शिलबन्दी बोलपत्र आह्वानको सुचना

Lumbini Integrated Development Organization

Details / requirements:



लुम्बिनी एकिकृत बिकास संस्था (LIDO-Nepal)

तौलिहवा, कपिलबस्तु

“न्यून आय भएका र संकटासन्न समुदायहरुको उत्थानशिलता अभिवृद्धि” परियोजना

शिलबन्दी बोलपत्र आह्वानको सुचना

प्रथम पटक सुचना प्रकाशन मिति २०८०।०६।०१ गते 

लुम्बिनी एकिकृत बिकास संस्था (LIDO-Nepal) ले ईस्लामिक रिलिफ नेपालको साझेदारीमा सञ्चालित “न्यून आय भएका र संकटासन्न समुदायहरुको उत्थानशीलता अभिवृद्धि” परियोजना अन्तर्गत यस कपिलवस्तु जिल्लाको मायादेवी गाँउपालिकाको वार्ड नं. २, ४, ५, ७ र ८ र शुद्दोधन गाउँपालिकाको वार्ड नं. १, २, र ६ मा विपन्न तथता अति गरीब कृषकहरुलाई सहयोगका लागि बाख्राहरु खरीद गर्न गईरहेकोले यो शिलबन्दी बोलपत्र पेश गर्ने यो प्रस्ताव आह्वान गरिएको छ । तसर्थ, इजाजत प्राप्त कम्पनी वा इच्छुक फर्महरुलाई उक्त शिलबन्दी दरभाउ पत्र सहित प्रस्तावना तपसिलको शर्तहरु पालना गरी रीतपूर्वक भरी पेश गर्नको लागि यो बोलपत्र आह्वान गरिन्छ ।

शिलबन्दी बोलपत्र प्रस्तावना पेश गर्ने बिधी

बोलपत्र सम्बन्धी प्राविधिक र आर्थिक प्रस्तावनाहरु तल उल्लेखित इमेल वा स्वयं उपस्थित भई आधिकारिक पत्र मार्फत माग गर्नु पर्नेछ । संस्थाद्वारा प्रमाणित आार्थिक तथा प्राबिधीक प्रस्तावना छुट्टाछुट्टै रितपूर्वक भरी प्रत्येक पानामा सही छाप र सम्बन्धीत कम्पनी वा फर्ममा आधिकारिक छाप सहित आर्थिक र प्राविधिक प्रस्तावनालाई छुट्टा छुट्टै लाहाछापले खाममा शिलबन्दी गरी लुम्बिनी एकिकृत बिकास संस्था (LIDO-Nepal)  तौलिहवा कपिलबस्तुको केन्द्रीय कार्यालयमा  मिति २०८०/०६/१० गते बेलुकी ५ बजे कार्यालय समय भित्र भौतिक रुपमा उपस्थित भई बुझाउनु पर्नेछ । 

प्राविधिक प्रस्तावना र आर्थिक प्रस्तावना मिति २०८०/०६/११ गते दिनको १२ वजे खोलिने छ । बोलपत्र पेश गर्ने अन्तिम दिन सार्वजनिक बिदा पर्न गएको खण्डमा त्यसको भोलीपल्ट कार्यालय समय भित्र पेश गरी सक्नु पर्नेछ । उल्लेखित प्रस्तावनाहरु जानकारीको लागि मात्र अनलाईनमा राखिएको छ ।

Financial Proposal

Technical Proposal

नोटः

१. फर्म वा कम्पनीले सम्पूर्ण बैधानिक कागजातहरु हाल सम्म नवीकरण रहेको पुष्टि हुने सम्पूर्ण कागजातहरु प्रस्तावना सँगै पेश गर्नु पर्नेछ । यदि कुनै पनि प्रकारका कागजातहरु दुबै प्रस्तावनासँग पेश नभएको खण्डमा स्वतः अयोग्य हुनेछन् ।

लुम्बिनी एकिकृत बिकास संस्था (LIDO-Nepal)

कपिलबस्तु नगरपालिका वडा नं. २ तौलिहवा

ईमेल: lido.vacancy@gmail.com, finance.lidokapilvastu@gmail.com,

सम्पर्क नं.:  ०७६–५६११४५

Overview

Category Development and Project, Expression of Interests, Tender Notice, Bid, Development / NGO
Openings 1
Position Type Contract
Experience Please check details
Education Please check details
Posted Date 18 Sep, 2023
Apply Before 27 Sep, 2023
City Kapilvastu