आपुतिकर्ता तथा सप्लाई सम्बन्धि सुचीकृत हुने सूचना
Details / requirements:
आपुतिकर्ता तथा सप्लाई सम्बन्धि सुचीकृत हुने सूचना
प्रथम पटक प्रकाशन मिति: २०८३/०४/२८ गते
राष्ट्रिय रोजगार प्रवद्र्धन केन्द्र (RRPK) सर्लाहीले यस जिल्लामा वल्र्ड भिजन इन्टरनेशनल नेपाल सँगको साझेदारीमा HATEMALO for child Wellbeing and Integrated Development (IPF/SHIELD) परियोजना सर्लाही जिल्लाको हरिपूर्वा नगरपालिका र पर्सा गाउँपालिकामा सञ्चालन गर्दै आईरहेको छ । यस संस्थालाई आ.बं. २०२६/२७ ९२०८३/०८४) को निम्ति तल उल्लेखित सेवा तथा सामाग्रीहरू आवश्यकता अनुसार एकै पटक वा पटक पटक खरिद गर्नुपर्ने भएकोले दिर्घकालिन सम्झौता गर्न खोजेको हुँदा RRPK ले योग्य सम्भावित आपुर्तिकर्ताहरूलाई पुर्व– योग्यता (Supplier pre-qualification process) प्रकृयामा सम्बन्धित इच्छुक इजाज्त प्राप्त दर्तावाला फर्म, कम्पनी, सेवाप्रदायक व्यक्ती एवं संस्थाहरूबाट यस कार्यालयमा सूची दर्ताको लागि आवेदन सहित उल्लेखित कागजात मिति २०८३/०४/२८ गते ( १३ अगस्त २०२६) देखि २०८३ भदौ १७ गते (२ सेप्टेम्बर २०२६) सम्म कार्यालय समयभित्र कार्यालयमा वा इमेल मार्फत पेश गर्न आह्वान गर्दछौ ।
सेवा तथा सामाग्री खरिद सम्बन्धि कार्यहरू
- परामर्श सेवाहरू (विभिन्न विषयका लागि प्रशिक्षक, अनुवादकर्ता तथा अनुसन्धानकर्ता
- स्वयंमसेवक तथा तथ्याङ्गक सङ्गकलक
- सवारी साधन (बस, स्कारपियो, बोलेरो, मिनी ट्रक, पिकअप भ्यान, अटो ) भाडामा लिने सम्बन्धि कार्य
- कार्यालय मसलन्द, स्टेशनरी, रिचार्ज तथा खेलकुद आपूर्ति गर्ने कार्यहरू
- छपाई (कपी ,पोष्टर, किताब, प्रमाण पत्र र क्यानभास ब्यानर) सम्बन्धी र मायाको चिनो, होर्डिङ्ग बोर्ड लेखन कार्यहरू
- कृषि औजार, पशु सम्बन्धि औषधि, बिउ बिजन, मल, किटनासक औषधि, बाखा्र फर्म, सुँगुर फर्म ,कुखुरा फर्म, सम्बन्धि कार्यहरू
- पत्रिकामा विज्ञापन, सूचना तथा सन्देश प्रसार गर्ने कार्य
- समावेशी शिक्षण सिकाइ सामग्री आपूर्ति गर्ने कार्यहरू
- एफ.एम. रेडियो र टेलिभिजनबाट सुचना तथा सन्देश प्रसारण गर्ने कार्य
- मोटरसाइकल तथा साइकल मर्मत सम्भार तथा पार्टपुर्जा आपूर्ति गर्ने कार्य
- फर्निचर (दराज, टेबल, कुर्सि) तथा फर्निसिङ्ग ( कार्पेट, कुसन, पर्दा कपडा आदी ) सामानहरु आपूर्ति गर्ने कार्य
- हार्डवेयर ( कृषि सामाग्रीहरू जस्तैः मोटर, दमकल, स्प्रेयर टंकी,कोदालो, बिउँ बिजन,मल, तथा अन्य सम्बन्धित समाग्रीहरु ) आपूर्ति सम्बन्धि कार्य
