सेवा र सामग्री आपूर्तिकर्ताहरूको लागि सूचि दर्ता सम्बन्धी सूचना

Social Organization District Coordination Committee, Parsa

Details / requirements:

सामाजिक संस्था जिल्ला समन्वय समिति,पर्सा 

सेवा र सामग्री आपूर्तिकर्ताहरूको लागि सूचि दर्ता सम्बन्धी सूचना 

प्रथम पटक प्रकाशित मितिः २०८२/०३/२६

सामाजिक संस्था जिल्ला समन्वय समिति, पर्सा एक मुनाफा रहित गैर सरकारी संस्था हो । यस संस्थाले बिभिन्न दातृ निकायसँग समन्वय र सहकार्यहरूमा मधेश प्रदेशका आठै वटा जिल्लाका विभिन्न स्थानिय तहहरूमा सामाजिक विकासका क्षेत्रहरूमा कार्यहरू गर्दै आएको छ । यस संस्थालाई आ.ब.२०८२/२०८३ मा आवश्यक पर्ने तपसिल बमोजिमका सेवा तथा सामग्रीहरूको आपूर्ती गर्न गराउनको लागि सूचि तयार गर्नुपर्ने भएको हुदा इच्छुक व्यक्ति,दर्तावाल फर्म , संस्था तथा कम्पनीहरूले आफुले प्रदान गर्ने सेवा तथा सामग्रीहरूको छुट्टाछुट्टै विवरण उल्लेख गरी मिति २०८२।०४।१४ गते भित्र तल उल्लेखित यस संस्थाको कार्यालय ठेगानामा आवश्यक कागजातहरू सहित मौजुदात सुचीमा दर्ता गराउनु हुन आह्रान गरिन्छ । 

सेवा तथा सामग्री खरिद सम्बन्धि कार्यहरू:

क) बस्तु तथा सामग्री तर्फ:

१) कार्यालय मसलन्द , स्टेशनगरी तथा खेलकुदका समाग्रीहरू आपूर्ति गर्ने कार्यहरू । 

२) फर्निचर (काष्ठ तथा स्टिलका टेबुल कुर्सि,दराज ) फर्निसिङ्ग (कार्पेट, कुसन, पर्दा कपडाको) आदी समानहरू आपूर्ति गर्ने कार्य । 

३) हार्डवेयर (निर्माण सामग्री, सिमेन्ट, रड, कर्कट पाता ,धारा, रङ्गरोगन, सिचाइ सामग्री) आपूर्ति सम्बन्धि कार्य 

४) माटो,बालुवा र गिटी,ईट्टा ,ढुङ्खा आदी आपूर्ति गर्ने । 

५) किराना सम्बन्धी सामग्रीहरू (चामल,दाल, खाने तेल, चिनी,साबुन तथा अन्य सामग्रीहरू) 

६) स्कुल पोशाक तथा ब्याग, कम्बल, त्रिपाल, कपडा, रेडिमेड कपडा आदी आपूर्ति गर्ने । 

७) प्राथमिक उपचार तथा मेडिकल औजार सामाग्रीहरु, विपत ब्यवस्थापनका सामग्री आदी आपूर्ति गर्ने कार्य । 

८) ईलेक्ट्रोनिक सामग्री फ्रिज, प्राजेक्टर , क्यामेरा, ल्यापटप , कम्प्युटर सिसि टिभि, फोटोकपी मेसिन, प्रिन्टर, विद्युतिय सामग्री आदी आपूर्ति गर्ने ।

ख) सेवा सम्बन्धी कार्य तर्फ:

१) सवारी साधन: स्कारपयो, बोलेरो, पिकअप भ्यान, हायस, बस, मिनि ट्रक र ट्रेक्टर भाडामा लिने सम्बन्धि कार्य । 

२) छपाई: कपि,ब्यानर , सिलिप प्याड, डायरी, ब्रोसर, पोष्टर, किताब, टि–सर्ट प्रिन्ट , मायाको चिनो, होडिङ्ग बोर्ड लेखन कार्यहरु । 

३) पुर्वाधार निर्माण–भवन निर्माण, शौचालय निर्माण, खानेपानी ओभरहेड ट्याङ्क निर्माण तथा पाइपलाइन बिस्तार, धारा जडान, चापाकल(ह्याण्ड पम्प ) निर्माण कार्य सम्बन्धि कार्य 

४)आवासीय होटल तथा रेस्टुरेन्ट सेवा (आवासीय तालिम, बैठक, सेमिनारहरूका लागि)

५) समुदायमा खाना तथा खाजा, चिया नास्ता आपूर्ती, हल भाडा सम्बन्धी सेवा ।

६) कार्यक्रमहरूका लागि साउन्ड सिस्टम तथा टेन्ट व्यवस्थापनको लागि आवश्यक सेवाहरू

७) सडक नाटक सम्बन्धी सेवा, भिडियो प्रदर्शनी सम्बन्धी सेवा

८) परामर्श सेवाहरू (विभिन्न विषयका प्रशिक्षक, अनुवादकर्ता तथा अनुसन्धानकर्ता)

