सिलाई तालिम प्रशिक्षकको आवश्यकता
Detailed Job description / requirements:
सिलाई तालिम प्रशिक्षकको आवश्यकता
(प्रकाशन मिति: 26/05/2023)
छिमेकी संस्था नेपाल, तालिम प्राप्त छिमेकी महिला स्वंयसेविकाहरु संगठित भई सन २००४ मा स्थापना भएको गैर सरकारी संस्था हो । यसले स्थापनाकाल देखि नै काठमाण्डौ महानगरपालिका अंतर्गतका केहि वडाहरुमा महिला तथा बालबालिकाहरुको स्वास्थ्य र पोषणको स्थितिमा सुधार ल्याउने साथै सीप विकास तालिम मार्फत आय आर्जन सम्बन्धी गतिविधिहरुमा सहभागी गराई आत्मर्निभर बनाउन समेत टेवा पुर्याउदै आएको छ ।
यसै सन्दर्भमा सीप विकास तालिम अन्तर्गत सिलाई तालिम संचालन गर्न इमान्दार, उत्प्रेरित र अनुभवि तालिम प्राप्त प्रशिक्षकको आवश्यक परेको हुदा सो पदको लागि तल उल्लेखित आवश्यक योग्यता र दक्षता भएका उम्मेद्धारहरुलाई आवेदनको लागि आवहान गरिन्छ ।
पद: सिलाई प्रशिक्षक
संख्या: १
कार्यक्षेत्र: का.म.न.पा, वडा नं १४
अवधि: ९ महिना
प्रमुख जिम्मेवारीहरु:
- सहभागिहरुको सिलाइ संग सम्बन्धित ज्ञानमा अभिवृद्धि गर्न उनीहरुलाई आधारभूत र एड्भान्स तहको सिलाई तालिम संचालन गर्नु पर्ने छ ।
- तालिम अवधिभर प्रत्येक दिन सिलाई सम्बन्धी सैद्धान्तीक तथा प्रयोगात्मक ज्ञान र सीप सिकाउनु पर्ने छ ।
योग्यता र सीपहरु:
- मान्यता प्राप्त संस्थाबाट सिलाई सम्बन्धी ToT प्रमाण पत्र भएको ।
- मान्यता प्राप्त संस्थाबाट सिलाई सम्बन्धी तेस्रो तह (3rd Level ) को प्रमाण पत्र प्राप्त भएको र सिलाईको क्षेत्रमा प्रशिक्षकको रुपमा कम्तिमा तिन वर्ष कार्य अनुभव भएको ।
- मान्यता प्राप्त संस्थाबाट मुल्याङ्कनकर्ता को प्रमाण पत्र प्राप्त भएको
माथि उल्लेखित पदको लागी इच्छुक र योग्य उम्मेद्धारहरुले कभर लेटर, अपडेटेड CV सहित २ जुन, २०२३, बेलुकी १७ः०० बजेसम्म chhimekijobs@gmail.com अथवा छिमेकी संंस्था नेपालको कार्यालयमा आवेदन पेश गर्न हुनको लागी अनुरोध गरिन्छ ।
Job Overview
Category | Development and Project |
Openings | 1 |
Position Type | Full Time |
Experience | Please check vacancy details. |
Education | Please check vacancy details |
Posted Date | 26 May, 2023 |
Apply Before | 02 Jun, 2023 |
City | Kathmandu |