- तालिम, बैठक तथा गोष्ठी संचालनका लागि खाना तथा आवास सहितको तालिम कक्ष भएको होटल सम्बन्धि सेवा प्रदान गर्ने
- समुदायमा खाजा र खाना खुवाउने सम्बन्धि सेवा प्रदान गर्ने
- स्कुल पोशाक, अन्य कपडाहरु, ब्याग, कम्बल, त्रिपाल तथा किटनाशक झुल आपूर्ति गर्ने कार्य
- प्राथमिक उपचार तथा मेडिकल औजार सामाग्रीहरू, बिपत आपुर्ति गर्ने कार्य
- उद्यमशीलता तथा सीपमुलक सम्बन्धि तालिम प्रदान गर्ने सेवा प्रदायक
- किराना,सौन्दर्य, टेलरिङ्ग, चप्पल, जुता, शैलून सम्बन्धी समाग्रीहरु भाडा वर्तन, ग्यास सिलिन्डर तथा किचेनमा प्रयोग हुने समाग्री लगायत अन्य सामाग्रीहरू आपुर्ति गर्ने आपुर्तिकर्ताहरू
- खाद्यान्न पदार्थ (चामल, दाल, तेल, नुन, चिउरा, चिनी आदी ) लगायत अन्य सामाग्रीहरू आपुर्ति गर्ने आपुर्तिकर्ताहरू
- अपाङ्गता भएका व्यतिहरूका लागि सहायक सामाग्रीहरू आपुर्ति गर्ने आपुर्तिकर्ताहरू
- पूर्वधार सम्बन्धी निर्माणकर्ताहरू जस्तै: भवन निर्माण,शौचालय निर्माण, खाने पानी निर्माण सम्बन्धि कार्य गर्ने आपुर्तिकर्ताहरू
दरखास्त साथ पेश गर्नुपर्ने आवश्यक कागजातहरू
१. फर्म दर्ता प्रमाणपत्रको प्रतिलिपि र आधिकारीक बिक्रेता प्रमाण पत्र (ब्गतजयचष्शभम मभबभिच)
२. स्थायी लेखा नम्बर र मु.अ.करमा दर्ता भएको प्रमाणपत्रको प्रतिलिपि
३. ईलेक्टिक वा इलेक्ट्रौनिक सम्बन्धि कार्य गर्ने आपूतिकर्ता ,
४. आर्थिक वर्ष. २०८२/०८३ वा नभएको खण्डमा आर्थिक बर्ष. २०८१/०८२ को कर चुक्ता प्रमाणपत्रको प्रतिलिपि
५. पछिल्लो बर्ष विभिन्न सार्वजनिक निकायहरुमा कारोवार गरेको प्रमाणको प्रतिलिपि । यो सुचनामा उल्लेख भए बाहेक
थप अरु केही सम्बन्धीत प्रमाण पत्र भएमा सो पनि संलग्न गर्न सकिने छ ।
६. कर नलाग्ने फर्म वा सेवा प्रदायक को हकमा कर छुट को प्रमाणपत्रको प्रतिलिपि
७. जिल्ला भित्र दर्ता भई संचालनमा रहेको योग्य कम्पनी तथा फर्महरुलाई प्राथमिकता दिईने छ ।
आवश्यक सुचि दर्ताको फारम तलको link मा रहेको छ साथै कार्यालयमा सम्पर्क गरी आवश्यक फर्म पाउन सकिनेछ ।
Document link-
सम्पर्क ठेगाना:
राष्ट्रिय रोजगार प्रवद्र्धन केन्द्र (RRPK), लालबन्दी –७, सर्लाही फोन नं. ९८०१९७२१६५ | राष्ट्रिय रोजगार प्रवद्र्धन केन्द्र (RRPK, चन्द्रनिगाहपूर –४ , रौतहट फोन नं. ९८०१९७१७६३ |
Overview
| Category | Development Project, Expression of Interests, Tender Notice, Bid |
| Openings | 1 |
| Position Type | Contract |
| Posted Date | 13 Aug, 2026 |
| Apply Before | 02 Sep, 2026 |
| City | Sarlahi |