इच्छुक फर्म/परामर्शदाताहरुवाट प्रस्तावनाको लागि सूचना आह्वान

Nepal Magar Society Service and Information Centre (MIC Nepal)

Details / requirements:

इच्छुक फर्म/परामर्शदाताहरुवाट प्रस्तावनाको लागि सूचना आह्वान

पहिलो पटक प्रकाशन मितिः २०८३ कार्तिक १६ (2nd November 2026)

पेश गर्नु पर्ने अन्तीम मितिः २०८३ कार्तिक २२ (8th November 2026)

१. पृष्ठभुमिः

नेपाल मगर समाज सेवा तथा सूचना केन्द्र (मिक  नेपाल) एक गैर नाफामूलक, गैर सरकारी तथा सामाजिक विकास संस्था हो, जसको स्थापना सन् २००३ (वि.सं. २०६० कार्तिक १९ गते) मा गरिएको हो ।  यो संस्था रुकुम, लुम्बिनी प्रदेशस्थित जिल्ला प्रशासन कार्यालयमा दर्ता गरिएको छ र समाज कल्याण परिषद्सँग आवद्ध छ ।  यसको केन्द्रीय कार्यालय रुकुम (पूर्वी भाग) को सिस्ने गाउँपालिका–६, रुकुमकोटमा रहेको छ ।  मिक  नेपालले आफ्नो कार्यक्षेत्र लुम्बिनी तथा कर्णाली प्रदेशभर विस्तार गरेको छ र हाल सामुदायिक रूपान्तरण तथा दिगो विकासमा योगदान पुर्याउने छ वटा परियोजना सञ्चालन गरिरहेको छ ।  यस संस्थाले महिला, बालबालिका, दलित, आदिवासी तथा अन्य सीमान्तकृत समुदाय र समूहहरूको सामाजिक आर्थिक तथा संस्थागत सशक्तिकरणलाई प्रवद्र्धन गर्दै समान, सशक्त र आत्मनिर्भर समाज निर्माण गर्ने लक्ष्य राखेको छ । यसका प्रमुख कार्य क्षेत्रहरूमा शिक्षा, स्वास्थ्य तथा सरसफाइ, दिगो जीविकोपार्जन, जलवायु परिवर्तन, विपद् व्यवस्थापन तथा वातावरण संरक्षण समावेश छन् ।

मिक नेपाल र युनाईटेड मिसन टु नेपाल कर्णाली प्रदेश क्लष्टर, सुर्खेतको साझेदारीमा तथा पुथा उत्तरगङ्गा गाउँपालका, रुकुम (पूर्वी भाग) को समन्वयमा विगत ६ बर्षदेखि दिगो वातावरण तथा आर्थिक विकास (SEED) परियोजना संचालन भईरहेको छ । उक्त परियोजना अन्तरगत पुथा उतरगंगा गाउपालिकामा रहेका डकर्मीहरुलाई ७ दिने भुकम्प प्रतिरोधात्मक भवन निर्माणका लागी  क्षमता विकास तालिम संचालन गर्नुपर्ने भएकाले तपशिल बमोजिम योग्यता पुगेका इच्छुक फर्म तथा परामर्शदाताहरुबाट यो प्रस्तावना आह्वान गरिन्छ । प्रस्तावना ईमेल ठेगानाः procurement@micnepal.org.np मा  तथा भौतिक रुपमा पेश गर्न सकिने पनि जानकारी गराईन्छ । 

 २. तालिमको उदेश्यः

  • ग्रामीण क्षेत्रको भवन निर्माण आचारसंहिता र भुकम्प प्रतिरोधात्मक भवन निर्माण प्रविधिको बारेमा अभिमुखिकरण गराउने ।
  • स्थानीय स्तरमै उपलब्ध स्रोत र साधनको प्रयोगद्धारा निर्माण गरिने परम्परागत शैलीका संरचनाहरुमा भुकम्प प्रतिरोधात्मक प्रविधिको प्रयोगबारे सीप उपलब्ध गराउने ।
  • ग्रामीण क्षेत्रको निर्माणमा रेट्रोफिटिङको बारेमा जानकारी गराउने ।

३. प्रमुख जिम्मेवारी र कार्यहरुको विवरणः 

  • सम्बन्धित फर्म तथा परामर्शदाताहरुले लक्षित गाउपालिकामा काम गर्ने (अर्ध) दक्ष मिस्त्रीहरुको लागी Department of Urban Development and Building Construction (DUDBC) / National Society for Earthquake Technology-Nepal (NSET) द्धारा निर्मित पाठ्यक्रम अनुसार तालिम संचालन गर्न सक्षम हुनुपर्दछ । 
  • तालिमका लागी आवश्यक सामाग्रीहरु मिक नेपाल बाट व्यवस्थापन हुनेछ ।
  • सम्बन्धित व्यक्ति वा फर्मले तालिमका लागी आवश्यक सामाग्रीको विवरण उपलब्ध गराउनु पर्दछ साथै तालिम पुर्व, तालिम पश्चात्  मुल्याङ्कन र तालिम सम्पन्न प्रतिवेदन पेश गर्नुपर्नेछ । 

४. प्रशिक्षको योग्यता तथा अनुभवः

इच्छुक फर्म तथा परामर्शदाताहरु कम्तीमा सिभिल इन्जिनियरिङमा स्नातक तहको शैक्षिक योग्यता हुनुपर्नेछ साथै भुकम्प प्रतिरोधी संरचना निर्माणमा TOR प्राप्त गरेको र उक्त्त तालिमको सहजीकरणमा  कम्तीमा २ वर्षको अनुभव भएको हुनुपर्नेछ । 

५. रकम भुक्तानी प्रक्रिया

तालिम समापन प्रश्चात एकमुष्ट  बैङ्क मार्फट खातामा भुक्तानी गरीने छ । 

६. पेश गर्नु पर्ने आवश्यक कागजात:

 इच्छुक फर्म तथा परामर्शदाताले तपशीलको आधारमा रही तालिम संचालनका लागी प्रस्तावना पेश गर्नु पर्ने छ ।

  • बायोडाटा
  • विस्तृत कार्यतालिका
  • व्यक्ति वा फर्मको अनुभव र विशेषज्ञताका साथै  विस्तृत प्राविधिक प्रस्ताव ।
  • तालिमको सम्पूर्ण खर्च समेटिएको विस्तृत वित्तीय प्रस्ताव ।
  • कानुनी कागजातहरूको प्रतिलिपि जस्तैः PAN/VAT, पछिल्लो कर चुक्ता प्रमाणपत्र र दर्ता कागजातहरू आदि ।

इच्छुक व्यक्ति र फर्महरुले आवश्यक कागजात तथा निवेदन तपशिलको मितिभित्र इमेल तथा कार्यालयमा कार्यालय समयमा प्रस्ताव पेश गर्न अनुरोध छ ।

थप जानकारीको लागिः

तपशिल

इमेलः procurement@micnepal.org.np

कार्यालयः नेपाल मगर समाज सेवा तथा सूचना केन्द्र (मिक नेपाल), रुकुम (पूर्वी भाग) ।

फोन नं.: ९८५७८२८५८८

खरिद उपसमिति

मिक नेपाल, रुकुम (पूर्वी भाग) लुम्बिनी प्रदेश नेपाल ।

Overview

Category Development Project, Expression of Interests, Tender Notice, Bid
Position Type Contract
Posted Date 01 Nov, 2026
Apply Before 07 Nov, 2026
City Lumbini