कर्मचारी आवश्यकता सम्बन्धी सूचना
Details / requirements:
कर्मचारी आवश्यकता सम्बन्धी सूचना
(प्रथम पटक प्रकाशित)
प्रस्तुत विषयमा रुकुमेली समाज विकास केन्द्र (RSDC) रुकुम पश्चिमको मिति २०८३ आश्विन ९ गते बसेको पदपुर्ति समितिको बैठकको निर्णय अनुसार हेल्भेटास नेपाल र रुकुमेली समाज विकास केन्द्र (RSDC) रुकुम पश्चिमको साझेदारीमा रुकुम पश्चिम (आठबिसकोट न.पा.) र जाजरकोट (छेडागाड न.पा., शिवालय गा.पा., भेरी न.पा. र बरेकोट गा.पा.) जिल्लामा संचालित एकीकृत जलस्रोत व्यवस्थापन (IWRM) कार्यक्रमको लागि तपशिलमा उल्लेखित कर्मचारीहरु आवश्यक परेकाले योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरुबाट आवेदन आव्हान गरिन्छ ।
१ ) पदः सुचारुपना तथा मर्मत निरीक्षक ( Functionality and Maintenance Supervisor )
विज्ञापन नं: ०१/२०८३/०८४
कार्यक्रमः एकीकृत जलश्रोत व्यवस्थापन (IWRM) कार्यक्रम
आवश्यक संख्याः १ जना
कार्यस्थलः शिवालय गाउँपालिका र छेडागाड नगरपालिका मध्ये कुनै एक पालिका कार्यालय वा तोकिए वमोजिम
सुपरिवेक्षकः कार्यक्रम संयोजक
२) पदः सामाजिक सहजकर्ता ( Community Facilitator )
विज्ञापन नं: ०२/२०८३/०८४
कार्यक्रमः एकीकृत जलश्रोत व्यवस्थापन (IWRM) कार्यक्रम
आवश्यक संख्याः २ जना
कार्यस्थलः जाजरकोट- बारेकोट गाउपालिका र भेरी नगरपालिका वा कार्यक्रम लागु भएका अन्य पालिका
सुपरिवेक्षकः क्षमता विकास संयोजक
दरखास्तमा समावेश गर्नुपर्ने कागजातहरुः
आवेदकको विस्तृत वायोडाटा (CV) र निवेदन (cover letter) अन्य शैक्षिक प्रमाण पत्र (Educational Qualification Certificates) का प्रतिलिपिहरु
छनौटको किसिम: लिखित र अन्तरवार्ता (दुवै)
माथि उल्लेखित कागजात सहित संस्थाको केन्द्रीय कार्यालय (मुसिकोट नगरपालिका १, खलङ्गा रुकुम पश्चिम) / क्लस्टर कार्यालय (भेरी नगरपालिका ३, खलङ्गा जाजरकोट) वा ईमेल rsdc.recruitment@gmail.com मार्फत दरखास्त दिन सकिनेछ । म्याद नाघी आएका, तोकिएको शैक्षिक योग्यता नपुगेका, अनुभव नपुगेका, तोकिएका मापदण्ड पुरा नभएका वा रित पुरा नगरेका निवेदनहरु स्वीकृति गर्न संस्था वाध्य हुनेछैन ।
संस्थाले पूर्ण वा आशिंक कुनै पनि आवेदन विना शर्त स्वीकृत गर्ने वा नगर्ने अधिकार आफूमा निहित गर्दछ ।
सम्बन्धित जिल्ला र पालिकाका स्थानीय, समाजमा पछाडि पारिएका महिला, दलित, जनजाति, अपाङ्गता भएका व्यक्ति, सीमान्तकृत वर्गलाई दरखास्त पेश गर्नका लागि विशेष प्रोत्साहित गरिन्छ
दरखास्त दिने अन्तिम मिति: २०८३/०६/१९ बेलुका ५:०० बजे सम्म ।
Click on the link below for detailed information:
RSDC कर्मचारी आवश्यकता सम्बन्धी सूचना - IWRM Program - 25 Sep.pdf
Overview
| Category | Education, Development Project, NGO/INGO/Social work |
| Openings | 2 |
| Position Type | Contract |
| Experience | Please check vacancy details. |
| Education | Please check vacancy details |
| Posted Date | 25 Sep, 2026 |
| Apply Before | 05 Oct, 2026 |
| City | Rukum West |