विज्ञको सूची (रोष्टर) मा सूचिकृत हुने सम्बन्धी सूचना

JWAS Nepal

JWAS-Nepal is a non-government and non-profit making social organization which works to uplift the standard of living for the women, children and other marginalized people of rural community and to improve their economic, health and social conditions by proper mobilization of local resources with community participation. It was established in 2050 B.S. (1993A.D.) in Dhanusha District. The organization was founded and is operated by a group of women social workers.

Details / requirements:

विज्ञको सूची (रोष्टर) मा सूचिकृत हुने सम्बन्धी सूचना

सूचना प्रकाशित मिति: २०८३।०३।२९ गते

जानकी महिला जागरण समाज (JWAS) धनुषाका लागि आगामि आर्थिक वर्ष २०८३।०८४ मा यस कार्यालयलाई आवश्यक पर्ने तपशिलका विभिन्न पारमर्श सेवाहरूको पटक पटक आवस्यक पर्ने भएकाले सो सेवाहरू उपलब्ध गराउन इच्छुक विज्ञ व्यत्ति वा  इजाजत प्राप्त गरेका फर्महरूले निवेदनका साथ विज्ञ व्यक्तिका हकमा आफ्नो शैक्षिक योग्यता, अनुभव र दक्षता तथा व्यक्तिगत विवरण र फर्मको हकमा दर्ता तथा कर चुक्ता गरेको प्रमाण पत्रका प्रतिलिपिहरू तथा संस्थागत प्रोफाईल सम्बन्धित फर्मको आधिकारिक व्यक्तिवाट प्रमाणित गराई आफ्नो विज्ञता, दक्षता तथा अनुभव भएको विषयमामात्र यो सूचना पत्रिकामा प्रकाशित भएको मितिले ०७ (सात) दिन भित्र यस संस्थाको कार्यालयमा दर्ता गराउनहुन वा तलको ईमेलमा पठाउनहुन सुचित गरिन्छ । लिखित निवेदन दर्ता गराउनको लागि यस कार्यालयको लेखा तथा प्रसाशन शाखामा सम्पर्क गर्नुहोला । आवेदकहरूलाई सूचीमा समावेश गरेर आवश्यक्ता अनुसार संम्पर्क गरिने छ ।

तपशिल (सम्भावित आवस्यक कार्यहरूको सुची):

  • जलवायू मैत्री कृषि सम्बन्धी तालिमहरू सहजिकरण,अध्ययन,सर्वेक्षण, तालिम तथा सहजिकरण पुस्तिका तयारी   
  • जैविक कृषि सम्वन्धी तालिमहरू सहजिकरण, अध्ययन, सर्वेक्षण, तालिम तथा सहजिकरण पुस्तिका तयारी
  • पुनर्र्जीवित कृषिको अभ्यास सम्बन्धी तालिमहरू सहजिकरण,अध्ययन, सर्वेक्षण, तालिम तथा सहजिकरण पुस्तिका तयारी
  • हरित उधमसिलता विकास सम्बन्धी तालिमहरू सहजिकरण, अध्ययन, सर्वेक्षण, तालिम तथा सहजिकरण पुस्तिका तयारी
  • बैकल्पिक तथा नविकरणिय उर्जा उधमसिलता विकास सम्वन्धी तालिमहरू सहजिकरण, अध्ययन, सर्वेक्षण, तालिम तथा सहजिकरण पुस्तिका तयारी
  • गैर कृषि मुलक आयअर्जन कार्यक्रम  तथा उद्यमसिलता विकास सम्वन्धी तालिमहरू सहजिकरण,अध्ययन, सर्वेक्षण, तालिम तथा सहजिकरण पुस्तिका तयारी
  • आर्थिक साक्षरता विषयमा तालिमहरू सहजिकरण, अध्ययन, सर्वेक्षण, तालिम तथा सहजिकरण पुस्तिका तयारी ।
  • जलवायू परिवर्तन सम्बन्धी विषयमा तालिमहरू सहजिकरण, अध्ययन, सर्वेक्षण, तालिम तथा सहजिकरण पुस्तिका तयारी ।
  • परियोजनाहरूको भिडियो तथा  केस स्टडी, छोटो भिडियो डकुमेन्टी तयारी ।
  • आभारभुत,मध्यावधी तथा अन्तिम सर्वेक्षण तथा विष्लेषण ।
  • Start and Improve Your Business (SIYB) लगायत अन्य व्यवसायिक सिप विकास तथा व्यवसाय प्रवर्धन तालिम सहजिकरण तथा करिअर काउन्सिलिंग ।
  • लघु उधम गर्न चाहने सहभागाीहरूका लागि व्यवसाय योजना तयारी ।
  • इभेन्ट मेनजमेन्ट सेवा ।
  • प्रारम्भिक बालविकास तथा शिक्षा
  • Local Adaptation Plans for Action (LAPA) तयारी ।
  • संस्थाको रणनिती योजना तयारी तथा पुनरावलोकन ।
  • संस्थाको आन्तरिक निति,नियमावली,योजना तयारीमा सहजीकरण ।
  • संस्थाको कार्यक्षेत्रमा जलवायु परिवर्तनको कारणले महिला तथा किशोरीहरूको शारिरिक तथा मानसिक स्वास्थ्यमा परेको असर सम्बन्धी अध्ययन कार्य । 
  • ग्राफिक डिजाईन गर्ने कार्य
  • भिडियो तथा स्टिल फोटो ग्राफी सम्वन्धी कार्य ।

इच्छुक आवेदक फर्म वा व्यक्तिले माथि उल्लेखित कागजातहरू संलग्न गरी निर्धारीत मिति भित्र यस संस्थाको कार्यालयमा आफनो आवेदन पेश गर्नु पर्ने छ । 

सम्पर्कका लागि ठेगाना: जानकी महिला जागरण समाज (JWAS), जनकपुरधाम ४, कटैयाचौरी जानेबाटो, धनुषा ।

इमेलः jwas@ntc.net.np, jwasnepalngo@gmail.com

फोन नं: ०४१—५९१९५०