शिलबन्दी दरभाउ पत्र पेश गर्ने सम्बन्धी सूचना
Details / requirements:
शिलबन्दी दरभाउ पत्र पेश गर्ने सम्बन्धी सूचना
प्रथम पटक प्रकाशित मिति: २०८२।०८।०९ गते
चौथो पटक प्रकाशित मितिः २०८२ फागुन १८ गते
गुड नेवर्स इन्टरनेशनल नेपालको आर्थिक तथा प्रवाधिक सहयोगमा, दिगो उद्यम तथा वातावरण विकास कार्यका लागि सचेतना केन्द्र (सेवक/नेपाल) द्वारा सचालित एकिकृत सामुदायिक विकास परियोजना सन् २०२६ अन्तरगत सहकारी ब्यवसाय सञ्चालनका लागि तपसिल अनुसारको समाग्रीहरू खरिद गर्नुपर्ने भएकोले TOR मा उल्लेखीत शार्त अनुसार आपुर्ती गर्न इजाजत प्राप्त इच्छुक स्थानिय तथा राष्ट्रिय कम्पनि/फर्मर/आपुर्तिकर्ता वा संस्थाहरूबाट रितपूर्वक गोप्य शिलबन्दी दरभाउ पत्र तोकेको ढाँचा तथा फाराम बमोजिम प्रथम पटक प्रकाशित मितिले ७ (सात) दिन भित्र प्राप्त हुने गरी बुझाउन हुन सूचित गरिन्छ ।
तपसिल:
| क्र.स. | विवरण | एकाई | परिणाम |
| १. | राइस मिल | सेट | १ |
शर्तहरू:
१) दरभाउ पत्र पेश गर्नेले अनिवार्य रूपमा शिलबन्दी दरभाउ पत्र पेश गरेको निवेदनका साथ आधिकारिक सम्पर्क नम्बर पेश गर्नु पर्नेछ ।
२) दरभाउपत्र पेश गर्न चाहेको फर्मले फर्म दर्ता, नविकरण, कर चुक्ता प्रमाणपत्र र स्थाई लेखा नं. आदिको प्रतिलिपी पेश गर्नु पर्ने छ ।
३) मुल्य सुचिको प्रत्येक पानामा फर्मको छाप तथा जिम्मेवार व्यक्तिको हस्ताक्षर पेश गर्नु पर्नेछ ।
४) कालो सुचिमा नपरेको स्वघोषणा पत्र पेश गर्नु पर्नेछ ।
५) दरभाउपत्र पेश गर्दा नाम, परिमाण, गुणस्तर, उत्पादन कम्पनी, ग्यारेन्टी, वारेन्टी आदी स्पष्ट रुपमा उल्लेख गर्नु पर्नेछ ।
६) पेश गरीएको दरभाउ ३१ मार्च २०२६ सम्म लागु हुने भएकाले छुट हुन सक्ने भए सो खुलाउनु पर्नेछ ।
७) दरभाउ पेश गर्दा भ्याट सहितको मुल्य पेश गर्नुपर्ने छ ।
८) उपरोक्त बमोजिमको सिलबन्दि दरभाउ पत्र यो सूचना प्रकाशित भएको मितिले ७ दिन अर्थात २४ फागुन २०८२ तदनुसार ०८ मार्च २०२६ सांझ ५:०० बजे भित्र TOR मा उल्लेखित तपसिलको कार्यालयहरूमा वा गुड नेवर्स इन्टरनेशनल नेपाल, लगनखेल १३ ललितपुरमा पेश गर्न सकिनेछ । दरभाउपत्रको आवेदन फाराम TOR ईमेल eoi.seewac@gmail.com बाट प्राप्त गर्न सकिनेछ ।
नोट:
१. दरभाउ पेश गर्दा सामग्रीको नमुना (Sample or CatLog) पनि अनिवार्य रूपमा पेश गर्नुपर्नेछ ।
२. सेवा प्रदायक कम्पनी , फर्म वा आपुर्तिकर्ता छनौट गर्ने वा नगर्ने सम्पुर्ण अधिकार संस्थामा निहित रहनेछ ।
३. थप जानकारीका लागी सम्पर्क नं. ९८६८४६२०७७/९८४८६४१४३८/९८६०१२७४९२
खरिद समिति
सेवक नेपाल कैलाली
Overview
| Category | Development Project, Expression of Interests, Tender Notice, Bid |
| Openings | 1 |
| Position Type | Contract |
| Posted Date | 02 Mar, 2026 |
| Apply Before | 08 Mar, 2026 |
| City | Dhangadhi, Kailali |