टेन्डर (शिलबन्दी दरभाउ पत्र) आह्वान सम्बन्धि सूचना

Hilly Region Development Campaign (HRDC), Jajarkot

Details / requirements:

प्रथम पटक प्रकाशित मिति: २०८०/१०/२८ तद्अनुसार  ११ फेबवरी २०२४

विषय: टेन्डर (शिलबन्दी दरभाउ पत्र) आह्वान सम्बन्धि सूचना ।

उपरोक्त सम्बन्धमा युरोपेली युनियनको आर्थिक सहयोगमा सेभ द चिल्ड्रेनपहाडी क्षेत्र विकास अभियान द्वारा सञ्चालित इको (ECHO) परियोजना अन्तर्गत भुकम्प प्रभावित २ वर्ष मुनिको बालबालिका भएको घर वा “क” वा “ख” श्रेणीको अपाङ्गता भएको घर वा ५ महिना भन्दा माथिको गर्भवती भएको घरधुरी लागि तपसिल बमोजिमको सामाग्रीहरू आवश्यकता परेको हुनाले नेपाल सरकारबाट सम्बन्धित इजाजत प्राप्त, मूल्य अभिवृद्धि कर वा आन्तरिक राजश्व कार्यालयमा दर्ता भइ स्थायी लेखा नम्बर प्राप्त गरी आ.व. २०७९/०८० को कर चुक्ता प्रमाण–पत्र लिइएका फर्मबाट अधिनमा रही शिलबन्दी दरभाउ पत्र आह्वान गरी सामाग्रीहरू खरिद गर्नु पर्ने भएकोले आपुर्ति गर्न ईच्छुक अधिकृत बिक्रेता, आपुर्तिकर्ता तथा वितरकहरूबाट यो सूचना प्रकाशित भएको मितिले ८ दिन अर्थात मिति २०८०/११/०६ गते ५ बजे सम्म यस संस्थाको कार्यालयमा वा आधिकारीक इमेलमा शर्तहरुको अधिनमा रहि दरभाउ पत्र पेश गर्न हुन यो सूचना प्रकाशित गरिएको छ ।

टेन्डर पेश गर्ने इमेल: hrdcprocument@gmail.com

सामग्री उपलब्ध गराउनु पर्ने स्थान: भेरी नगरपालिका- ४, खलंगा जाजरकोट 

Emailबाट टेन्डर पेस गर्दा PDF बनाइ पासवर्ड राखी पेस गर्न सकिने छ 

ढुवानी/आपुर्तिका शर्तहरू:

  • टेन्डर आफ्नो पसल तथा फर्मको लेटर प्याडमा निबेदन लेखी पेश गर्नु पर्नेछ ।
  • टेन्डर तोकिएको मिति र समय भित्र सम्बन्धित कार्यालयमा दर्ता गराई सक्नु पर्ने छ ।
  • टेन्डर पत्र दाता आफुले कबोल गरेको दररेट तथा कुल रकम अंक र अक्षरमा प्रष्ट हुने गरी उल्लेख गर्नु पर्ने छ । अङ्क र अक्षरमा फरक परेमा अक्षरलाई मान्यता दिइने छ ।
  • टेन्डर पत्र दाताले शिलबन्दी दरभाउ पत्रको खाम बाहिर फर्मको नाम, ठेगाना र शिलबन्दी दरभाउ दाताको नाम, ठेगाना र सम्पर्क नम्बर स्पष्ट लेख्नु पर्ने छ ।
  • टेन्डर पत्र पुर्ण वा आंशिक रुपमा स्वीकृत गर्ने वा नगर्ने सम्पूर्ण अधिकार यस संस्थालाई हुने छ ।
  • टेन्डर पत्र सम्बन्धि अन्य थप जानकारी लिनु परेमा यस कार्यालयमा सम्पर्क राख्न सकिने छ ।
  • रित नपुगी आएका टेन्डर उपर कुनै किसिमका कारवाही हुने छैन ।
  • सामान उपलब्ध गराउने सकिने समय स्पष्ट रुपमा उल्लेख भएको हुनुपर्नेछ ।
  • टेन्डर फर्मको प्राप्त गर्नको लागि यस संस्थाको कार्यालय वा Form Link: https://drive.google.com/uc?export=download&id=163hHRebHJn1o3v089OHPyD-f6T6CH93O बाट प्राप्त गर्न सकिने छ ।
  • सम्पुर्ण सामाग्रीहरू कबुल गरिएको समयअबधि भित्र अनिवार्य रुपमा उपलब्ध गराउनुपर्नेछ ।
  • सामाग्री उपलब्ध गराउदा दिईएको स्पेशिफिकेशन अनुसारको गुणस्तर नभएमा सामाग्रि बुझ्न संस्था बाध्य हुने छैन र स्पेशिफिकेशन अनुरुपको सामाग्रि पुनः उपलब्ध गराउनु पर्नेछ । साथै सो वापत लाग्ने ढुवानी वा अन्य खर्च सप्लायर्स स्वयंमले ब्यहोर्नेपर्नेछ । 
  • संस्थाको बाल संरक्षण नितिको पुर्ण रुपमा पालना गर्नुपर्नेछ र अनिवार्य रुपमा आपुर्तिकर्ताले हस्ताक्षर गरेको हुनुपर्ने छ । 
  • इमेल मार्फत पेश गर्न: hrdcprocument@gmail.com सकिने छ ।
  • म्याद नाघी आएका तोकिएका मापदण्ड पुरा नभएका,रीत पुर्वक नआएका,पहिले कुनै कारणबाट कालो सुचीमा परेका सेवा प्रदायकहरूको दररेटलाई स्वीकृत गर्न सकिने छैन ।

