टेण्डर बोलपत्र आह्वान गरिएको सूचना
Details / requirements:
टेण्डर बोलपत्र आह्वान गरिएको सूचना
(प्रथम पटक प्रकाशित मिति २०८३–२–१७)
राष्ट्रिय कृषक समूह महासंघ नेपालद्वारा केयर नेपालसँगको साझेदारीमा संचालन भईरहेको ( Mother Child Wellbeing Partnership Program/Nurture Every Future-Poshan Project) पोषण परियोजना अन्तर्गत सप्तरी जिल्ला अग्नीसाईर कृष्णसवरण गाउँपालिका वडा नं. ६, महुली स्थित आदर्श बहुमुखी दुग्ध उत्पादक सहकारी संस्था लि. द्वारा दुध संकलन केन्द्र स्थापना गर्नुपर्ने भएकोले मूल्य अभिवृद्धि करमा दर्ता भएका इच्छुक डेरी सम्बन्धि उपकरणहरू र बहिरंग उपचारात्मक केन्द्र तथा पोषण पूर्ण:स्थापना केन्द्रमा स्वास्थ्य सम्बन्धि उपकरणहरू खरिद गरि वितरण गर्नु पर्ने भएकोले तपशिल बमोजिमका सामग्रीहरू आपूर्ति गर्न सक्ने योग्य तथा इच्छुक आपूर्तिकर्ताहरूबाट यो सूचना प्रकाशन भएको मितिले ६ दिन (२०८३–जेष्ठ २२ गते शनिबार वेलुका ५:०० बजे भित्र तपसिलको शर्त बमोजिम आपूर्तिकर्ताहरूको लेटर प्याडमा दरभाउ तथा शर्तनामाहरू खुलाई कार्यालयमा उपस्थित भई वा ईमेल ठेगाना nfgfmadeshpradesh2075@gmail.com मार्फत टेण्डर बोलपत्र पेश गर्नुहुन यो सूचना प्रकाशन गरिएको छ । ईमेल मार्फत कोटेशन पेश गर्दा फाईल पोटेक्ट गरेर पठाउनु पर्नेछ । कोटेशन खोल्ने समयमा पास वर्ड उपलब्ध गराउनु पर्नेछ ।
तपसिल बमोजिमका सामग्रीहरू
| क्र.सं. | सामाग्रीहरूको विवरण | कैफियत | |
| १. | डेरी सम्बन्धि उपकरणहरू | सामाग्रीको विवरणको जानकारीको लागि कृपया यससँगैको लिंक प्रयोग हेर्नुहोला । | Detail Specification for Chilling VAT.xlsx |
| २. | स्वास्थ्य सम्बन्धि उपकरणहरू | सामाग्रीको विवरणको जानकारीको लागि कृपया यससँगैको लिंक प्रयोग हेर्नुहोला । |
१. शिलबन्दी वा बोलपत्र पेशगर्दा आवश्यक कागजात निम्न छन्:
क. फर्म दर्ता प्रमाण–पत्रको प्रतिलिपि १ थान,
ख. फर्म भ्याटमा दर्ता भएको प्रमाण–पत्रको प्रतिलिपि १ थान,
ग. आर्थिक वर्ष २०८१–०८२ को करचुक्ता प्रमाणपत्रको प्रतिलिपि १ थान
घ. व्यावसायीको नागरिकता प्रमाणपत्रको प्रतिलिपी १ थान,
ङ. बैक खाता नं., सम्पर्क नं., इमेल ठेगाना संलग्न गरी पेश गर्नु पर्नेछ ।
च. शिलबन्दी बोलपत्रको खाम बाहिर बोलपत्रदाताको नाम, ठेगाना, सम्पर्क नम्बर तथा फर्मको छाप अनिवार्य हुनुपर्नेछ । बोलपत्र फारम खामबन्दगरी लाहा छापले शिलबन्द गरिएको हुनु पर्नेछ, अन्यथा उक्त बोलपत्र दर्ता गर्न बाध्य हुने छैन ।
२. बोलपत्र फाराममा उल्लेखित प्रत्येक सामग्रीको दररेट माथि उल्लेखित सहकारीहरूको तोकिएको स्थान सम्म ढुवानी गरि जडान समेतको दर भाउ अंक र अक्षर दुबैमा स्पष्ट लेखिएको हुनुपर्नेछ । अंक र अक्षर बीच फरक परेमा अक्षरमा लेखिएकोलाई मान्यता दिइनेछ । केरमेट वा टिपेक्स लागेको अंक मान्य हुने छैन ।
३. बहिरंग उपचारात्मक केन्द्र तथा पोषण पूर्ण:स्थापना केन्द्रमा स्वास्थ्य सम्बन्धि उपकरणहरू सप्तरी जिल्लाको बलान बिहुल , राजविराज र सिरहा जिल्लाको धनगढ़िमाइ , लक्ष्मीपुरपत्तारी पालिकाको स्वास्थ्य संस्थाहरूमा उपकरण जडान (installation), परीक्षण (testing) तथा आवश्यक orientation/support vendor स्वयंले उपलब्ध गराउनुपर्नेछ। तोकिएको समयभित्र मापदण्ड अनुरूप equipment आपूर्ति गर्न सक्ने क्षमता भएको हुनुपर्नेछ।
४. म्यादनाघी वा रित नपूगी आएका बोलपत्र उपर कुनै कारबाही हुनेछैन । थप जानकारी आवश्यक परेमा तल उल्लेखित फोन नम्बरमा कार्यालय समय भित्र सम्पर्क गर्न सकिनेछ ।
५. तोकिएको मिति भित्र प्राप्त भएका शिलबन्दी टेन्डर मिति २०८३ साल जेष्ठ २२ गते दिउँसो ४:०० बजे संस्थाको कार्यालयमा खोलिनेछ । टेण्डर खोल्दा आपूर्तीकर्ताहरूको तर्फबाट प्रतिनिधिको उपस्थिति हुनेछ । प्रतिनिधिहरूको उपस्थिति नभए पनि तोकिएको मिति र समयमा टेण्डर खोल्न कुनै बाधा पर्ने छैन । वोलपत्र स्वीकृत भई सम्झौता भएको अधिकतम १ हप्ता भित्रमा सामग्रीहरू आपूर्ती गरि जडान गरि सक्नुपर्नेछ ।
६. अन्य शर्तनामाहरु राष्ट्रिय कृषक समूह महासंघ नेपालको सामग्री खरिद नीति नियमावली र नेपाल सरकारको प्रचलित कानून बमोजिम हुनेछ । सर्वाधिकार राष्ट्रिय कृषक समूह महासंघ नेपालमा नीहित रहेको छ ।
बोलपत्र प्राप्त गर्ने, पेश गर्ने र खोलिने ठेगानाः
राष्ट्रिय कृषक समूह महासंघ नेपाल,
मधेश प्रदेश कार्यालय
लहान न.पा. वडा नं.– १, सिरहा, (लहान NCELL center छेउमा रहेको तरकारी बजार भन्दा ५० मिटरभित्र)
फोन नं. ०३३–५६४०७३
Overview
| Category | Development Project, Expression of Interests, Tender Notice, Bid |
| Openings | 2 |
| Position Type | Contract |
| Posted Date | 31 May, 2026 |
| Apply Before | 05 Jun, 2026 |
| City | Saptari |