शिलबन्दी कोटेशन आह्वानको सूचना

Rastriya Rojgar Prawardhan Kendra (Rautahat)

Details / requirements:

राष्ट्रिय रोजगार प्रवर्द्धन केन्द्र ,रौतहट

शिलबन्दी कोटेशन आह्वानको सूचना

प्रथम पटक प्रकाशित मिति २०८२/१२/१५ गते ।

वर्ल्ड भिजन इन्टरनेशनल नेपालको सहयोग तथा राष्ट्रिय रोजगार प्रवर्द्धन केन्द्रद्वारा रौतहट जिल्ला भित्रका गरुडा र माधवनारायण नगरपालिकामा सञ्चालित सिकाइ+ परियोजना अन्तर्गत आर्थिक रुपमा पिछडिएका समुदायका लागि तपशिलका बस्तुहरू वितरण गर्ने योजना भएकोले ईच्छुक आपुर्ती कर्ता/विक्रेता र कृषि फर्मबाट रीतपुर्वक शिलबन्दी कोटेशन आह्वान गरिन्छ ।

Links:

शर्तहरू

  1. कोटेशन सम्बन्धि फारम संस्थाको तल उल्लेखित ठेगानामा प्रत्यक्ष सम्पर्क गरेर प्राप्त गर्न सकिनेछ । 
  2. संस्थाले उपलब्ध गराएको फारममा माग भएको अनुसारको विवरणमा केरमेट नगरिएका, शर्तरहित, कुनै थपघट, नोट नलेखिएको हस्त लिखित वा कम्प्यूटर प्रिन्ट बाट तयार गर्नुपर्नेछ । सेवा प्रदायको पहिचान सहितको फर्मको छाप र हस्ताक्षर प्रत्येक पेजमा अनिवार्य उल्लेख गरिएको हुनुपर्नेछ । 
  3. यो सूचना प्रथम पटक प्रकाशन भएको मितिले  ७ दिन भित्र ईच्छुक ईजाजत प्राप्त आपूर्तीकर्ता/विक्रेताले कृषि फर्मले अनिवार्य रुपमा निम्न कागजात सहित कोटेशन पेश गर्नुपर्नेछ । 
    • फर्म/व्यवसाय/कम्पनी दर्ता प्रमाणको प्रतिलिपि, यदि फर्म नविकरण गर्नुपर्ने प्रकृतिको भए नविकरण पत्रको प्रतिलिपि समेत समावेश हुनुपर्नेछ । 
    • स्थाई लेखा नम्बर र मूल्य अभिबृद्धि कर (PAN/VAT) को प्रमाण पत्र
    • करचुक्ता प्रमाण पत्रको प्रतिलिपि (आ.ब.२०८१/०८२) 
    • कृषि तथा पशु कार्यालयमा भएको दर्ता तथा नविकरण सहितको प्रमाण पत्र   
  4. परियोजनाको क्षेत्र गरुडा र माधवनारायण नगरपालिकासम्म ढुवानी गर्नुपर्नेछ उक्त दर रेट ढुवानी सहितको हो वा ढुवानी बाहेकको हो उल्लेख गर्नुपर्नेछ ।
  5. कोटेशनमा शिलबन्दी सहित नच्यातिएको खाम बाहिर पट्टि प्रेषकको नाम, ठेगाना, सम्पर्क नं. ठेगाना उल्लेख गरिएको हुनुपर्नेछ । 
  6. कोटेशन खोल्ने तथा निर्णय गर्ने अधिकार संस्थाको खरिद समितिमा निहित हुनेछ । कुनै वा सबै कोटेशन, पुरै वा आंशिक रूपमा स्वीकार गर्ने वा नगर्ने सम्पूर्ण अधिकार खरिद समितिमा निहित रहनेछ ।
  7. कोटेशन खरीद गर्ने र पेश गर्ने अन्तिम दिन सार्वजनिक विदा परेमा त्यसको भोलिपल्ट कार्यालय खुल्ने दिन माथि उल्लेख गरिएको मिति र समयमा कोटेशन खरीद गर्ने र पेश गर्ने अन्तिम मिति कायम हुनेछ । यस्तो अबस्थामा कोटेशनको मान्य अवधि भने साबिककै मितिदेखि गणना गरिने छ । 
  8. कोटेशन सम्बन्धि थप अन्य कुनै जानकारी आवश्यक भएमा यस संस्थाको आर्थिक प्रशासन शाखामा सम्पर्क राख्नु हुन अनुरोध छ वा संस्थाको procurement.sikai@rrpk.org.np ईमेलबाट जानकारी प्राप्त गर्न सकिन्छ ।

राष्ट्रिय रोजगार प्रवर्द्धन केन्द्र ,रौतहट

फोन.नं: ०४६ ५२१४८७, ९८०२८८६४४०, Email: procurement.sikai@rrpk.org.np

Overview

Category Development Project, Expression of Interests, Tender Notice, Bid
Position Type Contract
Posted Date 29 Mar, 2026
Apply Before 04 Apr, 2026
City Rautahat