Child Safe Guarding Policy

भुक्तानी:

संलग्न विवरण बमोजिमको सम्पुर्ण सामाग्रिहरू उल्लेखित शर्तहरू पालना गरि पुर्ण रुपमा प्राप्त भइ सकेपछि मात्रै भुक्तानी गरिनेछ । 

छनौटका आधारहरू:

१. कानुनि प्रक्रिया पुरा गरेको 

२. बस्तुको मूल्य: ५० प्रतिशत

३. क्षमता:

  • गुणस्तर– ३० प्रतिशत
  • वार्षिक कारोबार – ५ प्रतिशत
  • आपूर्ति गर्न सक्ने समय– १० प्रतिशत 
  • क्रेडिट सुविधा- ५ प्रतिशत

दरभाउ पत्र पठाउने अन्तिम मिति र ठेगाना: 

  • दरभाउ पत्र गर्ने अन्तिम मिति र समय: २०८० फाल्गुन ०६ (१८ फेबवरी २०२४) गते अपरान्ह ५:०० बजे सम्म ।
  • प्राप्त दरभाउ पत्र २०८० फाल्गुन ०७ तद्अनुसार  १९ फेबवरी २०२४) गते १०:०० वजे खोलिने छ र दरभाउ पत्र खोल्दा सम्बन्धित सप्लायर्स वा प्रतिनिधि उपस्थित नभएको खण्डमा दरभाउ पत्र खोल्न संस्थालाई कुनै वाधा हुनेछैन 

दर रेटका साथ पेश गर्नुपर्ने आवश्यक कागजातहरू:

    १. स्थाई लेखा नम्बर वा मु.अ. करमा दर्ता भएको हुनुपर्ने ।

    २. आ.व. २०७७/७८ देखि ७९/८० सम्मको तिन वर्षको आयकर चुक्ता भएको प्रमाण पत्र लिएको हुनुपर्ने ।

    ३. व्यवसाय सेवा दर्ता र नविकरणको प्रमाण पत्रहरू हुनुपर्ने ।

तपशिल:

शौचालय निर्माण तर्फ:

S.N.

Description

Unit

Qty

1

Toilet construction for material supports (Super Structure with color PPGI Sheets  42" x 42", & Height 72" (PPGI = Pre Painted Colored Galvanized Iron Sheet) All Pipe and MS Material Pre Treated against Rust, and Epoxy Powder Coated for long life, all Good Quality material, Made by 1" x 1" Square Pipe with 1.6mm Thickness, with support flat Patti of 3mm folding Sets and transportation Jajarkot, Khalanga)

Sets

250

थप जानकारीका लागि

पहाडी क्षेत्र विकास अभियान, खलंगा जाजरकोट

कार्यालयको सम्पर्क नं. ९८४४८४१७४८, ९८४९९८७२०९ / ०८९-४३००८९ मा फोन गरी जानकारी प्राप्त गर्न सकिन्छ ।

खरिद समिति

Overview

Category Development and Project, Expression of Interests, Tender Notice, Bid
Position Type Contract
Experience Please check details
Education Please check details
Posted Date 11 Feb, 2024
Apply Before 18 Feb, 2024
City Jajarkot