कोटेशन आह्वान गरिएको सूचना

National Farmers Group Federation Nepal (NFGF Nepal)

Details / requirements:

कोटेशन  आह्वान गरिएको सूचना

(प्रथम पटक प्रकाशित मिति २०८३/०२/१५)

राष्ट्रिय कृषक समूह महासंघ नेपालले केयर नेपालसँगको साझेदारीमा सञ्चालन भइरहेको संरक्षण परियोजना सिरहा जिल्लाको लहान नगरपालिका वडा नं. १५ र १८ मा संचालित संरक्षण परियोजना अन्तर्गत मुतनीखोला जलाधार क्षेत्रमा वनमा आधारित  वा उद्यमहरूको संचालन सम्भावना, बजारिकरण, विश्लेषण र दिगोपना सम्बन्धि अध्ययन गर्नको लागि कन्सल्टेन्सी सेवा आपुर्ति गर्न सक्ने योग्य तथा इच्छुक फर्म वा कन्सल्टेन्टहरूबाट यो सूचना प्रकाशन भएको  दिन (२०८३/०२/२ गते दिनको १२:०० बजे भित्र) तपसिलको शर्त बमोजिम कन्सल्टेन्ट वा फर्महरूको लेटरप्याडमा दरभाउ तथा शर्तनामाहरू खुलाई कार्यालयमा उपस्थित भई वा इमेल ठेगाना nfgfmadeshpradesh2075@gmail.com मार्फत शिलबन्दी कोटेशन पेश गर्नु हुन यो सूचना प्रकाशित गरिएको छ ।

क्र.स.सेवाको  विवरणदिनकैफियत
१.मुतनीखोला जलाधार क्षेत्रमा वनमा आधारित  वा उद्यमहरूको संचालन सम्भावना, बजारिकरण, विश्लेषण र दिगोपना सम्बन्धि अध्ययन३०

Annex: TOR

तपशिल:

१. कोटेशन पेश गर्दा फर्मको हकमा (फर्म दर्ता भएको प्रमाण–पत्रको प्रतिलिपि–१ थान, फर्म भ्याट तथा पानमा दर्ता भएको प्रमाण–पत्रको प्रतिलिपि–१ थान, गत आर्थिक वर्षको करचुक्ता प्रमाण पत्रको प्रतिलिपि–१ थान,  व्यावसायीको नागरिकता प्रमाण पत्रको प्रतिलिपी–१ थान, बैक खाता नं., सम्पर्क नं., ईमेल ठेगाना) र व्यक्तिगत हकमा (पानमा दर्ता भएको प्रमाण–पत्रको प्रतिलिपि–१ थान वा पान नं.,व्यक्तिको बायोडाटा, व्यक्तिको नागरिकता प्रमाण पत्रको प्रतिलिपी–१ थान, बैक खाता नं., सम्पर्क नं., ईमेल ठेगाना) संलग्न गरी पेश गर्नुपर्नेछ । कोटेशनको खाम बाहिर कोटेशनदाताको नाम, ठेगाना, सम्पर्क नम्बर तथा फर्मको छापले शिलबन्दी गरिएको हुनुपर्नेछ अन्यथा उक्त कोटेशन दर्ता गर्न बाध्य हुनेछैन ।

२. शिलबन्दी कोटेशनमा उल्लेख सेवाको दर रेट (लहान नगरपालिका वडा नं. १५ र १८ स्थित विभिन्न कृषक समूहहरुमा यातायात समेतको) अंक र अक्षर दुवैमा स्पष्ट लेखिएको हुनुपर्नेछ । अंक र अक्षर बिच फरक परेमा अक्षरमा लेखिएको दर रेट मान्य हुनेछ । केरमेट वा टिपेक्स लागेको अंक मान्य हुनेछैन । 

३. म्याद नाघी रित नपुगी आएको शिलबन्दी कोटेशन उपर कुनै कारवाही हुनेछैन । थप जानकारी आवश्यक परेमा तल उल्लृखित फोन नम्बरमा कार्यालय समय भित्र सम्पर्क गर्न सकिनेछ ।

४. खरिद प्रक्रिया राष्ट्रिय कृषक समूह महासंघ नेपालको सामाग्री खरिद नीति नियमावली र नेपाल सरकारको प्रचलित कानुन बमोजिम हुनेछ । सर्वाधिकार राष्ट्रिय कृषक समूह महासंघ नेपालमा निहित हुनेछ ।

५. कोटेशन बुझाउने अन्तिम मितिः २०८३/०२/२१  गते  १२:०० बजेसम्म हुनेछ र कोटेशन २०८३/०२/२ गते २:०० बजे खोलिनेछ ।

  • यौन शोषण, दुव्र्यवहार, यौन उत्पीडन, अधिकारको दुरुपयोग र भेदभाव रहित राष्ट्रिय कृषक समूह महासंघ, नेपाल शून्य सहनशीलताप्रति प्रतिवद्ध छ ।

कोटेशन प्राप्त र पेश गर्ने ठेगाना:

राष्ट्रिय कृषक समूह महासंघ नेपाल,

मधेश प्रदेश कार्यालय

लहान न.पा. वडा नं.–१, सिरहा – (लहान Ncell Center छेउमा रहेको तरकारी बजार भन्दा ५० मिटर भित्र)

फोन न. ०३३–५६४०७३

इमेलः nfgfmadeshpradesh2075@gmail.com

Overview

Category Development Project, Expression of Interests, Tender Notice, Bid
Openings 1
Position Type Contract
Posted Date 29 May, 2026
Apply Before 04 Jun, 2026
City Siraha