शिलबन्दी कोटेशन आह्वानको सूचना
Bagmati Welfare Society Nepal (BWSN), a non-governmental Organization, is implementing Disaster Risk Management and Humanitarian Preparedness and Water Sanitation and Hygiene Promotion HIV and TB related projects funded by numerous donors . We have been working in numerous districts of Terai region
Details / requirements:
शिलबन्दी कोटेशन आह्वानको सूचना
प्रथम पटक प्रकाशित मिति २०८३/०४/१२
वल्र्ड भिजन इन्टरनेशनल नेपालको साझेदारीमा बागमती सेवा समाज नेपाल (BWSN) सर्लाही , ग्रामिण विकास केन्द्र (RDC) नेपाल रौतहट र दलित समाज उत्थान समिति नेपाल (DSWCN) महोत्तरीद्वारा जिल्ला भित्रका तोकेको नगरपालिका/गाउँपालिकामा बालबालिकाहरुको सिकाई स्तर वृद्धि गर्ने उद्देश्यले “बालबालिकाका लागि घरमै सिकाई कुना” स्थापना कार्यका लागि आपूर्तिकर्ता आवश्यक परेको हुँदा ईच्छुक आपूर्तीकर्ता/बिक्रेताहरूबाट रीतपुर्वक शिलवन्दी कोटेशन आह्वान गरिन्छ ।
| कोटेशन नं. | आवश्यक परिमाण | कोटेशन पेश गर्ने तरिका |
| BWSN-2026-RFQ-012 | ९५९ सेट | सक्कल शिलबन्दी कोटेशन दाखिला गर्ने। |
१. यो सूचना प्रकाशन भएको मितिले ७ दिन भित्र ईच्छुक ईजाजत प्राप्त आपूर्तीकर्ता/विक्रेताकर्ताहरूले
(१) व्यवसाय दर्ता प्रमाणपत्र,
(२) मु.अ.कर दर्ता प्रमाणपत्र,
(३) आ.व.२०८१/०८२ को कर चुक्ता प्रमाण–पत्रको प्रतिलिपि साथै कोटेशन डकुमेन्ट बुझाउनको लागि अनुरोध गरिन्छ ।
२. कोटेशन सम्बन्धि कागजात रितपूर्वक भरी प्रत्येक पानामा सही छाप गरी लाहाछाप शिलबन्दी गरी उल्लेख गरिएको संस्थाहरुको सम्र्पक कार्यालयमा मिति २०८३/०४/१८ गते दिउँसो ५ बजे भित्र बुझाउनु पर्नेछ ।
३. कोटेशन खोल्ने तथा निर्णय गर्ने अधिकार संस्थाको खरिद समितिमा निहित हुनेछ । कुनै वा सबै कोटेशन, पुरै वा आंशिक रूपमा स्वीकार गर्ने वा नगर्ने सम्पूर्ण अधिकार खरिद समितिमा निहित रहनेछ ।
४. कोटेशन खरिद गर्ने र पेश गर्ने अन्तिम दिन सार्वजनिक विदा परेमा त्यसको भोलिपल्ट कार्यालय खुल्ने दिन माथि उल्लेख गरिएको मिति र समयमा कोटेशन खरिद गर्ने र पेश गर्ने अन्तिम मिति कायम हुनेछ ।
५. संस्थाहरुको खरिद समिति र आपूर्तिकर्ताको संयुक्त बैठ्कमा तोकिएको समयमा कोटेशन खोल्ने जानकारी समेत गरिनेछ ।
६. कोटेशन सम्बन्धी थप अन्य कुनै जानकारी आवश्यक भएमा र कोटेशनको Bid document माग गर्नका लागि बुँदा १ मा रहेको आवश्यक कागजात संलग्न गराई यस संस्था बागमती सेवा समाज नेपालको आर्थिक प्रशासन शाखामा सम्पर्क राख्नुहुन वा इमेल ठेगाना procurement@bwsn.org.np मा इमेल गर्नुहुन अनुरोध छ ।
७. सक्कल कोटेशन तल उल्लेखित संस्थाहरुमा बुझाउन सकिनेछ ।
कोटेशन बुझाउने कार्यालय तथा ठेगाना:
बागमती सेवा समाज नेपाल (BWSN) हरिवन, सर्लाही, सम्र्पक ०४६–५३०५०१/९८६१०३४२८३ | दलित समाज उत्थान समिति नेपाल (DSWCN) जलेश्वर, महोत्तरी सम्र्पक नं. ९८०१६६६४६२ | ग्रामिण विकास केन्द्र नेपाल (RDC) चन्द्रपुर ४, रौतहट, सम्र्पक नं. ०५५–५४०२०३ |
Overview
| Category | Development Project, Expression of Interests, Tender Notice, Bid |
| Openings | 1 |
| Position Type | Contract |
| Posted Date | 28 Jul, 2026 |
| Apply Before | 03 Aug, 2026 |
| City | Sarlahi |