शिप मुलक तालिमको लागी प्रशिक्षको आशयपत्र पुनःआह्वान सम्बन्धमा

Prerana

Details / requirements:

शिप मुलक तालिमको लागी प्रशिक्षको आशयपत्र पुनःआह्वान सम्बन्धमा

प्रेरणाले भिएसओ नेपालसँगको साझेदारीमा किशोरी सशक्तिकरणको लागी शिक्षा कार्यक्रम (ENGAGE) संचालन गर्दै आईरहेको छ । यो परियोजना अगस्ट २०१८ देखि बिद्यालय बाहिर रहेको १० देखी १९ बर्ष सम्मको अपाङ्गता भएका र सिमान्तकृत किशोरीहरुलाई ९ महिनाको अनौपचारिक शिक्षा (बृज कक्षा) मा सहभागी गराई १० वर्ष देखी १४ बर्ष सम्मको किशोरीहरुलाई औपचारिक शिक्षामा सहभागी गराउने र १५ बर्ष देखी १९ बर्ष सम्मको किशोरीहरुलाई जिवन उपयोगी शिप प्रदान गरी जिविकोपार्जनमा सुधार ल्याउने  उद्धेश्य रहेको छ । बृज कक्षाको शिक्षा सम्पन्न पश्चात १५ देखी १९ बर्ष उमेर समुहका २७५ किशोरीहरुलाई शिप सिकाउने कार्यक्रम रहेको छ । यसरी जिवन उपयोगी शिप मुलक तालिम मध्ये सिलाई कटाई, ब्युटीपार्लर, जरी कढाई, चुरी लहठी बनाउने र फास्ट फुड बनाउने तालिम सर्लाही जिल्लाको कौडेना गाउँपालिका र मलंगवा नगरपालिकामा संचालन गर्ने योजना छ । 

उपरोक्त तालिमको लागि प्रेरणालाई प्रशिक्षक आवश्यक रहेको हुनाले इच्छुक, योग्य तथा अनुभवी ब्यक्ति तथा फर्मलाई तल उल्लेखित कागजात सहित प्रेरणाको कार्यालयमा वा ईमेल मार्फत कार्यालय समय भित्र निवेदन दिन अनुरोध छ ।

तालिमको बिबरण

क्र.सं.तालिमको नामसहभागि किशोरी संख्याजम्मा तालिम संख्यातालिम संचालन अबधिकैफियत
सिलाई कटाइ६६कम्तीमा ३९० घण्टा वा ३ महिनामेसिन बाहेक तलिम सञ्चालनमा आबस्यक कच्चा पदार्थहरु तथा सामग्रीहरु संस्थाले प्रदान गर्ने छ ।
ब्युटीपार्लर१६कम्तीमा ३९० घण्टा वा ३ महिना
मेसिन बाहेक तलिम सञ्चालनमा आबस्यक कच्चा पदार्थहरु तथा सामग्रीहरु संस्थाले प्रदान गर्ने छ ।
सारीमा कढाई भर्ने२८३९० घण्टा वा ३ महिना
मेसिन बाहेक तलिम सञ्चालनमा आबस्यक कच्चा पदार्थहरु तथा सामग्रीहरु संस्थाले प्रदान गर्ने छ ।
चुरा लहठी बनाउने२०१५ दिनमेसिन बाहेक तलिम सञ्चालनमा आबस्यक कच्चा पदार्थहरु तथा सामग्रीहरु संस्थाले प्रदान गर्ने छ ।
फास्टफुड बनाउने तालीम( चाउमिन, म.म., पानी पुरी, चटपटी)२३१५ दिनमेसिन बाहेक तलिम सञ्चालनमा आबस्यक कच्चा पदार्थहरु तथा सामग्रीहरु संस्थाले प्रदान गर्ने छ ।


