ब्युटी पार्लर तालिम संचालनको लागी सिलबन्दी दरभाउपत्र बन्द कोटेशन आह्वान सम्बन्धी सूचना

Chhimeki Sanstha Nepal (CSN)

Details / requirements:

छिमेकी संस्था नेपाल

ब्युटी पार्लर तालिम संचालनको लागी सिलबन्दी दरभाउपत्र बन्द कोटेशन आह्वान सम्बन्धी सूचना

(प्रकाशन मिति : २०८३/०६/०७)

छिमेकी संस्था नेपालले मिति २०८३/०७/१५ देखि २०८४/०२/१५ सम्म ७ महिना अवधिको ब्युटी पार्लर तालिम संचालन गर्न गईरहेको छ । जसमा २० जना महिलाहरूलाई प्रत्येक हप्ता ६ दिन (दिनको ३ घण्टा) को दरले तालिम संञ्चालन गर्नु पर्ने भएकोले सो अनुसार तालिम संचालन गर्न सक्ने इच्छुक आधिकारिक व्यवसायिक फर्म, कम्पनी तथा तालिम सेन्टरहरूले सुचना प्रकाशित भएको मिति देखि २०८३ असोज १८ गते भित्र तपशिल बमोजिमका शर्तहरू पुरा गर्ने गरी शिलबन्दी दरभाउपत्र बन्द कोटेशन सहित प्राविधिक तथा वित्तिय प्रस्तावना आह्वानका लागी यो सुचना प्रकाशित गरिएको छ ।

शिलबन्दी दरभाउपत्र बन्द कोटेशन सम्बन्धी शर्तहरू : 

१. यस व्युटी पार्लर तालिममा २० जना महिला सहभागिहरू रहने छन् । तालिम ७ महिना अवधिको प्रत्येक हप्ता ६ दिन प्रत्येक दिन ३ घण्टाको दरले मिति २०८३/०७/१५ देखि तालिम सुरु गर्नु पर्ने छ । 

२. तालिम प्रशिक्षार्थीहरूको सहजताको लागि तालिम संचालन गर्ने स्थान का.म.पा, कालिमाटी र न्युरोड क्षेत्र आसपासमा हुनु पर्ने छ ।

३  तालिम प्रदायक संस्थाले यस तालिममा बेसिक लेवल, एड्भान्स लेवल तथा नेल एक्सटेन्सन कोर्ष समावेश गर्नुपर्नेछ ।

४. सिलबन्दी  दरभाउ कोटेशन पेश गर्ने फर्म वा सेन्टरले प्राविधिक प्रस्तावनामा आफ्नो प्रोफाइल तथा ब्युटि पार्लरको बेसिक, एड्भान्स तथा नेल एक्सटेन्सन कोर्ष सहितको ७ महिना सम्मको समय तालिका, सिकाइने बिषय वस्तु, प्रयोग गरिने सामाग्रीहरुको विस्तृत विवरण साथै अन्य आवश्यक सिकाई विधिहरू समेत खुलाउनु पर्नेछ ।

५. प्रस्तावकले प्रस्तावना पठाउँदा मिति सहितको कभर लेटर तथा प्राविधिक (Technical) र वित्तिय (Financial) प्रस्तावना पठाउनु पर्नेछ । उक्त प्रस्तावनामा दर भाउ प्रष्ट बुझिने गरी प्रत्येक पानामा आधिकारीक व्यक्तिको हस्ताक्षर साथै फर्महरूको अनिवार्य छाप लगाउनु पर्नेछ । 

६. माथि उल्लेख भए बमोजिम तालिम संचालन गर्न जम्मा रकम प्रस्ताव गनुपर्ने छ । जसमा खर्चहरूको विस्तृत विवरण जस्तैः कोठा भाडा, प्रशिक्षकको खर्च, तालिममा प्रयोग हुने सामाग्रीहरूको खर्च, ईत्यादि समावेश गरी वित्तिय प्रस्तावना पेश गर्नुपर्नेछ ।

७. प्रस्तावना पेश गर्ने सेन्टर वा फर्म घरेलु/बाणिज्य विभाग/कम्पनी रजिष्ट्रार कार्यलयमा दर्ता भएको प्रमाणपत्रको प्रतिलिपि पछिल्लो नविकरण भएको आधार समेत पेश गर्नुपर्नेछ । साथै स्थानिय निकायमा (वडा कार्यालय) दर्ता भएको छ भने दर्ता नविकरण सहित पेश गर्नुपर्ने छ । साथै प्यान/भ्याट दर्ता प्रमाणपत्रको प्रतिलिपी, आ.व. २०८१/०८२ को कर चुक्ता प्रमाणपत्र प्रतिलिपि पेश गनुपर्नेछ । यदि आ.व. २०८२/०८३ को कर चुक्ता प्रमाणपत्र भइसकेको भए उक्त प्रमाणपत्र पेश गर्नुपर्नेछ । 

८. तालिम प्रशिक्षकको हकमा ब्युटि पार्लर तालिम प्रदान गर्न योग्यता प्राप्त प्रमाणपत्र र TOT को प्रमाणपत्रको प्रतिलिपी समेत पेश गर्नु पर्नेछ ।

९. फर्म र कम्पनी वा तालिम प्रदायक सेन्टरहरूले तालिम प्रशिक्षार्थीहरुलाई Theory र Practical कक्षाको लागी छुट्टै तालिम कक्ष र उनिहरूको लागी पर्याप्त मात्रामा तालिम सामाग्रीहरु उपलब्ध गराउनु पर्नेछ । 

१०. यस सूचनामा उल्लेख गरिएका शर्त तथा बन्देजहरू यसै सूचना बमोजिम र अन्य आवश्यक कुराहरुको हकमा छिमेकी संस्था नेपालको आर्थिक प्रशासनिक विनियमावली बमोजिम हुनेछ ।

११. प्राप्त भएका प्राविधिक तथा वित्तिय प्रस्तावनाको मुल्यांकन पश्चात प्रस्तावना पेश गर्ने फर्म र कम्पनीहरूमा यस संस्थाबाट फिल्ड भिजिट गरिने छ र मूल्यांकन पश्चात मात्र उचित एकलाई छनौट गरीने छ ।

१२. कुनै पनि फर्म र कम्पनी छनौट गर्ने वा नगर्ने सम्बन्धी सम्पूर्ण अधिकार छिमेकी संस्था नेपालमा निहित रहनेछ ।

सिलबन्दी दरभाउपत्र बन्द कोटेशन पठाउने अन्तिम मिति र ठेगाना : 

  • मिति २०८३ असोज ७ गते देखी २०८३ असोज १८ गते साझ ५ बजे सम्ममा यस संस्थाको कार्यालयमा वा ईमेल मार्फत पठाउदा chhimekijobs@gmail.com मा Word/PDF फाईलमा पासवर्ड राखी पठाउनु पर्नेछ । 

नोट : माथि उल्लेखित शर्तहरू पालना नभएका कोटेशनहरूलाई मान्यता दिइने छैन । साथै अन्य विस्तृत जानकारीका लागी यस संस्थाको कार्यालयको फोन नं. ०१–५३०७०६३ मा सम्पर्क गर्न सक्नुहुने छ ।

Overview

Category Development Project, Expression of Interests, Tender Notice, Bid
Openings 1
Position Type Contract
Posted Date 23 Sep, 2026
Apply Before 04 Oct, 2026
City Kathmandu