शिलबन्दी बोलपत्र आह्वानको सूचना

KIRDARC-Nepal

KIRDARC Nepal is an NGO dedicated to Human Rights, Peace Building, Media and Development in Karnali Zone since 1999. It works with a mission to enable Karnali people to claim and exercise their rights for poverty reduction and improved livelihoods through their organization, research, policy advocacy and judicious resources mobilization. It has been implementing various project/programs with the funding support of different partner organizations.

Details / requirements:

किर्डाक नेपाल

शिलबन्दी बोलपत्र आह्वानको सूचना

प्रथम पटक प्रकाशित मिति: २०८३ जेठ ४ गते (१८ मे २०२६)

सेभ द चिल्ड्रेन इन्टरनेशनलको आर्थिक सहयोग तथा कर्णाली एकीकृत ग्रामीण विकास तथा अनुसन्धान केन्द्र (किर्डाक) नेपाल तथा अन्य साझेदारहरू: सोसेक नेपाल दैलेख, पाँचतारा युवा संरक्षण मन्च जाजरकोट द्वारा सञ्चालित सहयात्रा तेश्रो (Sahayatra-III)  परियोजना अन्तर्गत परियोजना क्षेत्रका लाभग्राहीहरूलाई तल उल्लेखित सिपमुलक (CTEVT Based Level 1 Vocational Training) तालिम  प्रदान गर्नुपर्ने भएकोले TOR मा उल्लेखित शर्त अनुसार आपूर्ति गर्न इजाजत प्राप्त सम्बन्धित ईच्छुक स्थानिय/राष्ट्रिय कम्पनी, फर्म तथा आपूर्तिकर्ताबाट शिलबन्दी बोल–पत्र पेश गर्नको लागि आह्वान गरिन्छ ।

तपसिल:

क्र.सं.तालिमको विवरणअवधिकैफियतप्रशिक्षार्थी संख्या
१.मौरी पालन१ महिनाCustomized CTEVT Level 1
२.च्याउ उत्पादन१ महिनाCustomized CTEVT Level 1
३.कुखुरा र्फाम व्यवस्थापन१ महिनाCustomized CTEVT Level 1१९
४.दुग्ध तथा बेकरी उत्पादन१ महिनाCustomized CTEVT Level 1
५.कपाल काट्ने३९० घण्टा CTEVT Level 1
६.मोटरसाईकल मर्मत (ग्यारेज)३९० घण्टाCTEVT Level 1
७.हाउस वाईरिङ्ग३९० घण्टाCTEVT Level 1
८.टेलरिङ्ग (सिलाई कटाई)३९० घण्टाCTEVT Level 1१६
९.उन बुन्ने कार्य३९० घण्टाCTEVT Level 1

जम्मा संख्या

६४

बोलपत्रमा अनिवार्य समावेस गर्नुपर्ने कागजातहरू:

    १. कम्पनी दर्ता तथा नवीकरणको प्रमाणपत्रहरू

    २. आर्थिक वर्ष २०८१/८२ को कर चुक्ताको प्रमाण पत्र वा म्याद थपको कागजात

    ३. VAT दर्ताको प्रमाण पत्र

    ४. सहि छाप सहितको TOR, Due Diligence Form र स्व घोषणा पत्र 

    ५. प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषदबाट तह १ को तालिम दिन स्विीकृत प्रमाण–पत्र

आवेदन दर्ता गर्ने प्रक्रिया:

शिलबन्दी दरभाउ पत्र यो सूचना प्रकाशित भएको मितिले १५ दिन भित्र अर्थात २०८३/०२/१८ गते (तद्नुसार १ जुन २०२६ साँझ ५:०० बजे भित्र किर्डाक नेपाल, समन्वय कार्यालय सानेपा, ललितपुर, कर्णाली प्रदेश कार्यालय वीरेन्द्रनर, सुर्खेत तथा क्लष्टर कार्यालय तातोपानी जुम्लामा बुझाउनुपर्ने छ । खरिद गर्ने सेवाको विस्तृत विवरण Terms of Reference यो लिंक https://kirdarc.org/tender/ बाट  वा तल उल्लेखित लिंकबाट डाउनलोड गर्न सकिने छ वा किर्डाक नेपालका माथि उल्लेखित कार्यालयहरूबाट समेत प्राप्त गर्न सकिनेछ ।

Link_1: Terms of Reference

Link_2: Due Diligence Form

Link_3: Self Declaration Form

यस विषयमा थप जानकारी लिनु पर्ने भएमा किर्डाक नेपालको समन्वय कार्यालय सानेपा, ललितपुर (०१–५४४८३२१, ५४४८०९३) वा कर्णाली प्रदेश कार्यालय सुर्खेत (०८३–५२५६६४), वा क्लष्टर कार्यालय जुम्ला (९८६३०८०१११) मा सम्पर्क गर्न सकिने छ ।

नोटः शिलबन्दी बोल–पत्र खोल्ने, मूल्याङ्कन तथा आपूर्तिकर्ता छनौट गर्ने सम्बन्धी सम्पूर्ण अधिकार संस्था/कन्सोटियम टिममा निहित रहनेछ ।