शिलबन्दी दरभाउ पत्र आव्हान सम्वन्धी सूचना
Details / requirements:
पीसविन नेपाल
शिलबन्दी दरभाउ पत्र आव्हान सम्वन्धी सूचना
मितिः २०८२/०८/२५ (११ डिसेम्बर २०२५)
पीसविन नेपाल महिला नेतृत्वमा आधारित गैर सरकारी र गैर नाफामुलक संस्था हो । वि.सं. २०४७ मा स्थापना भई वि.संं. २०४९ पुस ५ मा बाजुरा जिल्ला प्रशासन कार्यालयमा दर्ता भएको हो । सक्षम व्यक्ति सुखी परिवार र समृद्ध समाज भन्ने दृष्टिकोणका साथ संस्था मुख्यतः महिलाहरु र बालबालिका सामाजिक, आर्थिक र साँस्कृतिक अधिकारको प्रवद्र्धनमा काम गर्दै आईरहेको छ । यस संस्थाले छाउपडी, बालबिबाह, कुपोषण, लैँगिक हिँसा र विभेद जस्ता समस्याहरु न्यनिकरणका लागि समन्वित प्रयास गर्दै आएको छ । BMZ र WHH को आर्थिक सहयोग तथा पीसविन नेपाल, वाक नेपाल र समविकास नेपालले डिसेम्बर २०२४ देखि पोषण सुरक्षा सुधारका लागि जलवायु उत्थानशिल कृषि प्रणालीमा महिलाको सहभागिता परियोजना (WE-CAN Project-NPL-1093) साँफेबगर नगरपालिका र चौरपाटी गाउँपालिकामा कार्यान्वयन गर्दै आईरहेको अवगत नै छ । यो परियोजनाले जलवायु उत्थानशिल र पोषणमुखी कृषिलाई सुदृढ गरी समुदायको जीविकोपार्जन सुधार र पोषण सुरक्षामा सुधार गर्ने मुख्य उद्देश्य राखेको छ ।
पीसविन नेपालले योग्य आपुर्तिकर्ताहरुबाट शिलबन्दी कोटेशन आह्वान गर्दछ जस अन्तर्गत परियोजना कार्य क्षेत्रका उद्यमशिलता तथा आरन व्यवसाय स्थापनाका लागि आवशयक उपकरण र सामाग्रीहरुको उपलब्धता सुनिश्चित गर्नु हो साथै गुणस्तरीय , टिकाउ, र प्राविधिक रुपमा उपयुक्त उपकरणहरु हुनु पर्नेछ । स्थानीय उद्यमी तथा व्यवसायीलाई आवश्यक औजार उपलब्ध गराई उनीहरुको सीप, उत्पादकत्व र आय आर्जन वृद्धि गर्न सहयोग गर्ने तथा स्थानीय स्तरमा उद्यमशिलता विस्तारका लागि आधारभुत साधन स्रोतको पहँुच बनाउने लक्ष्य राखिएको छ । सबै कोटेशनहरु २०८२।०९।०२ गते तदअनुसार २०२५ डिसेम्बर १७ भन्दा अघि संस्थाले तोकिएको ठेगानामा पठाउनु पर्नेछ । साथै सामाग्री सहितका कोटेशन फाराम र अन्य आवश्यक कागजातहरु पीसविन नेपालको केन्द्रीय कार्यालय मार्तडी बाजुरा वा जिल्ला परियोजना सहयोग कार्यालय साँफेबगर अछाममा पेश गर्न सकिने छ । पीसविन नेपालले प्राप्त सबै कोटेशनहरु स्वीकृत वा अस्वीकृत गर्ने अधिकार सुरक्षित राख्दछ । यदि कोटेशन पेश गर्ने अन्तिम दिन विदा परेमा अर्को दिन पेश गर्न सकिने छ ।
पेश गर्नु पर्ने आवश्यक कागजातहरु
१.फर्म दर्ता प्रमाण–पत्र प्रतिलिपि
२.आपूर्तिकर्ताको पान दर्ता/भ्याट दर्ता प्रतिलिपि
३ फर्म नविकरण र कर चुक्ता प्रमाण–पत्र प्रतिलिपि
४.संचालकको नागरिकताको प्रमाण–पत्र प्रतिलिपि
५. अन्तिम आ.व.को लेखा परिक्षण प्रतिवेदनको प्रतिलिपि
६. अन्य सम्पुर्ण कागजातहरु (यदि छन भने)
नोट : आपुर्तिकर्ताहरुले आवश्यक सामान वा सामाग्रीहरु आफ्नै भाडामा परियोजनाको कार्यक्षेत्रहरु साँफेबगर नगरपालिका वडा नं. २, ३, ९, १०, ११, १२, र १४ तथा चौरपाटी गाउँपालिका वडा नं. ४, ५, ६ र ७ मा पुर्याउनु पर्नेछ । सामाग्रीहरु ढुवानीको क्रममा कुनै पनि क्षति वा नोक्शानी भएमा त्यसको सम्पुर्ण जिम्मेवारी आपुर्तिकर्ताको हुनेछ, पीसविन नेपाल त्यसका लागि जिम्मेवार रहने छैन । कोटेशनमा उल्लेखित सामाग्रीहरुको परिमाण वा संख्यामा थपघट हुन सक्नेछ साथै शिलबन्दी बाहेकको कोटेशन प्राप्त भएमा समावेश गरिने छैन
Final Quatation for Agri-tools and materials Aaran business
थप जानकारीका लागि ०९७–५४१११३ वा ०९७–५९०४८० मा सम्पर्क गर्न सकिनेछ ।
ईमेल : peacewin.calls@gmail.com
Overview
| Category | Development Project, Expression of Interests, Tender Notice, Bid, Development / NGO |
| Openings | 1 |
| Position Type | Contract |
| Posted Date | 11 Dec, 2025 |
| Apply Before | 17 Dec, 2025 |
| City | Bajura |