उद्यम विकास सहजकर्ता

Nepal National Dalit Social Welfare Organization (NNDSWO)

Details / requirements:

उद्यम विकास सहजकर्ताको लागि आवेदन

(प्रथम पटक प्रकाशित मितिः १० फेव्रुअरी २०२१ (२८ माघ २०७७)

पृष्ठभूमि:

नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ (NNDSWO) ले प्रदेश २ का ८ वटा जिल्लाहरु (सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्सा) मा US Embassy को  सहयोगमा “ प्रदेश २ का दलित उद्यमीहरुलाई उद्यमशिलता विकास सहयोग ” परियोजना २०७७ असोज देखी संचालन गर्दै आईरहेको छ । प्रदेश २ मा रहेका विपन्न दलित समुदायमा उद्यमशिलता विकास को माध्यमवाट आर्थिक शसक्तिकरण गरी उनीहरुको जिविकोपार्जनमा सुधार ल्याउने परियोजनाको लक्ष्य रहेको छ । 

यसर्थ आर्थिक सशक्तिकरणको माध्यमवाट विपन्न दलित समुदायको जिवनस्तरमा सुधार ल्याउनको लागि संचालित विभिन्न क्रियाकलापमा सहयोग पुर्याउन अनुभवी, क्षमतावान र प्रतिवद्ध देहाय वमोजिमको उमेदवारहरुको लागि यो विज्ञापन गरीएको छ । 

उद्देश्यः

उद्यमशिलताको माध्यमवाट आर्थिक सशक्तिकरण गरी विपन्न दलित समुदायको जीविकोपार्जनमा सुधार ल्याउनको लागि प्रमुख भुमिका खेल्ने ।

पदः उद्यमविकास सहजकर्ता

आवश्यक संख्याः  २ जना (धनुषा र वारा जिल्लामा रहने गरी)   

कार्य जिम्मेवारी

  • भई रहेका दलित उद्यमीहरुको तथ्यांक संकलन गरी छनौट गर्ने । 
  • छनौट भएका सहभागीहरुलाई उद्यमशिलता तथा सीप विकास तालिम प्रदान गर्ने ।
  • उद्यमीहरलाई सहज रुपमा लघु कर्जा प्रदान गर्नको लागि स्थानीय स्तरका लघु कर्जा सेवा प्रदायकहरु संग समन्वय गर्ने । 
  • दलित उद्यमीहरुको स्तरोन्नतीका लागि विभिन्न क्रियाकलापहरु संचालन गर्ने । 
  • उद्यमीलाई चाहिने आवश्यक उपयुक्त प्रविधिको प्रदान गर्नको लागिआवश्यक पहल र सहजीकरण गर्ने । 
  • दलित समुदायले संचालन गरेका उद्यम व्यवसायहरु सम्वन्धित निकायमा दर्ता गर्नको लागि सहजीकरण गर्ने । 
  • दलित समुदायको विभिन्न सेवा र सुविधामा सहजपहुँच पुर्याउनको लागी सम्वन्धित सरोकारवालहरु संग सम्र्पक तथा समन्वय गर्ने । 
  • स्थानीय तहवाट हलिया समुदायको लागि आवश्यक वजेट छुट्याउनको लागि दलित समुदायको क्षमता विकास गर्ने तथा स्थानीय तहवाट दलित समुदायको लागिवजेट विनियोजन गर्न आवश्यक समन्वय गर्ने । 
  • भईरहेका दलित उद्यमीहरुको क्षमता विकासको लागि नियमित रुपमा सामाजिक परीचालन र पहुँचका क्रियाकलापहरु संचालनगर्ने । 

शैक्षिक योग्यता तथा आवश्यकता

  • सहभागितात्मक ग्रामीण लेखाजोखा (PRA), घरधुरी सर्वेक्षण (HHS), उद्यमशीलता विकास (SIYB/MECD) जस्ता तालिम लिइ उद्यम विकास सहजीकरणमा प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद (CTEVT) अन्तर्गत राष्ट्रिय सीप परीक्षण समिति (NSTB) बाट सीप परीक्षणमा तह २ वा ३ उत्तीर्ण गरेका वा प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद (CTEVT)  बाट मान्यता प्राप्त उद्यम विकास सहजकर्ता सम्बन्धी १५ महिने प्राविधिक एस.एल.सी. कोर्ष उत्तीर्ण गरेका हुनु पर्नेछ ।
  • कम्तिमा ३ वर्ष लघुु उद्यम वा व्यबसाय विकास वा व्यवसायिक सीप विकास वा आय आर्जनका क्षेत्रमा कार्य अनुभव हुनुपर्नेछ । 
  • नेपालको सामाजिक आर्थिक पक्षहरु र लैंगिक समता तथा सामाजिक समावेशिकरण र आर्थिक सशक्तिकरणको वारेमा ज्ञान हुनु पर्नेछ । 
  • परीयोजना कार्यान्वयन, अनुगमन, प्रतिवेदन लेखन तथा दस्तावेजीकरण सम्वन्धि ज्ञान हुनु पर्नेछ । 
  • सामाजिक परीचालन सम्वन्धिपूर्व अनुभव भएको हुनु पर्नेछ । 
  • वेसिक कम्प्युटरको ज्ञान हुनुपर्नेछ । 
  • स्थानीय स्तरको भाषा, रहन सहनतथा परीप्रेक्ष्यको वारेमा ज्ञान भएमा राम्रो हुनेछ । 

माथि उल्लेखित आधारभुत कुराहरु पुगेका इच्छुक उमेदवारहरुले अद्यावधिक वैयक्तिक विवरण  (CV) , र निवेदनपत्र सहित कुन जिल्लाको लागि आवेदन दिने हो सो समेत स्पष्ट खुलाई आवेदन दिनु हुन अनुरोध छ । आवेदन इमेल मार्फत केन्द्रिय कार्यालय काठमाण्डौको career2020@nndswo.org.np  इमेल ठेगानामा पठाउन सकिनेछ । 

आवेदन पेशगर्ने अन्तिममितिः १६ फेव्रुअरी  २०२१ (०४ फागुन २०७७)

दलित तथा महिलाहरुलाई विशेष प्राथमिकता दिईनेछ ।

टेलिफोन सम्पर्कवाट सोधपुछ गर्न पाईनेछैन ।  

छनौटको छोटो सूचीमा परेका उम्मेदवारहरुलाई मात्र छनौट प्रक्रियामा सहभागी गराईनेछ । 

Overview

Category Development Project
Openings 1
Position Type Full Time
Experience Please check vacancy details.
Education Please check vacancy details
Posted Date 10 Feb, 2021
Apply Before 16 Feb, 2021
City Eastern Region