शिलबन्दी दरभाउ आह्वानको सूचना
Details / requirements:
जन जागरण यूवा क्लब (JJYC) बारा
कलैया उपमहानगरपालिका -१, बारा
शिलबन्दी दरभाउ आह्वानको सूचना
प्रथम पटक प्रकाशित मिति 2082/०5/01
जनजागरण यूवा क्लब (JJYC) बारा वि.स. २०५४ मा विधिवत रुपमा दर्ता भएको गैर सरकारी तथा गैर मुनाफा रहीत संस्था हो । कोरिया इन्टरनेशनल कोअपरेशन एजेन्सी (KOICA) र सेभ द चिल्डेन नेपालको आर्थिक तथा प्राविधिक सहयोग र जन जागरण यूवा क्लब बाराको सहजीकरणमा संचालित INSPIRE- Inclusive Nurturing System to Promote digital Innovation, job Readiness, and quality basic Education परियोजना मधेश प्रदेशको बारा जिल्लाका महागढीमाई न.पा., देवताल गा.पा. र करैयामाई गाउँपालिकामा संचालन गर्दैछ । उक्त परियोजनामा मोटरसाईकल खरिदको लागी शिलबन्दी दरभाउ आह्वान गरिएको छ ।
- ईच्छुक योग्य आपुर्तिकर्ताहरूले ईमेल/फोन मा अनुरोध गरी आवश्यक थप जानकारी लिन सक्नु हुनेछ साथै शिलबन्दी दरभाउ सम्बन्धी फारम अनलाईन लिंक वा संस्थाको कार्यालयबाट प्राप्त गर्न सक्नुहुनेछ ।
- शिलबन्दी दरभाउ पेश गर्दा आपुर्तिकर्ताको आवश्यक कानुनी कागजातहरु संस्था दर्ता प्रमाण पत्र नविकरण सहित (कम्पनी दर्ताको हकमा अध्यावद्यिक सहित), प्यान/भ्याट दर्ता प्रमाण पत्र र आ.ब.२०८०/८१ को कर चुक्ताको प्रमाणपत्रको साथमा सम्बन्धितकार्य अनुभवको प्रमाणपत्र छ भने सो समेत पेश गर्नुपर्ने छ ।
- शिलबन्दी दरभाउ पेश गर्दा अनिवार्य रुपमा खाममा राखी प्रत्येक पानामा सही छाप गरि, कम्तीमा ३ थान लाहाछाप लगाई, शिलबन्दी गरी खाम बाहिर अनिवार्य बोलपत्रदाताको नाम, ठेगाना, सम्पर्क नम्बर लेख्नुपर्नेछ र फर्मको छाप अनिवार्य खाममा लगाएको हुनु पर्नेछ । अन्यथा शिलबन्दी दरभाउ उपर कुनै कारवाही हुने छैन ।
- शिलबन्दी दरभाउ पेश गर्ने अवधि ७ दिनको हुने छ र मिति २०८२/०५/०८ गते दिनको ५ बजे भित्र Hard Copy दर्ता गर्नु पर्नेछ । शिलबन्दी दरभाउ पेश गर्ने अन्तिम दिन सार्वजानिक विदा परेमा त्यसको भोलीपल्ट वा कार्यालय खुलेको दिनमा हुनेछ । रित नपुगेको र म्याद नाघि आएको शिलबन्दी दरभाउ उपर कुनै कारवाही हुने छैन ।
- शिलबन्दी दरभाउ खोल्ने मिति २०८२/०५/०९ गते दिउसो १:०० बजे संस्थाका प्रतिनिधीहरू र दरभाउदाता स्वय्म वा निजको अधिकारीक प्रतिनिधीको अनलाईन साथै भौतिक उपस्थितीमा यस संस्थाको कार्यालयमा शिलबन्दी दरभाउ खोलिनेछ । तोकिएको दिनमा दरभाउदाता वा निजको प्रतिनिधिको अनुपस्थित भएमा पनि शिलबन्दी दरभाउ खोल्न कुनै बाधा पर्ने छैन ।
- शिलबन्दी दरभाउ तयारी तथा पेश गर्न लाग्ने कुनै पनि खर्चहरू यस संस्थाले व्यहोर्ने छैन ।
- शिलबन्दी दरभाउको मुल्याङ्कनको आधारमा पूर्ण रुपमा खारेज वा अस्विकृत गर्ने पुर्ण अधिकार संस्थाको खरिद समितीमा निहीत रहनेछ ।
- ईच्छुक योग्य फार्म तथा आपुर्तिकर्ताहरूले शिलबन्दी दरभाउ यस संस्थाको कार्यालय जन जागरण यूवा क्लब (JJYC) कलैया बारामा हार्डकपि बुझाउनु पर्नेछ ।
- शिलबन्दी दरभाउ सम्बन्धमा केही जानकारी आवश्यक परेमा तल उल्लेखीत फोन नं: वा ईमेल मा सम्पर्क गर्न सक्नुहुनेछ ।
Links:
CC_Motorbike Specification_JJYC
Technical_Proposal_Bike_INSPIRE_JJYC
Financial Proposal_INSPIRE_JJYC
जन जागरण यूवा क्लब (JJYC) बारा
कलैया उपमहानगपालिका – १, मोतीबाग, बारा
सम्पर्क नं.– ९८४५१०२०३२
Overview
Category | Development Project, Expression of Interests, Tender Notice, Bid |
Posted Date | 17 Aug, 2025 |
Apply Before | 24 Aug, 2025 |
City | Bara |