शिलबन्दी बोलपत्र आह्वान गरिएको सूचना
Details / requirements:
शिलबन्दी बोलपत्र आह्वान गरिएको सूचना
(प्रथम पटक प्रकाशित मिति २०८१/०४/२०)
भेरी वातावरणीय विशिष्टता समूह (बी-ग्रुप) वि.सं. २०५६ सालमा बाँके जिल्लामा दर्ता भई लुम्बिनी प्रदेशमा क्रियाशिल गैरसरकारी संस्था हो । यस संस्थाले CARE Nepal, iDE र Map International Nepal को साझेदारीमा बाँके जिल्लाको ५ वटा पालिकामा Poshan Project/Global Nutrition परियोजना सञ्चालन गरिरहेको छ । उल्लेखित परियोजना अन्तर्गत तपशिलमा उल्लेखित सामग्री खरिद गर्नुपर्ने भएकाले मूल्य अभिवृद्धि करमा दर्ता भएका सामग्री आपूर्ती गर्न इच्छुक उत्पादक, अधिकृत विक्रेता, आपुर्तिकर्ता तथा वितरकहरुबाट यो सूचना प्रकाशित भएको मितिले १० दिन भित्र साथै यदि सरकारी बिदा भएको खण्डमा कार्यालय खोल्ने दिनमा तपशिलको शर्तहरुको अधिनमा रही कार्यालय समय भित्र लाहाछाप शिलबन्दी खाममा बोलपत्र पेश गर्न हुनका लागि यो सूचना आह्वान गरिएको छ ।
खरिद गर्नुपर्ने सामग्रीहरु
क्र. स | सामाग्रीको नाम | सामाग्रीको विशिष्टिकरण | परिमाण | इकाई | कैफीयत |
१. | ल्यापटप |
| १० | थान | |
२. | प्रिन्टर( प्रिन्टर र स्क्यानर सहित) |
| १ | थान | |
३. | फ्रिज |
| १ | थान | |
४. | भ्याकुम किलिनर |
| १ | थान |
शर्तहरुः
१. बोलपत्र फाराम संस्थाको कार्यिलयमा उपस्थित भई प्राप्त गर्न सकिने छ वा तपशिलमा उल्लेखित इमेल ठेगानामा अनुरोध गरी प्राप्त गर्न सकिने छ र तोकिएको समयभित्र संस्थाको कार्यालयमा उपस्थित भई वा फोल्डरमा पासवर्ड राखेर तपशिलको इमेल ठेगानामा पठाउन सकिने छ ।
२. उल्लेखित सामग्री मध्ये पूणर् वा आंशिक रुपमा सामग्री आपूर्ती गर्न इच्छुक उत्पादक, अधिकृत विक्रेता तथा बितरकहरुले बोलपत्र फारामका साथ उद्योग/फर्म दर्ताको प्रमाण-पत्र, उद्योग/फर्म भ्याटमा दर्ता भएकोे प्रमाण-पत्र, कर चुक्ता प्रमाण-पत्र, बोलपत्र दाताको नेपाली नागरिकताको प्रमाण-पत्रको प्रतिलिपी पेश गर्नु पर्नेछ । साथै उपलब्ध गराउने सामग्रीको सर्टिफिकेशन गरेको प्रमाण-पत्र र स्पष्ट रुपमा देखिने सामग्रीको रङ्गीन फोटो पनि अनिवार्य पेश गर्नुपर्नेछ । बोलपत्र खोल्ने दिनमा आउँदा सामग्रीको एक/एक थान नमूना पनि साथमा लिएर आउनु पर्नेछ ।
३. बोलपत्र लाहाछाप शिलबन्दी गरेर खाम बाहिर बोलपत्र दाताको नाम,हस्ताक्षर ठेगाना, सम्पर्क नम्बर लेख्नुपर्नेछ र फर्मको छाप अनिवार्य खाममा लगाएको हुनु पर्नेछ । अन्यथा भएमा संस्था बोलपत्र बुझ्न वा सदर गर्न वाध्य हुने छैन ।
४. बोलपत्र फाराममा उल्लेखित प्रत्येक सामग्रीको दररेट (मूल्य अभिवृद्धि कर बाहेक) अंक र अक्षर दुबैमा स्पष्ट लेखिएको हुनु पर्नेछ । अंक र अक्षर बीच फरक परेमा अक्षरमा लेखिएकोलाई मान्यता दिइनेछ । केरमेट वा टिपेक्स लागेकोे अंक मान्य हुने छैन ।
५. छनौट भएका उत्पादक, आपूर्तिकर्ता, अधिकृत विक्रेता तथा बितरकहरुले नै खरिद गरिने सामग्री संस्थाको कार्यालय नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १२, बेलासपुरसम्म ढुवानी गरिदिनु पर्नेछ ।
६. बोलपत्र फाराम दर्ता गर्ने अन्तिम मितिको भोलीपल्ट १२ बजे सम्म दर्ता गरिनेछ र सोही दिन २ः३० बजे संस्थाका प्रतिनिधीहरु र बोलपत्र दाता स्वय् वा निजको प्रतिनिधीको उपस्थितीमा यस संस्थाकोे कार्यालयमा बोलपत्र खोलिनेछ । तोकिएको दिनमा बोलपत्रदाता वा निजको प्रतिनिधिको अनुपस्थित भएमा पनि शिलबन्दी बोलपत्र खोल्न कुनै बाधा पर्ने छैन । तर सो दिन सार्वजनिक विदा परेमा सो को लगत्तै कार्यालय खुलेको दिन बोलपत्र खोलिने छ ।
७. बोलपत्रमा आफूले कबोल गरेको रकमको २.५ (दुई दशमलब पाँच) प्रतिशतले हुन आउने रकमको बैंक ग्यारेन्टी पत्र आफु छनौट भएपछि मात्र पेश गर्नु पर्ने छ ।
८. म्याद नाघी वा रीत नपूगी आएका बोलपत्र टेन्डर प्रक्रियामा सहभागी गराइने छैन ।
९. यस बाहेक थप जानकारी आवश्यक परेमा तल उल्लेखित सम्पर्क नम्बरहरुमा कार्यालय समयभित्र पनि सम्पर्क गर्न सकिनेछ ।
१०. फाराम बुझाउने अन्तिम मिति २०८१/०४/३१ गते कार्यालय समयसम्म हुनेछ ।
११. अन्य सम्पुणर् कुराहरु नेपाल सरकारको प्रचलित कानून बमोजिम हुनेछ ।
सर्वाधिकार भेरी वातावरणीय विशिष्टता समूह (BEE Group) बाँकेमा नीहित रहने छ ।
बोलपत्र फाराम प्राप्त गर्ने, पेश गर्ने र खोलिने ठेगानाः
भेरी वातावरणीय विशिष्टता समूह (BEE Group),
नेपालगञ्ज उप-महानगरपालीका वडा नं. १२, बेलासपुर, बाँके
सम्पर्क नं.: ०८१-५५०२९५ मोवाईल नं.: ९८४८०६०७५९
इमेलबाट बोलपत्र पेश गर्नका लागिः beegroup.procurement@gmail.com
Overview
Category | Development and Project, Expression of Interests, Tender Notice, Bid, Development / NGO |
Openings | 1 |
Position Type | Contract |
Experience | Please check details |
Education | Please check details |
Posted Date | 05 Aug, 2024 |
Apply Before | 14 Aug, 2024 |
City | Nepalgunj |