शिलबन्दी दरभाउपत्र आह्वान सम्बन्धी सूचना (Request for Quotation - RFQ)
Details / requirements:
(दोश्रो पटक प्रकाशित)
मिति २०८३ श्रावण ११ गते
शिलबन्दी दरभाउपत्र आह्वान सम्बन्धी सूचना (Request for Quotation - RFQ)
नेपाल मगर समाज सेवा तथा सूचना केन्द्र (MIC Nepal) सामाजिक, आर्थिक तथा सांस्कृतिक रूपमा पछाडि परेका समुदायहरूको सशक्तीकरण, समावेशी विकास तथा स्थानीय विकासका दिगो समाधानका लागि कार्यरत एक गैरनाफामूलक संस्था हो। संस्था वि.सं. २०६० साल कार्तिक १९ गते (५ नोभेम्बर २००३) स्थापना भएको हो ।
हाल MIC Nepal द्वारा सञ्चालित SUSTAIN/ Sambodhan Project अन्तर्गत आवश्यक Laptop and Printer, Field Gear (Clothes Related Materials) र Notebook खरिद गर्नुपर्ने भएकाले इच्छुक, योग्य तथा कानुनी रूपमा दर्ता भएका आपूर्तिकर्ता/फर्म/कम्पनीहरूबाट यस सूचनामा उल्लेखित शर्त, मापदण्ड तथा प्राविधिक स्पेसिफिकेसन अनुसार शिलबन्दी दरभाउपत्र (Sealed Quotation) पेश गर्न आह्वान गरिन्छ ।
१. मुख्य शर्तहरूः
- सूचना प्रकाशित भएको मितिले ७ दिनभित्र दरभाउपत्र पेश गर्नुपर्नेछ ।
- Email: micnepal60@gmail.com मा दरभाउपत्र (Sealed Quotation) पेश गर्न सकिने छ।
- दरभाउपत्र कार्यालय, कुरियर वा Password-Protected ईमेलमार्फत पेश गर्न सकिनेछ ।
- Password दरभाउपत्र खोल्ने समयमा मात्र उपलब्ध गराउनुपर्नेछ ।
- कार्यालयमा स्वयं उपस्थित भई दरभाउपत्र पेश गर्न सकिने छ ।
- दर्ता नवीकरण, PAN/VAT, कर चुक्ता लगायत आवश्यक कागजात संलग्न गर्नुपर्नेछ ।
- आबश्यक सामग्रीहरुको ब्राणड सहितको फोटो पेश गर्न सकिनेछ ।
- अन्तिम दिन कार्यालय बिदा भएको खणडमा भोलिपल्ट कार्यालय समय ५ बजेभित्र पेश गर्नुपर्नेछ ।
- आपूर्तिकर्ताहरूले उल्लेखित उपलब्ध गाउनसक्ने सम्बन्धित सामग्रीहरू Laptop and Printer, Field Gear (Clothes Related Materials) र Notebook छुट्टछुट्टै शिलबन्दी दरभाउ पत्र पेश गर्न सकिनेछ ।
२. मूल्याङ्कन आधारः
- Technical Specification अनुरूपता
- गुणस्तर,मूल्य प्रतिस्पर्धा,आपूर्ति गर्ने क्षमता तथा समय
- आवश्यक परे नमूना (Sample) परीक्षण
३. संस्थाको अधिकारः MIC Nepal ले कुनै पनि वा सम्पूर्ण दरभाउपत्र स्वीकार वा अस्वीकार गर्ने, आंशिक परिमार्जन गर्ने वा खरिद प्रक्रिया रद्द गर्ने सम्पूर्ण अधिकार सुरक्षित राख्दछ। यस सम्बन्धमा कुनै दाबी वा उजुरी मान्य हुने छैन ।
LINKS:
थप जानकारीका लागि:
Email: micnepal60@gmail.com
फोन: ९८५७८२८५८८
खरिद उपसमिति
Overview
| Category | Development Project, Expression of Interests, Tender Notice, Bid |
| Openings | 1 |
| Position Type | Contract |
| Posted Date | 27 Jul, 2026 |
| Apply Before | 02 Aug, 2026 |
| City | Rukum West |