शिलबन्दी कोटेशन आह्वानको सूचना
Details / requirements:
राष्ट्रिय रोजगार प्रवद्र्धन केन्द्र (RRPK) केन्द्र, सर्लाही
शिलबन्दी कोटेशन आह्वानको सूचना
प्रथम पटक प्रकाशित मिति २०८३/०५/११ गते (27 August 2026)
वर्ल्ड भिजन ईन्टरनेशनल नेपालको आर्थिक सहयोग तथा राष्ट्रिय रोजगार प्रवर्धन केन्द्र (RRPK) सर्लाही द्वारा सञ्चालित “बालसममृद्धि र एकिकृत विकासका लागि हातेमालो परियोजना“ अन्तर्गत तोकिएको नगरपालिका/गाउँपालिकामा मुख्यतः लक्षित क्षेत्रका बालबालिका तथा अति विपन्न समुदायको लागि यस परियोजना अन्तर्गत सिचाईमा प्रयोग हुने मोटर तथा आवश्यक पर्ने अन्य पार्ट पुजा खरिद गर्नु पर्ने आवश्यकता भएकोले हुनाले यस संस्था राष्ट्रिय रोजगार प्रवर्धन केन्द्र (RRPK) सर्लाहीले (Long Term Agreement) गर्न खोजेको हुनाले योग्य सम्बन्धित ईच्छुक आपुर्तिकर्ताहरू/विक्रेताहरूबाट रीतपुर्वक शिलवन्दी कोटेशन गर्न आह्वान गरिन्छ ।
| क्र.क्र. | कोटेशन नं. | समाग्री को विवरण | अनुमाणित परिमाण | वोलपत्र पेश गर्ने तरिका |
| १ | EFO-RRPK-2026-RFQ NO.40 | Mono block, - Copper Coiled Single phase - 2HP (lndian or Nepal Brand) 2 inch inlet& 2 inch Outlet, with warranty and all fittings' Materials like (G.l Pipe, Band, Tape, PaniTape, Nipple, check valve) Single phase, Pipe Size(50*50) | कोटेशनमा दिएको अनुसार | संस्थामा स्वयंम उपस्थित भई हाडकोपि शिलवन्दी भएको हुनु पर्ने |
नोटः माथि उल्लेखित तोकिएको समाग्रीहरूको विवरण पुर्ण रूपमा Specification खुलाएर लेख्नुपर्ने हुन्छ ।
१. यो सूचना प्रथम पटक प्रकाशन भएको मितिले ५ दिन भित्र ईच्छुक ईजाजत प्राप्त आपूर्तीकर्ता/विक्रेताले (१) दर्ता प्रमाण पत्र, (२) मु.अ.कर दर्ता प्रमाणपत्र (३) आर्थिक वर्ष २०८१/८२ को कर चुक्ता प्रमाण–पत्रको प्रतिलिपिका साथै कोटेशन सम्बन्धि फारम बुझाउनको लागि अनुरोध गरिन्छ ।
२. कोटेशन सम्बन्धि कागजात रीतपूर्वक भरी प्रत्येक पानामा सही छाप गरी उल्लेख गरिएको संस्थाहरूको सम्पर्क कार्यालयमा मिति २०८३/०५/१५ गते दिउँसो ५ बजे भित्र बुझाउनु पर्नेछ ।
३. कोटेशन खोल्ने तथा निर्णय गर्ने अधिकार संस्थाहरूको खरिद समितिमा निहित हुनेछ । कुनै वा सबै कोटेशन, पुरै वा आंशिक रूपमा स्वीकार गर्ने वा नगर्ने सम्पूर्ण अधिकार खरिद समितिमा निहित रहनेछ ।
४. कोटेशन लिने र पेश गर्ने अन्तिम दिन सार्वजनिक विदा परेमा त्यसको भोलिपल्ट कार्यालय खुल्ने दिन माथि उल्लेख गरिएको मिति र समयमा कोटेशन खरीद गर्ने र पेश गर्ने अन्तिम मिति कायम हुनेछ ।
५. कोटेशन सम्बन्धि थप अन्य कुनै जानकारी आवश्यक भएमा र कोटशनको सँग सम्बनिधत आवश्यक कागजातहरू तल दिईएको लिंक बाट प्राप्त गर्न सकिन्छ ।
६. छनौटमा पर्न गएको सम्बन्धित आपूर्तिकर्ताहरू संग संसथाले १ बर्षको लागि खरिद गर्न सम्झौता गरिने छ र सम्झौता भएको सम्बन्धित आपूर्तिकर्ताहरू संग समाग्री चाहिएको बेला खरिद आदेश दिई आवश्यकता अनुसार परिमाणमा खरिद गर्न सकिने छ ।
LINK: RFQ & COC Documents
प्रस्तावनाहरू बुझाउने तथा सम्पर्क गर्ने ठेगाना:
कार्यालयको सम्पर्क ठेगाना
राष्ट्रिय रोजगार प्रवर्धन केन्द्र , लालवन्दि, सर्लाही
सम्पर्क नं. ०४६ –५०१२६१/९८०१९७२१६५
Overview
| Category | Development Project, Expression of Interests, Tender Notice, Bid |
| Openings | 1 |
| Position Type | Contract |
| Posted Date | 27 Aug, 2026 |
| Apply Before | 31 Aug, 2026 |
| City | Sarlahi |