सेवा तथा सामग्री आपूर्तिकर्ता सुचिकृत सम्बन्धी सूचना

Rural Community Development Center (RCDC) Besishahar

Details / requirements:

सेवा तथा सामग्री आपूर्तिकर्ता सुचिकृत सम्बन्धी सूचना

ग्रामिण सामुदायिक विकास केन्द्र लमजुङ (RCDC Lamjung): लमजुङ जिल्ला प्रशासन कार्यलय लमजुङमा दर्ता नं. ४६२/०६२/०६३ मा दर्ता भएको र १८७१७मा समाज कल्याण परिषदमा आवद्घता भएको गैरसरकारी संस्था हो । यस संस्थाले वाल विकाश, महिला शसक्तिकरण र शुसासन संस्कार विकासमा सहजिकरण गर्दै आएको छ यसै सन्दर्भमा वल्र्ड भिजन इन्टरनेशनल नेपालसंगको साझेदारीमा पोशण तथा जिविकोपार्जन उत्थनशिल कार्यक्रमहरू सञ्चालन गर्न गईरहेकोले यस संस्थालाई आ.ब. २०२१/२०२२ को निम्ति तपशिलमा उल्लेखित सेवा तथा सामाग्रिहरु आवश्यकता अनुसार एकै पटक वा पटक पटक खरिद गर्नुपर्ने भएकाले दिर्घकालिन सम्झौता (Long Term Agreement) गर्न खोजेको हुदा (RCDC Lamjung)ले योग्य सम्भाबित आपुर्तिकर्ताहरुलाई पुर्व योग्यता (Supplier Pre-Qualification Process) प्रकृयामा सम्बन्धित इच्छुक इजाजत प्राप्त फर्म, कम्पनी वा सप्लायसहरूलाई सूचि दर्ताको लागि आबेदन सहित उल्लेखित कागजात आगामी मिति १५ अक्टोबर २०२१ दिनको ५:०० बजे भित्रमा कार्यलयमा वा इमेल मार्फत सुचिकृत हुनकालागि आह्वान गरिन्छ ।

