शिलबन्दी कोटेशन आह्वान सम्बन्धी सूचना
Digo Bikas Samaj (DBS) was established in the year 2063 B.S. to provide development services to people of remote and flood prone wards of Kailali district namely Lalbhoji, Bhajani, Khailad, Narayanpur,Dhansinghpur, Thapaput, Munuwa, Joshipur, Janakinagar and Pathriya. From the very beginning of its establishment, this organization has been working with poor and disadvantaged people in these wards. It is an umbrella organization of 9 community based organizations (CBOs) which is governed by people from the Dalit and Tharu communities.
Details / requirements:
शिलबन्दी कोटेशन आह्वान सम्बन्धी सूचना ।
प्रथम पटक प्रकाशित मिति २०८२।०२।१६
दिगो विकास समाज भजनी–१, कैलाली समुदायमा आधाारित (सि.वि.ओ) संस्थाहरूको छाता संगठन हो । यो संस्था विगत १८ वर्ष देखि विभिन्न साझेदार संस्था र सरकारी निकायसँगको साझेदारीमा कार्य गर्दै आइरहेको छ । हाल यस संस्था र वर्ल्ड भिजन इन्टरनेशनल नेपाल (WVIN) को साझेदारीमा सञ्चालित CBDRR अन्तर्गत विभिन्न कार्यक्रमहरू सञ्चालनको लागि आ.व. सन् २०२५ को लागि तल उल्लेखित अनुसुची अनुसार वस्तु तथा सामग्रीहरू दिर्घकालिन सम्झौता (Long Term Agreement) गरि आवश्यकता अनुसार पटक पटक गरि खरिद आपूर्ति लिनु पर्ने भएकोले तपसिलमा उल्लेखित वस्तु तथा सामाग्रीहरू उपलब्ध गराउन सक्ने योग्य कम्पनी तथा फर्महरूबाट तपसिलमा उल्लेखित शर्त पुरा गरि शिलबन्दी कोटेशन आह्वान गरिन्छ ।
शिलबन्दी कोटेशन सम्बन्धि शर्तहरू:
१. शिलबन्दी कोटेशनका साथ संलग्न गर्नुपर्ने आवश्यक कागजातहरू:
- आशय पत्र फारम भरेर प्रत्येक पानामा हस्ताक्षर र छाप लगाई पेश गर्नुपर्ने ।
- प्यान तथा भ्याट प्रमाण पत्रको प्रतिलिपि ।
- व्यवसाय दर्ता प्रमाण पत्रको प्रतिलिपि ।
- करचुक्ता प्रमाण पत्र (२०८०।२०८१) को प्रतिलिपि ।
- Suppliers Code of Conduct पढेर बुझेर हस्ताक्षर सहित प्रत्येक पानामा छाप लगाउनु पर्ने ।
- कालो सुचीमा नपरको स्वघोषणा पत्रमा छाप तथा हस्ताक्षर
२. छनौटका आधारहरू:
- उपयुक्त दररेट, वस्तु तथा सेवाको गुणस्तर, वस्तु तथा सेवाको उपलब्धता, ढुवानी सुविधा, कम्पनी तथा फर्मको आवश्यक दर्ता तथा नविकरण प्रलेखहरू
३. अनुसुची १ मा उल्लेखित विवरण अनुसार वस्तु वा सामाग्रीको खरिद बिक्री गर्न अधिकार प्राप्त फर्म वा कम्पनीले कोटेशन पेश गर्न सक्नेछ ।
अनुसुची १ Manual Siren & Marker (Flood)
Links:
४. कोटेशनसँगै आवश्यक कागजातहरूमा हस्ताक्षर र छाप लगाई शिलबन्दी कोटेशन संस्थाको कार्यालयमा आई दर्ता गराउनु पर्ने छ अथवा ईमेलद्वारा पठाउदा PDF बनाई पासवड राखी पठाउनु पर्नेछ ।
५. सामाग्रीहरूको गुण, विशेषता र प्रति एकाई मुल्य अनिवार्य रुपमा खुलाउनु पर्नेछ । प्रति इकाई मुल्य र परिमाणको गुणनमा र जोडमा फरक परेमा प्रति इकाई मुल्यलाई मान्यता दिइनेछ । प्रति इकाई मूल्यमा केरमेट भएमा सही छाप लगाउनु पर्नेछ ।
७. शिलबन्दी कोटेशन पठाउने अन्तिम मिति र ठेगाना
- मितिः २०८२।०२।२९ गते दिउँसो ५ बजे भित्र दिगो विकास समाज भजनी १ कैलालीको कार्यालय वा इमेल scm.dbs@gmail.com PDF बनाई पासवर्ड राखि पठाउनु पर्नेछ । अन्तिम दिन सार्वजनिक बिदा परेमा कार्यालय खुलेको पहिलो दिन कार्यालय समय भित्र पेश गरिसक्नु पर्ने छ ।
८. शिलबन्दी कोटेशन पुर्ण वा आशिक रुपमा रद्द गर्ने अधिकार संस्थामा निहित रहनेछ ।
नोटः संस्थालाई अनुसुची १ मा उल्लेख भए बमोजिम भन्दा बढी सामग्रीहरू पनि आवश्यक पर्न सक्ने भएको हुंदा विक्रेता छनौट पश्चात् कम्तिमा पनि १ बर्ष सम्मका लागि सम्झौता गरिनेछ ।
थप जानकारीका लागि
खरिद समिति
दिगो विकास समाज, भजनी १ कैलाली
फोन नं. ०९१– ५८०२१४/९८०४६४९५०३
Overview
Category | Development and Project, Expression of Interests, Tender Notice, Bid |
Openings | 1 |
Position Type | Contract |
Experience | Please check details |
Education | Please check details |
Posted Date | 01 Jun, 2025 |
Apply Before | 12 Jun, 2025 |
City | Kailali |