दरभाउ प्रस्ताव आह्वानको समय थप गरिएको सम्बन्धी सूचना

AMDA Nepal

Association of Medical Doctors of Asia-Nepal (AMDA-Nepal) was established in 1989 as a chapter of AMDA-International, Japan and was officially registered in the government office as a NGO in 1990. It is a humanitarian, nonprofit-making, non-political, non-sectarian, Non-Governmental Organization working with its mission to promote the health and well-being of the underprivileged and marginalized people under the slogan "Better quality of life for better future." AMDA Nepal is providing curative and preventive health services through its hospitals and projects in different parts of Nepal.

Details / requirements:

मितिः वि.सं. २०८३।०६।२७

दरभाउ प्रस्ताव आह्वानको समय थप गरिएको सम्बन्धी सूचना

(दोश्रो पटक प्रकाशित मिति २०८३।०६।२७)

आम्दा नेपाललाइ आवश्यक पर्ने बस्तु तथा सेवा खरिद प्रकृयामा अधिकतम आपूर्तिकर्ताको सहभागिताका लागी अनलाइन ई–बिडिङ पोर्टल प्रयोग गर्दै आएको छ । उक्त प्रणाली सञ्चालनमा आए देखिको प्रयोगबाट प्राप्त अनुभव तथा प्राप्त सुझावका आधारमा ई–बिडिङ प्रणालीलाई थप व्यवस्थित बनाउन आवश्यक परिमार्जन गर्नुपर्ने देखिएकोले यसै सुचनामा संलग्न कार्यविवरण (Terms of Reference) अनुसार ई–बिडिङ सफ्टवेयरलाई अध्यावधिक गर्न इजाजत प्राप्त इच्छुक सेवा प्रदायक फर्म/कम्पनीहरूबाट यो सूचना प्रकाशित भएको मितिले सात (७) दिनभित्र दरभाउ प्रस्ताव आह्वान गरिएको छ । यस सुचना सम्बन्धी विस्तृत जानकारीका लागि आम्दा नेपालको वेबसाइट https://amda.org.np वा निम्न ठेगानामा सम्पर्क राख्नुहुन अनुरोध गरिन्छ ।

तपशिलः

क्र.सं. विवरणविवरण
१सूचना नं.११३/८३८४ 
२खरिद गरिने वस्तु वा सेवाको संक्षिप्त विवरणई–बिडिङ सफ्टवेयर अध्यावधिक तथा सुधार
३खरिद गरिने सेवाको पूर्ण विवरणसंलग्न Terms of Reference मा उल्लेख भए बमोजिम
४कुल अनुमानित मूल्यरु. २,५०,०००।०० कर समेत
५दरभाउ प्रस्ताव आइपुग्नुपर्ने अन्तिम मिति र समयवि.सं. २०८३।०६।२६ गते दिनको २:०० बजे
६दरभाउ प्रस्ताव पेश गर्ने माध्यमशिलबन्दी खाम वा अनलाइन माध्यम https://ebidding.amda.org.np ।
७दरभाउपत्र/प्रस्तावका संक्षिप्त शर्तहरू
  • फर्म/कम्पनी दर्ता प्रमाणपत्र
  • प्यान/भ्याट दर्ता प्रमाणपत्र
  • करचुक्ता प्रमाणपत्र
  • प्रस्तावको प्रत्येक पानामा दस्तखत तथा छाप वा अनलाइन माध्यमबाट शर्तको स्विकारोक्ति
८शिलबन्दी खाम पेश गर्नु पर्ने कार्यालयको नाम, ठेगानाआम्दा नेपाल, गोकर्णेश्वर–६, जोरपाटी, काठमाडौं।

नोटः

१. प्राप्त दरभाउ प्रस्ताव तथा संलग्न प्राविधिक विवरणको आधारमा आवश्यकता अनुसार सेवा प्रदायकसँग थप विवरण, स्पष्टीकरण वा आवश्यक प्राविधिक जानकारी माग गर्न सकिनेछ ।

२. दरभाउ प्रस्ताव पेश गर्दा प्रस्तावित सेवा, कार्य सम्पन्न गर्ने अवधि, प्राविधिक क्षमता तथा सम्बन्धित अनुभव खुल्ने आवश्यक विवरण पेश गर्नुपर्नेछ ।

३. जुनसुकै कारणले यस सूचना बमोजिमको खरिद प्रक्रिया आंशिक वा पूर्णरूपमा स्वीकृत गर्ने वा नगर्ने सम्पूर्ण अधिकार आम्दा नेपालमा सुरक्षित रहने छ ।

LINK: Time Extension Notice.pdf

आम्दा नेपाल

गोकर्णेश्वर - ६ , जोरपाटि, काठमाण्डौं

फोन नं,०१-४९१०२३५, ४९१११४०

Overview

Category Development Project, Expression of Interests, Tender Notice, Bid
Position Type Contract
Posted Date 13 Oct, 2026
Apply Before 26 Oct, 2026
City Kathmandu