- योग्यता : स्नाकोत्तर वा सो सरह उत्तिर्ण गरेको, अंग्रेजीमा प्रपोजल, प्रतिवेदन लेखनमा राम्रो दख्खल भएको,
- अन्य कुनै परियोजनामा MEAL Officer पदमा रही कामको अनुभवीलाई विशेष ग्राह्यता ।
MEAL Officer को मुख्य काम कर्तव्य तथा जिम्मेवारीहरू:
- फिल्डबाट समयमै र नियमित रूपमा प्रतिवेदन प्राप्त हुने सुनिश्चित गर्ने, प्राप्त प्रतिवेदनहरूको समीक्षा गर्ने र गुणस्तरीय तथा पूर्ण प्रतिवेदनका लागि आवश्यक ढाँचा उपलब्ध गराउने,
- तथ्यांकको विश्लेषणका आधारमा सारांश प्रतिवेदन तयार गरी मासिक, त्रैमासिक तथा वार्षिक रूपमा प्रतिवेदन प्रस्तुत गर्ने,
- संस्थाको आर्थिक वर्षभरीको संस्थागत वार्षिक प्रतिवेदन आवश्यकता अनुसार अंग्रेजी र नेपाली दुवै भाषामा तयार गर्ने,
- समय–समयमा परियोजना सञ्चालित फिल्डको स्थलगत अनुगमन गर्ने, फिल्डको त्रैमासिक, अर्धवार्षिक, वार्षिक बैठकहरूमा सहभागी हुने र उच्च गुणस्तरीय तथ्यांक उपलब्ध गराई कार्यक्रम योजना (वार्षिक, अर्धवार्षिक, त्रैमासिक र मासिक) निर्माणमा सहयोग गर्ने,
- फिल्ड अनुगमन तथा तथ्यांक विश्लेषणबाट प्राप्त सिकाइहरू दस्तावेजीकरण गरी साझा गर्ने,
- परियोजनामा प्रयोग हुने सबै तथ्याङ्कहरू सहि, पूर्ण र समयमै संकलन, प्रवृष्टि विश्लेषाण र प्रतिवेदन सुनिश्चित गर्ने,
- फिल्डबाट प्राप्त तथ्याङ्कहरूको Cross–check, Spot–check, Back–check / Verification गरी त्रुटी (Error) दोहोरो प्रवृष्टि (Duplication) र असंगतता (Inconsistency) पहिचान तथा सुधार गर्ने,
- केन्द्रको कार्यालयमा आयोजना हुने साप्ताहिक बैठकमा सहभागी हुने र आफ्नो कामको जानकारी गराउने, बैठकमा भएका निर्णयहरूलाइ लागू गर्ने,
- तोकिएका मापदण्डअनुसार कार्यक्रमको प्रगति अनुगमन गर्ने, समयमै कमजोरी/चुनौति पहिचान गर्ने र सम्भावित समाधान सहित सम्बन्धित कर्मचारीसँग समन्वय गर्ने,
- केन्द्र काठमाडौँ तथा फिल्ड टोलीहरूसँग नजिकको समन्वयमा MEL सफ्टवेयर, Google Sheets, KOBO तथा अन्य अनलाइन प्लेटफर्महरूको प्रयोग गरी MEL प्रणालीको डिजाइन, विकास र अद्यावधिकमा योगदान पुर्याउने,
- सेवा तथ्यांकको गुणस्तर सुदृढ गर्न तथा e-recording / e-reporting प्रणालीको कार्यान्वयनमा सहयोग गर्न सम्बन्धित सरकारी निकायहरूसँग समन्वय गर्ने,
- साझेदार संस्थाहरूमार्फत MEL प्रणालीको प्रभावकारी कार्यान्वयन सुनिश्चित गर्ने तथा आवश्यक मार्गदर्शन र अनुगमन प्रदान गर्ने,
- आधाररेखा (Baseline) तथा अन्तिम मूल्याङ्कन (Endline) लगायतका अध्ययनहरूको डिजाइन तथा कार्यान्वयनमा सहयोग गर्ने,
- कार्यक्रम टोलीका लागि MEL तथा MIS सम्बन्धी तालिम तथा क्षमता अभिवृद्धि सत्रहरूको आयोजना र सञ्चालनमा सहयोग गर्ने,
- संस्थाको आवश्यकता अनुसार नवीन परियोजनाका लागि उपकरण (Tools) को डिजाइन तथा विकासमा सहयोग गर्ने,
- RSDC का संरक्षण सम्बन्धी नीतिहरू र बाल संरक्षण, यौन शोषण तथा दुरूपयोग रोकथाम (PSEA) लगायतका आचारसंहिताको पालना गर्ने,
- कुनै पनि संरक्षण सम्बन्धी चिन्ता तत्काल RSDC का स्थापित संयन्त्र मार्फत रिपोर्ट गर्ने र सबै फिल्ड गतिविधिमा सुरक्षित कार्यक्रम अभ्यास सुनिश्चित गर्ने,
- कार्यक्रम निर्देशकद्वारा तोकिएका अन्य सम्बन्धित कार्यहरू सम्पादन गर्ने ।
पद : फिल्ड लेखापाल (Field Accountant)
- संख्या : १ (एक)
- कार्यक्षेत्र : RSDC परियोजना क्षेत्र बझाङ, खप्तडछान्ना
- प्रतिवेदन पेश गर्ने : परियोजना संयोजक, परियोजना कार्यालय खप्तडछान्ना, बझाङ
- पारिश्रमिक : संस्थाको नियमानुसार
- योग्यता : व्यवस्थापन विषयमा स्नातक उत्तिर्ण वा सो सरह
