शिलबन्दी कोटेशन (Sealed Quotation) आह्वानको सूचना
Details / requirements:
शिलबन्दी कोटेशन (Sealed Quotation) आह्वानको सूचना
प्रथम पटक सूचना प्रकाशित भएको मितिः २०८३/०६/०९ गते
राष्ट्रिय रोजगार प्रवद्र्धन केन्द्रद्धारा (RRPK) रौटहट जिल्लामा वल्र्ड भिजन इन्टरनेशनल नेपालसँगको साझेदारीमा संचालित Sikai+ परियोजना अन्तर्गत परियोजनाको परिचयात्मक लेख, उपलब्धि तथा गरेका असल अभ्यासहरूलाई शिक्षा संग सम्बधित साप्ताहिक, पाक्षिक वा मासिक पत्रिकामा रंगिन तथा डिजिटल प्रिन्ट गर्नु परेकाले उक्त कार्य गर्नका लागि इच्छुक र इजाजत प्राप्त फर्म/कम्पनीले देहाय बमोजिमको शर्तहरूको अधिनमा रहि रितपूर्वकको शिलबन्दी कोटेशन प्रथम पटक मितीले ३ दिन भित्र कोटेशन पेश गर्नुहुन यो सूचना प्रकाशित गरिएको छ ।
१.कोटेशन फाराम प्रथम पटक सूचना प्रकाशित भएको मितिले ०३ दिन भित्र वा (२०८३/६/११) गते कार्यालय समय भित्र यस सस्थांको खरिद शाखामा आवश्यक सम्पूर्ण कागजात सहित शिलबन्दी गरी दर्ता गराई सक्नु पर्नेछ वा यस सस्थाको इमेल procurement.sikai@rrpk.org.np मर्फत पठाउदा Folder मा Lock गरेर आवेदन दिन सकिनेछ, सो दिन विदा परेमा कार्यालय खुलेको पहिलो दिनको १२:०० बजे भित्र दर्ता गराई सक्नु पर्नेछ । सो समयावधी पश्चात् प्राप्त शिलबन्दी बोलपत्र स्वतः बदर ठहरिने छ ।
२. प्राप्त भएका कोटेशनहरू खरिद व्यवस्थापन समितिको उपस्थिति तथा उपस्थित प्रकाशक र अन्य प्रतिनिधिहरूको रोहवरमा खोलिनेछ । तर प्रकाशकको प्रतिनिधिहरू उपस्थित नभएमा पनि बोलपत्र खोल्न बाधा पर्ने छैन ।
३. शिलबन्दी बोलपत्रका साथ देहाय बमोजिमका कागजातहरू पेश गर्नुपर्नेछ ।
(क) फर्म/संस्था/कम्पनी दर्ता प्रमाणपत्रको प्रतिलिपि वा व्यवसाय दर्ता प्रमाण–पत्रको प्रतिलिपि
(ख) मूल्य अभिवृद्धि कर वा पान दर्ता प्रमाण–पत्रको प्रतिलिपि ।
(ग) आ.व.२०८१र८२ कर चुक्ता प्रमाण–पत्रको प्रतिलिपि ।
(घ) कोटेशन, सप्लायर्स दर्ता फारम, बाल सुरक्षा निती तथा अन्य कागजातहरू (कोटेशन संगै फरमेट उपलब्ध गराईनेछ) ।
४. कोटेशन फाराम बुझाउँदा शिल गरी खामको बाहिर सस्थांले प्रदान गर्ने सेवाको नाम तथा संस्थाको नाम तथा मिति स्पष्टसंग उल्लेख गर्नुपर्ने छ ।
५. यस सिलबन्दी कोटेशन सम्बन्धी सम्पूर्ण निर्णय संस्थाको खरिद समितिमा निहित रहनेछ ।
Link :
बिस्तृत जानकारी तथा कोटेशनका लागि सम्पर्क ठेगाना:
राष्ट्रिय रोजगार प्रवद्र्धन केन्द्र (RRPK)
चपुर, रौटहट
फोन: ०४६ ५२१४८७ ,९८०२८८६४४०
Overview
| Category | Development Project, Expression of Interests, Tender Notice, Bid |
| Position Type | Contract |
| Posted Date | 25 Sep, 2026 |
| Apply Before | 27 Sep, 2026 |
| City | Rautahat |