खरिद हुने सेवा तथा सामाग्रीहरु

  • परामर्श तथा प्रशिक्षण सेवाहरु (बाल संरक्षण, विपद् व्यवस्थापन, जलवायू परिवर्तन, महिला हिंसा, खानेपानी सरसफाई, स्वास्थ्य तथा पोषण, जिविकोपार्जन, शिक्षा, सामुदायीक परिचालन, सूशासन, नेतृत्व विकास जस्ता विभिन्न विषयका लागि प्रशिक्षक, अनुवादकर्ता तथा अनुसन्धानकर्ता)।
  • स्वयंसेवक तथा तथ्याङ्क सङ्कलन कार्य ।
  • भवननिर्माण, शौचालय निर्माण, चापाकल गाडने कार्यको लागि निर्माण व्यवसायी ।
  • सवारी साधन (बस, स्कारपियो, बोलेरो, मिनी ट्रक, पिकअपभ्यान, ट्रयाकटर, टेम्पो) भाडामा लिने सम्बन्धि कार्य ।
  • कार्यालय मसलन्द, स्टेशनरी, रिचार्ज तथा खेलकुद आपूर्ति गर्ने कार्यहरु ।
  • छपाई (कपि, किताब, पोष्टर, प्रमाण पत्र, स्टिकर, शैक्षिक सामग्री, होर्डिङ बोर्ड, मायाको चिनो) कार्यहरु ।
  • कृषिऔजार, पशु सम्बन्धि सामग्री तथा औषधि, बिउ बिजन, मल, किटनासक विषाधी औषधि, बाख्रा फर्म, सुँगुर फर्म, कुखुरा फर्म, सम्बन्धि कार्यहरु ।
  • पत्रिकामा विज्ञापन, सूचनातथा सन्देश प्रसार गर्ने कार्य (राष्ट्रिय स्तरमा) ।
  • एफ. एम. रेडियो र टेलिभिजनबाट सूचना तथा सन्देश प्रसारण कार्य ।
  • मोटरसाइकल तथा साइकल मर्मत सम्भार तथा पार्टपुर्जा आपूर्ति कार्य ।
  • कम्प्यूटर, ल्यापटप, फोटोकपी प्रिन्टर एवं इलेक्ट्रोनिक्स सम्बन्धि सामानहरु, एयर कण्डिसनर, यु.पि.एस. आदिका पार्टपुर्जा जडान एवं मर्मत कार्य सम्बन्धि ।
  • स्टुडेन्ट किट, हाइजिन किट, खानेपानी तथा सरसफाइ किट, एनएफआइ किट ।
  • फर्निचर (काष्ट दराज, टेबल, कुर्सि र स्टिल) तथा फर्निसिङ्ग (कार्पेट, कुसन, पर्दा कपडा आदी) सामानहरु आपूर्ति गर्ने कार्य ।
  • हार्डवेयर (कर्कट पाता, सिमेन्ट, रड, रङ्ग रोगन, शौचालयका सामाग्रीहरु रसिचाईका सामाग्रीहरु जस्तैः मोटर, दमकल आदि) आपूर्ति कार्य ।
  • खानेपानी तथा पाईपलाइन विस्तारका सामाग्रीहरु तथा फिटिङ्गस् सामाग्रीहरु आपूर्ति कार्य।
  • माटो, इट्टा, बालुवा र गिटी आदी आपूर्ति कार्य ।
  • तालिम, बैठक तथा गोष्ठी संचालनका लागि खाना तथा आवास सहितको तालिम कक्ष भएको होटल सम्बन्धि सेवा प्रदान गर्ने कार्य ।
  • समुदायमा खाजा र खाना खुवाउने सम्बन्धि सेवा प्रदान गर्ने कार्य।
  • उद्यमशीलता तथा सीपमूलक तालिम (हाउस वाइरिङ्ग, मोबाइल तथा फोन मर्मत, सिलाई बुनाई, बुटिक आदि) सम्बन्धि तालिम प्रदानग र्ने सेवा प्रदायक ।
  • कचहरी तथा सडक नाटक सञ्चालन कार्य गर्ने ।
  • स्कुलपोशाक, अन्य कपडाहरु, ब्याग, कम्बल, त्रिपाल तथा किटनाशक झुल आपूर्ति कार्य ।
  • प्राथमिक उपचार तथा मेडिकल औजार सामाग्रीहरु, बिपतको समयमा स्वास्थ्य सेवा आपुर्ति गर्ने कार्य ।
  • मोबाइल मर्मत सम्भार तथा पार्ट पुर्जा आपूर्ति गर्ने कार्य ।
  • फलाम, स्टिल तथा आलमुनियम वेलडिङ तथा वर्कसप (ठेला तथा आइरन सामग्री आदि) निर्माण कार्य गर्ने व्यवसायी ।
  • कार्य क्षेत्र (बेशीसहर, सुन्दरबजार, दोर्दी र क्ह्वोलासोथार) मा रहेको बचत तथा ऋण एवंम कृषी सहकारी संस्थाहरु ।
  • किराना, सौन्दर्य, टेलरिङ्ग, चप्पल, जुता, भाडा वर्तन लगायत अन्य सामाग्रीहरु आपूर्ति गर्ने कार्य ।
  • कुरियर तथा हावाई टिकट सेवा ।
  • Website and web-based MIS development गर्ने कार्य।
  • टेन्टहाउस सर्भिस प्रदान गर्ने कार्य । 

दरखास्त साथ पेश गर्नुपर्ने आवश्यक कागजातहरु

१. फर्म दर्ता प्रमाणपत्रको प्रतिलिपि र आधिकारीक बिक्रेता प्रमाण पत्र (Authorized dealer)

२. स्थायी लेखा नम्बर र मु. अ. करमा दर्ता भएको प्रमाणपत्रको प्रतिलिपि

३. मु. अ. करमा दर्ता नपर्नेको हकमा सोको आधिकारिक कागजातको प्रतिलिपि

४. आर्थिक बर्ष ७६/७७ को कर चुक्ता प्रमाणपत्रको प्रतिलिपि

५. पछिल्लो बर्ष विभिन्न सार्वजनिक निकायहरु मा कारोवार गरेको प्रमाणको प्रतिलिपि ।

आवश्यक सुचिदर्ताको फारम कार्यालयमा सम्पर्क राखि पाउन सकिनेछ । वा इमेल मार्फत माग गर्न सकिनेछ ।

आवश्यक सुचिदर्ताको फारम तलको लिङ्कमा रहेको साथै कार्यालयमा सम्पर्क गरि पाउन सकिनेछ । 

Link:- https://drive.google.com/file/d/18jYMKNdBCB6cXwaMejjFDIh-OmUtNBAu/view?usp=sharing

यो सुचनामा उल्लेख भए बाहेक थप अरु केही सम्बन्धीत प्रमाण पत्रभएमा सो पनि संलग्न गर्न सकिने छ ।

ग्रामीण सामुदायिकविकास केन्द्र लमजुङ

प्रधान कार्यालयः क्याम्पस रोड, बेशीसहर-०७ लमजुङ, फोन नं. ०६६-५२००६१

इमेल ठेगानास: lamjung.rcdc@gmail.com or rcdc.procurement@gmail.com

वेवसाइटः www.rcdcnepal.org

Overview

Category Expression of Interests, Tender Notice, Bid
Position Type Contract
Experience Please check details below.
Education Please check details below.
Posted Date 29 Sep, 2021
Apply Before 15 Oct, 2021
City Lamjung