सिलबन्दी दरभाउपत्र आह्वानको सूचना
Details / requirements:
जनचेतना अभियान नेपाल
हनुमाननगर, सप्तरी
सिलबन्दी दरभाउपत्र आह्वानको सूचना
प्रकाशित मितिः २०८२/११/१८ गते
विषयः गुणस्तरीय मातृ तथा नवजात शिशु स्वास्थ्य सेवा प्रवाह गर्न आवश्यक उपकरणहरू खरिदका लागि आपूर्तिकर्ता/फर्म/व्यापारीहरूबाट सिलबन्दी दरभाउपत्र (Sealed Quotation) आह्वान सम्बन्धमा ।
यस जनचेतना अभियान नेपाललाई कार्यक्षेत्र अन्तर्गतका स्वास्थ्य चौकी र अस्पतालहरूमा गुणस्तरीय मातृ तथा नवजात शिशु स्वास्थ्य सेवा प्रवाह गर्न आवश्यक उपकरणहरू खरिद गर्नका लागि देहाय बमोजिमका उपकरण तथा सामग्रीहरूको गुणस्तरीय आपूर्ति गर्नुपर्ने भएकोले, इजाजत प्राप्त इच्छुक आपूर्तिकर्ता/फर्म/व्यापारीहरूबाट सिलबन्दी दरभाउपत्र (Sealed Quotation) आह्वान गरिन्छ । इच्छुक फर्म/सप्लायर्सहरूले तल उल्लेखित सर्तमा रहि तपसिल अनुसारको मिति भित्र सामग्री तथा उपकरणहरूको Brand, Model, Guarentee/Warranty period र Catalogue सहित आफ्नो दरभाउ पत्र कार्यालयमा पेश गर्नका लागि यो सूचना प्रकाशित गरिएको छ । (पुनश्च: दरभाउ पत्रको विस्तृत विवरण यसैसाथ Excel file मा रहेको छ)
दरभाउ पत्रसाथ पेश गर्नुपर्ने कागजातहरू:
- PAN/VAT दर्ताको प्रतिलिपि
- फर्म/कम्पनी दर्ताको प्रतिलिपि
- आ.ब. ०८१/०८२ को कर चुक्ताको प्रतिलिपि
- यदि छ भने कार्य अनुभवको प्रतिलिपि
- Authorization Certificate
- Client list
नोटः दरभाउपत्रमा प्रत्येक वस्तुको प्रति एकाई दर (Per Unit Rate inclusive or exclusive of VAT) स्पष्ट उल्लेख गर्नुपर्ने छ ।
- मुख्य सर्त तथा बुँदाहरू विवरण जानकारी दरभाउपत्र बुझाउने अन्तिम मिति र समय सूचना प्रकाशित भएको मितिले १० (दश) दिन भित्र अर्थात् २०८२/११/२७ गते दिनको ४:०० बजेसम्म ।
- दरभाउपत्र खोल्ने मिति र समय: २०८२/११/२८ गते कार्यालय समयभित्र ।
- दरभाउपत्र मूल्याङ्कन गर्ने मिति: २०८२/११/२८ गते
- दरभाउपत्र पेश गर्ने स्थान: जनचेतना अभियान नेपालको कार्यालय, हनुमाननगर, सप्तरी
- दरभाउपत्र सिलबन्दी हुनुपर्नेछ र बाहिरपट्टि “स्टाम्प तथा फमको नाम “ स्पष्ट लेखिएको हुनुपर्ने छ ।
- संस्थाले प्राप्त दरभाउपत्रहरू मध्ये सबैभन्दा गुणस्तरिय सामाग्री र न्यूनतम दरलाई प्राथमिकतामा राख्नेछ ।
- कुनै पनि दरभाउपत्र आंशिक वा पूर्ण रूपमा स्वीकृत वा अस्वीकृत गर्ने सम्पूर्ण अधिकार यस खरिद समितिमा निहित रहनेछ ।
थप जानकारीको लागि सम्पर्कः
सोनी कुमारी साह
०३१५९००४८, ९८११७१९७२२
LINKS:
Overview
| Category | Development Project, Expression of Interests, Tender Notice, Bid |
| Openings | 1 |
| Position Type | Contract |
| Posted Date | 02 Mar, 2026 |
| Apply Before | 11 Mar, 2026 |
| City | Saptari |