दरभाउपत्र आह्वान सम्बन्धमा
Details / requirements:
दरभाउपत्र आह्वान सम्बन्धमा
प्रथम पटक प्रकाशित मिति २०८३–०२–०४ गते
कारितास नेपाल एक गैर–नाफामूलक सामाजिक संस्था हो, जसले सामाजिक न्याय, सामुदायिक विकास, विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन, दिगो जीविकोपार्जन, मानव अधिकार संरक्षण तथा विपद् प्रभावित समुदायहरूको पुनर्लाभका क्षेत्रमा कार्य गर्दै आएको छ । यस संस्थाले पश्चिम राप्ती जलाधारभित्रका तटिय क्षेत्र अन्तर्गत बाँके जिल्लाको राप्तीसोनारी (वडा नं. १,२,३,४,५,६ र ७) नरैनापुर गाउँपालिका (वडा नं. ५ र ६) तथा डुडुवा गाउँपालिका (वडा नं. १,२,३ र ५) मा बसोबास गर्ने उच्च जोखिमयुक्त घरपरिवारहरूलाई बाढी पूर्वतयारी तथा प्रतिकार्य क्षमता अभिवृद्धि गर्ने उद्देश्यले क्तबचत ल्भतधयचप अन्तर्गत क्तबचत च्भबमथ कार्यक्रमको आर्थिक सहयोग तथा CRS नेपालको प्राविधिक सहयोगमा सञ्चालित पूर्वानुमानमा आधारित बाढी प्रतिकार्य, लुम्बिनी (PRABL) परियोजना कार्यान्वयन गरिरहेको व्यहोरा जानकारी गराइन्छ ।
उक्त परियोजना कार्यान्वयनका लागि आवश्यक विभिन्न सेवा तथा सामग्रीहरू खरिद गर्नुपर्ने भएकाले, कारितास नेपालको खरिद नीति (Procurement Policy) बमोजिम योग्य, इच्छुक तथा दर्ता भएका आपूर्तिकर्ता/सेवा प्रदायकहरूबाट शिलबन्दी दरभाउपत्र (Sealed Quotation) आह्वान गरिएको छ ।
इच्छुक आपूर्तिकर्ता/सेवा प्रदायकहरूले संस्थाबाट उपलब्ध गराइने Request for Tender (RFT) तथा Request for Proposal (RFP) फारामहरू तल दिईएको QR बाट प्राप्त गरी, सोही बमोजिम आवश्यक सम्पूर्ण कागजातहरू पूर्ण रूपमा भरी, शिलबन्दी खाममा बन्द गरी तोकिएको मिति र समयभित्र यस संस्थाको कार्यालयमा पेश गर्नुहुन अनुरोध गरिन्छ ।
शिलबन्दी दरभाउपत्र पेश गर्दा खाममा स्पष्ट रूपमा “लाहा छाप सहित” आपूर्तिकर्ताले सामाग्रीको किसिम उल्लेख गरी, सम्बन्धित लिफाफा÷=/प्याकेटमा कुनै प्रकारले खोलिने वा नच्यात्तिने गरी बन्द गर्नुपर्नेछ । तोकिएको समयपछि प्राप्त हुने दरभाउपत्रहरू स्वीकार गरिने छैन । यस सूचना अन्तर्गत गरिने सेवा तथा सामग्री खरिद प्रक्रिया पूर्वानुमानमा आधारित विपद् प्रतिकार्य { (Anticipatory Action) प्रणाली अन्तर्गत सञ्चालन गरिनेछ । उक्त सेवा तथा सामग्रीको वास्तविक खरिद तथा सम्झौता बाढी सम्बन्धी पूर्वनिर्धारित थ्रेसहोल्ड पार गरेको सुचना(Trigger Activation Criteria) सक्रिय भएपश्चात मात्र लागू हुनेछ । यस प्रक्रियाका बारेमा छनौट भएका सेवाप्रदायक र आपुर्तिकर्तालाई अभिमुखिकरण प्रदान गरिनेछ ।
द्रष्टब्यः यस सूचना बमोजिम देहायका शर्तहरू लागू हुनेछनः
- यस खरिद प्रक्रियामा सम्बन्धित गाउँपालिका तथा बाँके जिल्लाका आपूर्तिकर्ताहरु मात्र हुनुपर्नेछ ।
- उक्त सूचना अनुसार आपूर्तिकर्ता/सेवा प्रदायक छनोट गरिएपछि मिति २०८३ साल कार्तिक १५ गतेसम्मको अवधि रहने गरी सेवा सम्झौता गरिनेछ ।
- सेवा सम्झौता जारी गरिए तापनि जल तथा मौसम विज्ञान विभागबाट यस क्षेत्रका लागि बाढी पूर्वसूचना (Trigger) सक्रिय भएको अवस्थामा मात्र खरिद आदेश (Purchase Order) जारी गरिनेछ ।
- खरिद आदेश प्राप्त भएको २४ घण्टाभित्र सामग्री वा सेवाहरू उपलब्ध गराउनु पर्नेछ ।
- त्चष्ननभच सक्रिय नभएको अवस्थामा कारितास नेपालले खरिद सम्झौता स्थगित, संशोधन वा रद्द गर्न स्वतन्त्र हुनेछ र यस सम्बन्धमा कुनै दायित्व वहन गर्ने छैन ।
- यस प्रक्रियामा सहभागी हुनु भनेको माथि उल्लेखित सबै शर्तहरू स्वीकार गरिएको मानिनेछ ।
आवश्यक सेवा तथा सामग्रीहरू:
बिस्तृत सामग्रीको तालिका तथा RFT तपसिलको लिंकबाट प्राप्त गर्न सकिनेछ ।
लाहा छाप सहितको शिलबन्दी दरभाउपत्र बुझाउने मिति समय र स्थान: कारितास नेपाल, प्रदेश कार्यालय कोहलपुर बाँके वा केन्द्रीय कार्यालय धोबिघाट, ललितपुर मार्फत मिति २०८३/०२/०८ गते बेलुका ५ बजे भित्र पेश गर्नुपर्नेछ । थप जानकारीको लागि सम्पर्क नंः केन्द्रिय: ९८०१३१७३८७ प्रदेश कार्यालय: +९७७ ०८१–५४१७९६/५४१८९६ /९८०१३१७४३८
Overview
| Category | Development Project, Expression of Interests, Tender Notice, Bid |
| Position Type | Contract |
| Posted Date | 18 May, 2026 |
| Apply Before | 18 Jun, 2026 |
| City | Kathmandu |