तालिम प्रशिक्षकको मुख्य जिम्मेबारीहरु:
  • सिटिईभिटी (CTEVT) द्धारा डिजाईन गरिए अनुसारको आधारभूत सिलाई कटाई, ब्युटीपार्लर तथा चुरीलहठी बनाउने , फास्टफुड र  सारीमा कढाई गर्ने तालिमको बिषय बस्तु तयार गर्ने र सोही आधारमा तालिम संचालन गर्नेे ।
  • तालिमको लागी आवश्यक मेसिन लगायतका सामग्रीहरुको ब्यवस्थापन गर्ने । (तालिमको लागी आबस्यक अन्य सामाग्रीहरु संस्थाले प्रदान गर्नेछ ।)

पेश गर्नु पर्ने आवश्यक कागजातहरु 

  • व्यक्तिगत बिबरण (बायोडाटा)
  • छोटो अवधारणा पत्र जसमा तालिम संचालन बिधी, कार्य योजना र गुणस्तरियता बारे उल्लेख भएको ।
  • सहजीकरण शुल्क तथा बित्तिय प्रस्ताव ।
  • संस्था दर्ता प्रमाण पत्र (यदि ब्यक्तिगत भए आवश्यक नपर्ने )
  • कर दर्ताको प्रमाण पत्र (व्यक्तिगत भए व्यक्तिगत पान नम्वर) नविकरण सहित । 
  • सम्बन्धीत विषयमा तालिम प्राप्त गरेको तथा अनुभव खुल्ने प्रमाण पत्रहरु ।

योग्यता

  • सम्बन्धीत बिषयमा सिटिईभिटी द्धारा लेबल २ स्तर पास गरी कम्तिमा १ बर्षको कार्य अनुभव भएको । यदि सिटिईभिटी द्धारा लेबल १ स्तर मात्र पास गरेको हकमा प्रशिक्षकको २ बर्षको कार्य अनुभव भएको  हुनु पर्ने ।
  • घरेलु तथा साना उद्योग विकास कार्यालय तथा अन्य निकायबाट ३ महिने तालिम लिएको प्रशिक्षकको हकमा, कम्तिमा २ बर्ष सम्म लगातार सम्बन्धित ब्यबसाय सञ्चालन गर्दै आईरहेको र संबन्धित तालिम प्रशिक्षकको रुपमा कम्तिमा २ बर्ष तालिम सञ्चालन गर्दै आई रहेको हुनु पर्ने । 
  • गाउँमा गएर तालिम संचालन गर्न सक्ने ।
  • स्थानिय मैथली तथा बजिका भाषामा तालिम संचालन गर्न सक्ने ।
  • सिलाई तालिमको हकमा तालिमको लागी आवश्यक सिलाई मेसिन उपलब्ध गराउन सक्ने फर्म वा ब्यक्तिलाई बिशेष ग्राहयता दिईने छ । साथै माथि उल्लेखित सम्पुर्ण विषयमा स्थानिय ब्यक्ति तथा फर्मलाई बिशेष ग्राहयता दिईने छ । 

निवेदन दिने विधि

माथी उल्लेखित भुमिकामा काम गर्न चाहने, आवश्यक योग्यता भएका आवेदकहरुले  ईमेल मार्फत prerana.pc.engage@gmail.com मा वा आवश्यक कागजात सहित तोकिढाचाँ अनुसार यो सुुचना प्रकाशित भएको मितिले ७ दिन (२०७८/०३/०४) भित्र सोझै प्रेरणाको कार्यालय मलंगवा सर्लाहीमा कार्यालय समय भित्र आफूले दिन चाहने तालिमको नाम उल्लेख गरि आवेदन दिन अनुरोध छ । यस बारेमा थप जानकारी चाहिएमा ९८२१२९१९३०/९८४२०२५५३६ मा सम्पर्क गर्न अनुरोध छ ।

नोट: पहिले निबेदन दिनेहरुले पुनः निवेदन दिनु नपर्ने ।

Overview

Category Development and Project
Openings 1
Position Type Contract
Experience Please check details below.
Education Please check details below.
Posted Date 10 Jun, 2021
Apply Before 17 Jun, 2021
City Lalitpur