- MS Excel मा दक्षता र लेखा सफ्टवेयर Tally and FAMAS चलाउन सक्ने, सम्बन्धित क्षेत्रमा काम गरेको अनुभवी, मोटरसाइकल चलाउन सक्ने, र स्थानीयलाई विशेष ग्राह्यता दिइने छ ।
फिल्डलेखापालको मुख्य जिम्मेवारी तथा कार्यहरू
- भुक्तानी, रसिद तथा साना खर्च (Petty Cash) सहित दैनिक वित्तीय कारोबार व्यवस्थापन गर्ने,
- सबै वित्तीय कारोबारमा नेपालको कर कानूनको सही पालना सुनिश्चित गर्ने,
- TDS सम्बन्धी कार्यहरू गर्ने तथा E–TDS प्रमाणिकरण गर्ने,
- परियोजनाका लागि पेटी क्यास तथा चेक व्यवस्थापन गर्ने,
- मासिक प्रतिवेदन (Financial Report) तयार गर्ने र बैंक मिलान (Bank Reconciliation) गर्ने,
- भौचर, बिल तथा सहायक कागजातहरूको स्क्यानिङ गर्ने,
- फिल्ड कार्यालयका सबै वित्तीय कागजातहरूको उचित अभिलेखीकरण तथा फाइल व्यवस्थापन गर्ने,
- फिल्ड–स्तरका मासिक खर्च विवरणहरू केन्द्रीय कार्यालयमा पेश गर्ने,
- RSDC र माल्टेसर इन्टरनेशनलका प्रशासन तथा वित्तीय मार्गदर्शनअनुसार कागजात तयारी गर्ने,
- स्वीकृत बजेट तथा वित्तीय नीतिअनुसार खर्च सुनिश्चित गर्ने,
- परियोजना संयोजकलाई खर्च अनुगमन तथा फिल्ड–स्तरको वित्तीय आवश्यकता पूर्वानुमानमा सहयोग गर्ने,
- फिल्ड कार्यालय प्रशासन, रसद, सम्पत्ति व्यवस्थापन तथा कार्यालय सामग्रीको जिम्मेवारी सम्हाल्ने,
- सम्पत्ति अभिलेख व्यवस्थापन तथा उचित प्रयोग सुनिश्चित गर्ने,
- कर्मचारी हाजिरी अभिलेख तथा फिल्ड कार्यालयका HR सम्बन्धी प्रशासनिक कार्यहरू व्यवस्थापन गर्ने,
- केन्द्रीय वित्त तथा प्रशासन टिमसँग वित्तीय तथा प्रशासनिक विषयमा समन्वय गर्ने,
- फिल्ड गतिविधि, बैठक तथा कार्यक्रमहरू आयोजना गर्न परियोजना संयोजकलाई सहयोग गर्ने,
- सबै वित्तीय तथा प्रशासनिक अभ्यासहरू संस्थागत नियमअनुसार भएको सुनिश्चित गर्ने,
- परियोजना लेखाका लागि आवश्यक कागजातहरू तयारी र पेश गर्ने,
- परियोजना संयोजकद्वारा तोकिएका अन्य आधिकारिक तथा परियोजना–सम्बन्धी कार्यहरू सम्पन्न गर्ने,
- केन्द्रमा लेखा प्रमुख (लेखा अधिकृत) सँग नियमित समन्वय गरी प्राप्त सुझाब, सल्लाह र निर्देशनलाई पालना गर्ने,
- परियोजनामा RSDC को दृष्टिकोण, मापदण्ड, मूल्य तथा कार्यविधि पालना र कार्यान्वयन गर्ने,
- RSDC तथा दातृ निकायका नीति, नियम र मार्गदर्शनहरू पढ्ने, बुझ्ने तथा पालना गर्न सहमत हुने,
- परियोजना कार्यान्वयनका सन्दर्भमा दुर्गम क्षेत्रमा बारम्बार यात्रा गर्न इच्छुक ।
आवेदन प्रक्रिया
योग्य इच्छुक उम्मेदवारहरूले आफ्नो CV (व्यक्तिगत विवरण, अनुभव पत्र, शैक्षिक योग्यताको प्रमाण पत्र र नागरिताको फोटोकपी) सहित (कम्तीमा दुइजना सन्दर्भ व्यक्तिको सम्पर्क विवरण सहित) ३१ डिसेम्बर २०२५ भित्र hr@rsdc.org.np मा इमेल मार्फत पठाउन अनुरोध गरिन्छ । आवेदन गर्दा इमेलको Subject Line मा उम्मेदवारको नाम र आवेदन गरिएको पद स्पष्ट रूपमा उल्लेख गर्नुहोला । पदहरू पूर्ति नहुञ्जेलसम्म आवेदनहरू क्रमश: (Rolling Basis) स्वीकृत गरिने भएकाले इच्छुक उम्मेदवारहरूलाई यथाशीघ्र आवेदन गर्न प्रोत्साहन गरिन्छ । रितपूर्वक प्राप्त आवेदनहरूबाट योग्य उम्मेदवारहरूलाई लिखित र मौखिक परीक्षामा सामेल गरी सफल हुनेहरूलाई छनौट गरिने छ ।
नोट: RSDC योग्य महिला तथा सीमान्तकृत समुदायका उम्मेदवारहरूलाई आवेदन दिन प्रोत्साहित गर्दछ ।
Overview
| Category | Public Health, Accounting and Finance, Engineering - Civil, Development Project, Business Administration |
| Openings | 3 |
| Position Type | Contract |
| Experience | Please check vacancy details. |
| Education | Please check vacancy details |
| Posted Date | 17 Dec, 2025 |
| Apply Before | 31 Dec, 2025 |
| City | Kathmandu, Bajhang |