प्रस्तावना पेश गर्ने सम्बन्धी सूचना

Rastriya Rojgar Prawardhan Kendra RRPK

Details / requirements:

प्रस्तावना पेश गर्ने सम्बन्धी सूचना

(REF.: EFO-RRPK-RFP-2026-05)

प्रथम पटक प्रकाशित मिति: २०८३/०२/०४ गते

वर्ल्ड भिजन इन्टरनेशनल नेपालसँगको साझेदारीमा राष्ट्रिय रोजगार प्रवर्धन केन्द्र (RRPK)सर्लाहीको आयोजनामा सञ्चालित HATEMALO for Child Wellbeing and Integrated Development Project अन्तर्गत युवाहरूलाई रोजगार मुलक तालिमहरू (CTEVT) बाट मान्याता प्राप्त ३९० घण्टाको तालिम प्रदान गर्नका निम्ति संस्थाहरूलाई  तल उल्लेखित तालिमहरू आवश्यक्ता अनुसार एकै पटक  वा पटक पटक गरी संचालन गर्नु पर्ने भएकोले योग्य सम्भावित सेवा प्रदायको आवश्यकता भएकोले सम्बन्धित योग्य इच्छुक सम्भाविक इजाज्त प्राप्त दर्तावाला फर्म, कम्पनी एवं संस्थाहरूबाट यस कार्यालयमा आवेदन तथा कागजात सहित उल्लेखित मिति २०८३ जेष्ठ १० गते (२४ मई २०२६ ) साँझ ५ बजे भित्र कार्यालय समयमा पेश गर्न आह्वान गर्दछौँ  ।

ञ्चालन गनुपर्ने रोजगार मुलक तालिमहरूको विवरण

  • बासको विभिन्न किसिमका समान बनाउने (Bamboo Handicraft Maker Level-1)
  • खेलौना बनाउने (Doll Cushion Maker Level-1)
  • सिलाई कटाई (Tailoring level-2)

दरखास्त साथ पेश गर्नुपर्ने आवश्यक कागजातहरू साथै आर्थिक तथा प्राविधिक सम्बन्धि जानकारी 

१. निवेदन 

२. कम्पनी तथा फर्म दर्ता प्रमाणपत्रको प्रतिलिपि (नविकरण भएको)

३. PAN/VAT दर्ता भएको प्रमाणपत्रको प्रतिलिपि

४. आर्थिक बर्ष २०८१/०८२ को कर चुक्ता प्रमाणपत्रको प्रतिलिपि

५. कम्पनी तथा फर्मको प्रोफाइल (Updated)

६. प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद (CTEVT) को आवद्घता प्रमाण पत्रको प्रतिलिपि (नविकरण भएको)

७. सम्बन्धित क्षेत्रमा विगत तिन वर्ष सम्म विभिन्न  निकायहरूसँग कारोवार गरेको प्रमाणित गर्ने कागजातहरू । 

८. सम्बन्धित क्षेत्रमा CTEVT बाट मान्याता प्राप्त प्रशिक्षकहरूको बायोडाटा पेश गनु पर्ने छ ।

९. कालो सुचिमा नपरेको स्वः घोषणा पत्र

१०. यो सूचनामा उल्लेख भए बाहेक थप अरु केही सम्बन्धीत प्रमाण पत्र भएमा सो पनि संलग्न गर्न सकिने छ ।

११. कोटेशन सम्बन्धि कागजात रीतपूर्वक भरी प्रत्येक पानामा सही छाप गरी लाहाछाप शिलबन्दी गरी उल्लेख गरिएको संस्थाहरूको सम्पर्क कार्यालयमा मिति २०८३/०२/१० गते साँझको ५ बजे भित्र बुझाउनु पर्नेछ ।

१२. कोटेशन खोल्ने तथा निर्णय गर्ने अधिकार संस्थाहरूको खरिद समितिमा निहित हुनेछ । कुनै वा सबै कोटेशन, पुरै वा आंशिक रूपमा स्वीकार गर्ने वा नगर्ने सम्पूर्ण अधिकार खरिद समितिमा निहित रहनेछ ।

१३. कोटेशन पेश गर्ने अन्तिम दिन सार्वजनिक विदा परेमा त्यसको भोलिपल्ट कार्यालय खुल्ने दिन पेश गर्ने अन्तिम मिति कायम हुनेछ ।   

१४. पस्तावना पेश गर्दा प्राविधिक तथा र्आिथक प्रस्तावना छुट्टा छुटै खाम बन्दि गरि पेश गनुपर्ने छ साथै खामको माथि पाउने तथा पठाउने र्फमको बिवरण तथा प्राबिधिक तथा आथिक विवरण उल्लेख भएको हुनुपर्ने छ ।

१५. कोटेशन सम्बन्धि फारम र कागजात तल उल्लेखित संस्थाहरूको सम्पर्क कार्यालयको ठेगानाबाट प्राप्त गर्न सकिनेछ वा तल दिइएको लिक बाट पनि प्राप्त गर्न सकिन्छ ।

१६. प्रस्तावना स्वीकृत भएको Consultancy फर्मले सम्झौता गर्ने बेलामा सम्झौता गरिएको रकमको ५ प्रतिशत Performance Security Bank guarantee  प्रस्तावना स्वीकृत भएको Consultancy फर्मले राष्ट्रिय रोजगार प्रवर्धन केन्द्र (RRPK)सर्लाहीको, लालबन्दी शाखामा बुझाउनुपर्ने छ ।

१७. प्रस्तावना पेश गर्दा शिल गरिएको साथै प्रस्तावा Hard Copy बुझाउनु पर्ने वा तथा ईमेलमा आएको प्रस्तावना LOCK गरेको हुनुपर्दछ ।

नोट: सम्बन्धित कागजात तथा ToR तलको लिंकबाट प्राप्त गर्न सकिनेछ ।

Link: https://drive.google.com/file/d/1lwNe01JK2a6s_Ym0jjFAr5OzwgyDdkY_/view?usp=sharing

सूचना सम्बन्धी केहि जानकारी पाउन वा कागजात बुझाउने ठेगाना:

राष्ट्रिय रोजगार प्रवर्धन केन्द्र (RRPK)

ठेगाना: लालबन्दी –७ (सर्लाही)

फोन नं.: ९८०१९७२१६५

इमेल: rrpksarlahi.procurement@gmail.com


Overview

Category Development Project, Expression of Interests, Tender Notice, Bid
Position Type Contract
Posted Date 18 May, 2026
Apply Before 24 May, 2026
City Sarlahi