Tender Notice-AFS construction

RadhaKrishna Tharu Jana-Sewa Kendra (RKJS)

Details / requirements:

बोलपत्र आह्वान

(पहिलो पटक प्रकाशित)

मितिः २०८१।०३।२४ गते

राधाकृष्ण थारु जनसेवा केन्द्र , बर्दिया र प्लान इन्टरनेशनल नेपालको साझेदारिमा सञ्चालित किशोर किशोरी यौन तथा प्रजनन स्वास्थ्य र अधिकार परियोजना दोस्रो चरण (KOICA Funded- ASRHR Phase II Project) परियोजना अन्तर्गत बारबर्दिया नगरपालिकामा १ वटा र गेरुवा गाउँपालिकामा १ वटा गरि जम्मा २ वटा स्वास्थ्य चौकीमा Adolescents Friendly Service(AFS) भवन निर्माण गर्नुपर्ने भएकोले भवनको सम्पूर्ण सामाग्री सहित प्रस्ताव आह्वान गर्न संस्थाको खरिद समितिको निर्णय बमोजिम तपसिलको शर्त पुरा गर्ने फर्मले यो सुचना प्रकाशित मितिले १४(चौध) दिनभित्र (सार्वजनिक विदा परेमा सोको भोलिपल्ट) सिलबन्दी दरभाउ सहित पेश गर्नुपर्ने छ । प्रस्ताव आह्वानको नमुना फारम/विवरण तल उल्लेख गरिएको लिङ्कबाट Download गरि लिन सकिने छ ।

पेश गर्नुपर्ने आवश्यक कागजात:

१. कम्पनी रजिस्टार प्रमाणपत्र प्रतिलिपी

२. आ.व.२०७९/०८०को कर चुक्ता प्रमाण पत्र प्रतिलिपी

३. स्थायी लेखा नम्बर प्रमाण पत्र प्रतिलिपी

४. प्रस्तावकले यस अघि गरेको समान कामको अनुभवको सिफारिस कागजातको प्रतिलिपी

५. प्रस्तावकले प्रस्ताव गरेको जम्मा मूल्यको हुन आउने रकम (भ्याट बाहेक) को २.५ प्रतिशत बैंक जमानी पत्र (BID Security Money)  संलग्न गर्नु पर्नेछ ।

६. प्रस्तावना मिति २०८१।०४।०६ गते आईतबार दिउसो १२:०० बजे भित्र पेश गर्नुपर्ने छ ।

Links:

Bidding Document

Barbardiya Municipality-01, Jodhipur

Geruwa Rural Municipality-05. Pashupatinagar

थप जानकारीका लागि कार्यालयमा सम्पर्क गर्न अनुरोध छ ।

राधाकृष्ण थारु जनसेवा केन्द्र गुलरिया , बर्दिया

गुलरिया नगरपालिका वार्ड नं. ५ मातंगीदेवी  मार्ग

सम्पर्क नम्बर–०८४–४२०२७४

सम्पर्क व्यक्ति – ९८६६२३०२२१

Email: sarojtharu.rkjs@gmail.com

Overview

Category Construction Services, Development and Project, Expression of Interests, Tender Notice, Bid
Openings 1
Position Type Contract
Experience Please check details
Education Please check details
Posted Date 08 Jul, 2024
Apply Before 21 Jul, 2024
City Bardiya