शिलबन्दी बोलपत्र आह्वानको सुचना
Details / requirements:
निड्स नेपाल
कञ्चनपुर
शिलबन्दी बोलपत्र आह्वानको सुचना
प्रथम पटक प्रकाशित मिति २०८३/०६/१५
बोलपत्र नं.०२–२०८३/२०८४
Dignity Alliance International को सहयोग र राष्ट्रिय वातावरण तथा सम विकास समाज नेपालद्वारा संचालित “Humanitarian Response in Nuwakot District in Bagmati Province, Nepal Project ” अन्तर्गत Hygiene, Dignity & Water र Non-Food Household Essential Kit (Protection & Health) सामाग्रीहरू खरिद गर्नु पर्ने भएकोले ईच्छुक आपुर्तीकर्ता/विक्रेताहरूबाट रीतपुर्वक शिलवन्दी बोलपत्र आह्वान गरिन्छ ।
१. सम्बन्धीत विषयको ईजाजत प्राप्त आपुर्तीकर्ता/विक्रेताले यस संस्थाको केन्द्रिय कार्यालय भिमदत्त–१८, कञ्चनपुरमा सम्पर्क गरी बोलपत्रका कागजातहरू माग गर्नु पर्नेछ । अथवा procurement@needsnepal.org.np मा इमेल मार्फत बोलपत्रका कागजातहरू माग गर्न सकिने छ ।
२. यो सूचना प्रकाशित भएको मितिले ७ दिन भित्र रितपूर्वक भरिे बोलपत्र फारामको प्रत्येक पानामा सम्बन्धीत आपूर्तिकर्ता वा कम्पनीको आधिकारिक हस्ताक्षर र छाप अनिवार्य रूपमा लगाई लाहा छापबाट शिलबन्दी गरी प्राबिधिक र आर्थिक प्रस्तावना छुट्टाछुट्टै खाममा संस्थाको केन्द्रिय कार्यालय भिमदत्त–१८, कञ्चनपुरमा आपुर्तिकर्ता स्वंम भौतिक उपस्थिति वा आधिकारिक प्रतिनिधिको भौतिक उपस्थितिमा हार्डकपी मिति २०८३/०६/२१ गते सांझ ५ बजे भित्र बुझाउन पर्ने छ । बोलपत्र बुझाउने प्रकृया बारे प्राविधिक प्रस्तावनामा विस्तृत रूपमा उल्लेख गरिएको छ ।
३. बोलपत्र फारम प्राप्त गर्ने अन्तिम मिति २०८३/०६/२० गते १२ बजे सम्म रहने छ भने र त्यस पछि बोलपत्र बितरण गरिने छैन । बोलपत्र पेश गर्ने अन्तिम दिन सार्वजनिक बिदा परेको खण्डमा सो दिनको भोली पल्ट शिलबन्दी बोलपत्र फारम बुझाउने, बुझिलिने काम हुनेछ । बोलपत्र फारम मिति २०८३/०६/२२ गते दिउँसो २ बजे देखि सम्पुर्ण आपूर्तिकर्ताको भौतिक उपस्तिथिमा यस संस्थाको केन्द्रिय कार्यालय भिमदत्त–१८, कञ्चनपुरमा खोलिने छ ।
४. बोलपत्र, पूर्ण वा आंशिक रूपमा कुनै कारण जनाई वा नजनाई स्वीकृत गर्ने वा नगर्ने वा सूचना नै रद्ध गर्ने सम्पूर्ण अधिकार यस निड्स नेपाल कञ्चनपुरको खरिद समितिमा निहित रहने छ ।
५. रितपूर्वक नभरी बोलपत्र पेश भएको वा नपुगेको वा म्याद भित्र प्राप्त हुन नआएको बोलपत्र उपर कुनै पनि कारवाही गरिने छैन । उक्त बोलपत्रहरुलाई स्वतः रद्द भएको मानिनेछ ।
निड्स नेपाल
भिमदत्त १८, महेन्द्रनगर कञ्चनपुर, भाँसि
फोन.नं. ०९९(४१८१५०, ९८६४०१३५६७
Overview
| Category | Development Project, Expression of Interests, Tender Notice, Bid |
| Openings | 1 |
| Position Type | Contract |
| Posted Date | 01 Oct, 2026 |
| Apply Before | 07 Oct, 2026 |
| City | Kanchanpur |