शिलबन्दी प्रस्ताव आह्वानको सूचना

PESWAN (Preservation of Environment and Social Welfare Association of Nepal)

Details / requirements:

शिलबन्दी प्रस्ताव आह्वानको सूचना

प्रथम पटक प्रकाशित मिति: २०८३ असार ७ गते 

वातावरण संरक्षण तथा समाज कल्याण संघ  नेपाल (PESWAN) ले समुदायका लागि जलवायु उत्थानशीलता कार्यक्रम (Climate Resilience Program - CRP) अन्तर्गत Practical Action Nepal को प्राविधिक तथा वित्तीय सहयोग तथा स्थानीय सरकार एवं Office of Hydrology and Meteorology Attariya (OHMA) सँगको समन्वय तथा सहकार्यमा कञ्चनपुर जिल्लास्थित बनरा नदी (East-West Highway Bridge) र दोदा नदी (नन्दगाउँ, लालझाडी) मा Flood Warning Level तथा Danger Level Threshold निर्धारण सम्बन्धी परामर्श सेवा खरिद गर्न इच्छुक तथा योग्य परामर्शदाता संस्था/फर्महरू तथा व्यक्तिहरु बाट प्रथम पटक प्रकाशित गरिएको मितिबाट ५ दिन भित्र ( मिति २०८३ असार ११ गते) कार्यालय समय भित्रमा स्वयम् उपस्थित भई वा procurement.peswan@gmail.com  इमेल मार्फत शिलबन्दी प्रस्ताव आह्वान गर्दछ।

परामर्श सेवाको विवरण

परामर्श सेवाको नाम: Consultancy Services for Determining Flood Warning and Danger Level Thresholds of Banra River and Doda River

आर्थिक तथा प्राविधिक प्रस्तावाना पत्र  छुटा – छुटै खाम मा राखी उपलब्ध  गराउनु  पर्ने छ तर Financial Proposal संस्थाले उपलब्ध गराएको Format मा उपलब्ध गराउनुपर्ने छ, साथै email मा पठाउदा Financial Proposal फोल्डरमा password lock गरेर वा स्वयम् उपस्थित भई बुझाउनु पर्ने छ ।

नोट : आवश्यक TOR, Financial Proposal Format तलको लिंक बाट प्राप्त गर्न सकिनेछ ।

Links:

TOR

Financial Proposal Format

PESWAN ले कुनै पनि वा सम्पूर्ण प्रस्ताव स्वीकृत वा अस्वीकृत गर्ने तथा सूचना संशोधन वा रद्द गर्ने अधिकार सुरक्षित राख्दछ।

थप जानकारीका लागि:

वातावरण संरक्षण तथा समाज कल्याण संघ  नेपाल (PESWAN) 

ठेगाना: भिमदत्त नगरपालिका-१८ कटान, महेन्द्रनगर, कञ्चनपुर

इमेल: procurement.peswan@gmail.com

फोन नं. ९८४१५७३८०२/९७०१५६८३४४

Overview

Category Development Project, Expression of Interests, Tender Notice, Bid
Openings 1
Position Type Contract
Posted Date 21 Jun, 2026
Apply Before 25 Jun, 2026
City Kanchanpur