सूची दर्ता गराउने सम्बन्धी सूचना

Bagmati Welfare Society Nepal(BWSN)

Bagmati Welfare Society Nepal (BWSN), a non-governmental Organization, is implementing Disaster Risk Management and Humanitarian Preparedness and Water Sanitation and Hygiene Promotion HIV and TB related projects funded by numerous donors . We have been working in numerous districts of Terai region

Details / requirements:

बागमती सेवा समाज नेपाल

हरिवन–११, सर्लाही

सूची दर्ता गराउने सम्बन्धी सूचना

प्रथम पटक प्रकाशित मितिः२०८३/०३/०७

यस बागमती सेवा समाज नेपाल (BWSN) कालागि आ.ब. २०८३/०८४ र २०८४/०८५ मा आवश्यक पर्ने देहाय बमोजिमका बस्तु तथा सेवाहरू उपलब्ध गराउन  इच्छुक इजाजत प्राप्त फर्म, कम्पनी, एवं संस्था र दर्तावाला इच्छुक व्यक्तिहरूबाट यस संस्थाको खरिद नियमावली २०६१ र सार्वजनिक खरिद नियमावली, २०६४ को नियम १८ मा भएको व्यवस्था अनुसार प्रत्येक समूहको लागि छुट्टाछुट्टै मौजुदा सूचीमा दर्ताको लागि यो सूचना प्रकाशित भएको मितिले १५ (पन्ध्र) दिनभित्र आवश्यक कागजात संलग्न गरी यस संस्थाको कार्यालय हरिवन–११,सर्लाहीमा दरखास्त दर्ता गराउनुहुन सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।

विस्तृक विवरण:-

Link: https://drive.google.com/file/d/1Bcjt_lwKFW0aj07kNFDfUzDyDLdAFA7J/view?usp=sharing

दरखास्त साथ पेश गर्नुपर्ने कागजपत्रहरू

१. प्रदान गर्न चाहेको सेवा खुल्ने गरि निवेदन । 

२. फर्म तथा कम्पनी दर्ता प्रमाण पत्रको प्रमाणित प्रतिलिपी

३. स्थायी लेखा नं. र मू. अ.क. दर्ता प्रमाण पत्रको प्रमाणित प्रतिलिपी (भ्याट दर्ता  हुनु नपर्ने भएमा सो खुल्ने आधिकारिक कागजात)

४. आ.व. २०८१/८२ को कर चुक्ता प्रमाण पत्रको प्रतिलिपी

५. संस्था नवीकरण गर्नुपर्ने फर्मको हकमा नवीकरण भएको प्रमाणपत्र खुल्ने कागजात

६. आफूले निवेदन गरेको सेवा कार्यसँग सम्बन्धित अनुभव खुल्ने कागजात  (यदि भएमा)

७. सूचिकृत हुनचाहने दर्तावाला व्यक्ति, फर्म, कम्पनी एवम् संस्थाहरुले आफ्नो फोन नं.,मोवाइल नं., इमेल र सम्पर्क व्यक्तिको विवरण सहित ईमेल मार्फत वा हार्डकपी बुझाउन सकिनेछ । 

थप जानकारीको लागिः–

बागमती सेवा समाज नेपाल

हरिवन–११, सर्लाही

सम्पर्क

फोन नं:- ०४६–५३०५०१

इमेल: procurement@bwsn.org.np

Overview

Category Development Project, Expression of Interests, Tender Notice, Bid
Openings 1
Position Type Contract
Posted Date 21 Jun, 2026
Apply Before 04 Jul, 2026
City Sarlahi