स्वास्थ्य तथा पोषण अधिकृत

Sundar Nepal Sanstha (BNA), surkhet

Details / requirements:

सुन्दर नेपाल संस्था, सुर्खेत

कर्मचारी पदपूर्ति सम्बन्धि सूचना

प्रथम पटक सूचना प्रकाशन मिति: १३ आश्विन २०८३, (२९ सेपटेम्बर २०२६)

सुन्दर नेपाल संस्था (BNA), सामुदायिक विकासमा क्रियाशील एक मुनाफारहित गैह्र सरकारी संस्था हो । CARE Nepal र  iDE को संयुक्त साझेदारीमा सुन्दर नेपाल संस्थाको सहजीकरणमा Nurture Every Future:- POSHAN Nepal Project सुर्खेत जिल्लाको ५ वटा पालिकाहरुमा खाद्य सुरक्षा, पोषण, स्वास्थ्य, खानेपानी, सरसफाई तथा स्वच्छता, बजारीकरण, लैगिक समानता र सामाजिक समावेशिकरणका लागि लक्षित बर्गहरुको व्यबहारमा रुपान्तरण गर्दै पूर्ण क्षमताको विकासका लागि सुर्खेत जिल्लाको वराहताल गाउपालिका,  वीरेन्द्रनगर,  भेरीगंगा,  गुर्भाकोट र लेकवेशी नगरपालिकामा परियोजना लागू गरेको छ । यस परियोजनाका लागि तपसिल अनुसारका कर्मचारीको आवश्यकता परेकाले योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरूबाट आवेदन आह्वान गरिएको छ ।

क्र.सपदसंख्यायोग्यताबिषय क्षेत्र तथा अनुभव
१स्वास्थ्य तथा पोषण अधिकृत१ जनाजन स्वास्थ्य, नर्सिङ वा पोषणमा स्नातक डिग्री
  • कम्तीमा ३ वर्षको सम्बन्धित विषयमा अनुभव भएको ।
  • MNCH, IMAM, MSNP तथा स्वास्थ्य प्रणाली सुदृढीकरणमा काम गरेको अनुभव भएको । 
  • राष्ट्रिय स्वास्थ्य/पोषण नीतिहरू, HMIS/DHIS2 र तथ्यमा आधारीत योजना तर्जुमाका बारेमा जानकार भएको ।
  • GESI, safeguarding, accountability, and MEAL systems का बारेमा जाकारी भएको ।

दरखास्तमा समावेश गर्नुपर्ने कागजातहरुः

१. नेपाली नागरिकताको प्रमाण—पत्र ।

२. शैक्षिक प्रमाण—पत्रको प्रतिलिपि ।

३. यस भन्दा अघि काम गरेको अनुभव पत्र ।

४. अद्यावधिक गरेको २ जना रेफरेन्स व्यक्ति सहितको आवेदकको विस्तृत वायोडाटा (CV) ।

५. दुई पाग्रे सवारि साधनको ईजाजत पत्र भएकालाई विशेष प्राथमिकता दिईने छ ।

माथि उल्लेखित कागजात सहित कार्यालयमा स्वयम् वा प्रतिनिधि उपस्थित भई वा ईमेल vacancy@sundarnepal.org.np मार्फत दरखास्त दिन सकिनेछ । म्याद नाघी आएका, तोकिएको शैक्षिक योग्यता नपुगेका, अनुभव नपुगेका, तोकिएका मापदण्ड पुरा नभएका वा रित पुरा नगरेका निवेदनहरु स्वीकृति गर्न संस्था वाध्य हुनेछैन । संस्थाले पूर्ण वा आशिंक कुनै पनि आवेदन विना शर्त स्वीकृत गर्ने वा नगर्ने अधिकार आफूमा निहित गर्दछ । प्रारम्भिक छनौटमा परेका उम्मेदवारहरुलाई मात्र लिखित तथा मौखिक छनौंट प्रक्रियामा समावेश गरिनेछ । समाजमा पछाडि पारिएका महिला, दलित, जनजाति, अपाङ्गता भएका व्यक्ति, सीमान्तकृत वर्गलाई दरखास्त पेश गर्नका लागि विशेष प्रोत्साहित गरिन्छ । यस संस्था यौन उत्पीडन, शोषण र दुव्र्यवहार र बाल दुव्र्यवहार रोक्नका लागि संस्थाको सुंरक्षा नीति तथा अन्य सम्बन्धित नीतिहरु सहित प्रतिबद्ध रहेको छ ।

दरखास्त दिने अन्तिम मिति: १९ आश्विन, २०८३ ( ०५ अक्टेबर २०२६) बेलुका ०५:०० बजेसम्म पेश गर्न अनुरोध गरिन्छ । यदि सो दिन सार्वजनिक बिदा परेमा त्यस लगत्तै कार्यालय खुल्ने दिनको ०५:०० बजेसम्म आवेदन दिन सकिनेछ ।

थप जानकारीका लागि निम्न ठेगानामा सम्पर्क गर्नका लागी जानकारी गरिन्छ ।

Link: Detailed JD

सुन्दर नेपाल संस्था

वीरेन्द्रनगर–८ आवासक्षेत्र, सुर्खेत

फोन न: ०८३–५२०९२६/५२३५३०, 

वा ईमेल: vacancy@sundarnepal.org.np

Overview

Category Public Health, Development Project, Nursing
Openings 1
Position Type Full Time, Contract
Experience 3+ years
Education B.P.H. (Bachelors in Public Health), Bachelor’s degree in Nursing
Posted Date 29 Sep, 2026
Apply Before 05 Oct, 2026
City Surkhet