बोलपत्र आह्वानको सूचना (पुनः आह्वान)
Details / requirements:
बोलपत्र आह्वानको सूचना (पुनः आह्वान)
प्रथम पटक सूचना प्रकाशित भएको मितिः २०८२/१२/११
पुनः सूचना प्रकाशित भएको मितिः २०८३/०३/०२
बोलपत्र आह्वानको सूचना नं.: PESWAN/ OB-02 /2082/083
प्राक्टिकल एक्शन र वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल, कन्चनपुरको साझेदारीमा सञ्चालित समुदायका लागि जलवायु उत्थानशील कार्यक्रम अन्तर्गत वडास्तरीय विपद् व्यवस्थापन समितिलाई विपद्को पूर्वतयारीका लागि आपत्कालिन उद्धार सामग्री राष्ट्रियस्तरको खुल्ला बोलपत्रका माध्यमबाट खरिद गर्नुपर्ने भएकोले योग्य फर्म वा संस्थालाई दोस्रो पटक बोलपत्र आह्वानको सूचना प्रकाशित गरिएको छ ।
बोलपत्रको विवरण
| क्र. सं. | सामग्रीको नाम | BID जमानत रकम रु. | बोलपत्र सूचनाको अवधि | बोलपत्र दर्ता गर्ने अन्तिम मिति र समय | बोलपत्र खोल्ने मिति र समय |
| १. | आपत्कालिन उद्धार सामग्री | कबोल मुल्यको २.५ % | ७ दिन | २०८३/०३/०८ गते दिनको ५:०० बजे भित्र | २०८३/०३/०९ गते दिनको ३: ३० बजे |
लिङ्क: BID Document
२. बोलपत्र सम्बन्धि कागजात तथा प्राविधिक स्पेसिफिकेसन लगायतका विषयमा जानकारि लिनु पारेमा कार्यालय समयमा ९८४१५७३८०२ बाट प्रप्त गर्न सकिने छ ।
३. शिलबन्दी गरिएको बोलपत्र वा पासवर्ड सुरक्षित (Password Protected) PDF बोलपत्र फाइलबोलपत्र फाईल मिति २०८३/०३/०८ गते दिनको ५ बजे भित्र वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल, महेन्द्रनगर, कन्चनपुर वा ईमेल ठेगाना procurement.peswan@gmail.com मा पेश गर्नु पर्नेछ। उल्लेखित समय भन्दा ढिलो गरी प्राप्त बोलपत्र तथा इमेलमार्फत पठाइएका पासवर्ड सुरक्षित नगरिएका वा लक नगरिएका बोलपत्रहरू स्वीकार गरिने छैनन्। बोलपत्रको साथ कबोल मुल्यको २.५ % ले हुन आउने रकम बोलपत्र जमानत बैंक ग्यारेन्टी वा नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेड महेन्द्रनगर, कन्चनपुरको खाता नं.०८३०१०४०२५१५६३ मा जम्मा गरेको बैंक भौचर संलग्न गर्नुपर्नेछ र त्यस्तो बोलपत्र जमानतको मान्य हुने अवधि बोलपत्र खोलेको मितिबाट कम्तिमा पनि ९० दिन बढी हुनुपर्नेछ ।
४. तोकिएको समयभित्र पेश भएका बोलपत्रहरू उपस्थित हुन चाहने बोलपत्रदाता वा निजको प्रतिनिधिको रोहबरमा वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल, महेन्द्रनगर, कन्चनपुरमा मिति २०८३/०३/०९ गते दिनको ३:३० बजे खोलिनेछ । बोलपत्रदाता वा निजको प्रतिनिधि उपस्थित नभएपनि बोलपत्र खोल्न बाधा पर्ने छैन ।
५. बोलपत्र खरिद गर्ने, पेश गर्ने र खोल्ने अन्तिम दिन सार्वजनिक विदा परेमा त्यसको भोलिपल्ट कार्यालय खुल्ने दिन अन्तिम दिन कायम हुनेछ । त्यस्तो अवस्थामा बोलपत्र र बोलपत्र जमानतको मान्य अवधि भने साविककै मितिदेखि गणना गरिने छ ।
६. बोलपत्र स्वीकृत गर्ने, रद्ध गर्ने र आंशिक रुपमा स्वीकृत गर्ने वा नगर्ने सम्पूर्ण अधिकार यस वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल, महेन्द्रनगर, कन्चनपुरमा सुरक्षित रहनेछ ।
७. बोलपत्र सम्बन्धि अन्य शर्तहरू बोलपत्र फाराममा उल्लेख गरिए बमोजिम हुनेछ । साथै छनौट भएका आपुर्तिकर्ताले सामग्रीहरु संस्थाको कार्यालय रहेको स्थान भिमदत्त न. पा. १८ कटान, महेन्द्रनगर, कन्चनपुर सम्म ढुवानी गरिदिनु पर्ने छ ।
८. बोलपत्रमा माग गरिएका सामग्रीहरूको संख्यामा परियोजनाको आवश्यकता अनुसार १०% थपघट गर्न सकिनेछ ।
बोलपत्र सम्बन्धि अन्य जानकारीका लागि: वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल, भिमदत्त न. पा. १८ कटान, महेन्द्रनगर, कन्चनपुर
फोन नं. ९८४१५७३८०२/९७०१५६८३४४ वा email: procurement.peswan@gmail.com मा सम्पर्क गर्न सकिनेछ ।
Overview
| Category | Development Project, Expression of Interests, Tender Notice, Bid |
| Position Type | Contract |
| Posted Date | 16 Jun, 2026 |
| Apply Before | 22 Jun, 2026 |
| City | Kanchanpur |