९) ईन्जीनियरिङ्क तथा डिजाईन र कन्सल्टेन्सी सम्बन्धी सेवा

१०) लेखा परिक्षण सम्बन्धी सेवा

११) रेडियो तथा टेलिभिजनमा श्रव्य दृश्य तथा सूचना प्रशारण सम्बन्धी सेवा

१२) जिवन तथा निर्जिवन विमा सेवा

१३) उद्यमशीलता तथा सिपमूलक तालिम प्रदान गर्ने सेवा प्रदायक 

१४) बिपद् जोखिम तालिम र सहजकर्ता, कृषि तालिम, जेसी अडिट, सोसल अडिट, लेबर अडिट

ग) मर्मत सम्बन्धी कार्य तर्फः–

१) कम्प्युटर, ल्यापटप,सिसि टिभी, फोटोकपी तथा प्रिन्टर मेसिन, टेलिफोन मर्मत तथा जडान सम्बन्धी कार्य

२) गाडी, साइकल र मोटरसाइकल मर्मत सम्भार तथा पार्टपुर्जा आपूर्ति गर्ने कार्य

३) इलेक्ट्रोनिक्स उपकरण, विद्युत उपकरण मर्मत तथा जडान

४) पुर्वाधार मर्मत– (भवन, शौचालय) आदी

पालन गर्नुपर्ने शर्तहरू:

१) फर्म/संस्था, कम्पनी दर्ता, स्थायी लेखानम्बर, मू.अ.कर दर्ताप्रमाण–प्रत्रको प्रतिलिपिहरू । 

२) आ.व.२०८१/८२ को कर चुक्ता प्रमाण–प्रत्रको प्रतिलिपि ।

३) निवेदन पेश गर्ने फर्म र संस्था वा कम्पनीले कुन समूह अन्तर्गत सूचीकृत हुन चाहेको हो? स्पष्ट खुलेको पत्र वा निवेदन ।

४) विगतमा सम्बन्धित समूह अन्तर्गतका कार्यहरू सफलतापूर्वक सम्पन्न गरेको प्रमाणित विवरणहरू ।

५) प्रचलित कानुन बमोजिम अयोग्य नभएको, कालोसुचीमा नपरेको व्यहोरा फर्म, कम्पनी आफैले स्वघोषणा गरी निवेदन साथ संलग्न गर्नुप र्नेछ ।

थप जानकारीहरू:

१) म्याद नाघि पेश भएको, आवश्यक कागजातहरू पुरा नभएको निवेदन उपर कुनै कारवाही हुने छैन ।

२) सूचीकृत भएको आपूर्तीकर्ता फर्म र संस्था वा कम्पनीहरूसँग प्रचलित नियमानुसार लिखित दर रेट माग गरी कार्यालयको आवश्यकता अनुसारको सामान, आपूर्ति, मर्मत, परामर्श सेवा अन्य सेवा खरिद गर्न सकिनेछ ।

३) सूचीकृत भएका फर्म र संस्था वा कम्पनीहरूले सन्तोषजनक सेवा तथा सामान आपूर्ति नगरेको खण्डमा लिखित जानकारी दिई सूचीकृतबाट हटाउन सकिनेछ । यस उपर कुनै दावी बिरोध गर्न पाईने छैन ।

४) फर्म र संस्था वा कम्पनीहरू सूचीकृत गर्ने वा नगर्ने सम्पूर्ण अधिकार यस कार्यालय SODCC Parsa मा निहित रहनेछ ।

५) सूचीकृत भएका फर्म र संस्था वा कम्पनीहरूको नामावली यस कार्यालयको सूचना पाटीमा टाँस गरिनेछ । आपूर्तिकर्ताहरूले (अन्य विस्तृत जानकारीको लागी कार्यालय समयमा यस सँस्थाको कार्यालयमा सम्पर्क गरी बुझ्न सक्नु हुनेछ ।

सेवा तथा समाग्रीहरूको हकमा सूचि दर्ता तथा दर रेट समेत उपलब्ध गराउनु पर्नेछ र आवश्यक सुचिदर्ताको फारम सामाजिक संस्था जिल्ला समन्वय समिति पर्साको कार्यलयमा सम्पर्क राखि पाउन सकिने छ । सुचिदर्ताको फारम (सुचिदर्ता निवेदन, सुचिदर्ता फारम आपुर्तिकर्ता आचारसंहितामा सहिछाप गरि बन्द खाम भित्र राखि तल उल्लेखित सम्पर्क ठेगानामा बुझाउन सकिनेछ ।    

सामाजिक संस्था जिल्ला समन्वय समिती, पर्सा (SODCC, Parsa)

केन्द्रिय कार्यालयः बिरगंज, पर्सा

Email : sodcc.parsa@gmail.com

सम्पर्क नं.: ९८६५२२४७३३,९८४५०३३९०८

नोटः– परामर्शदाता (Consultant) र आपूर्तिकर्ता (Supplier) का लागि अलग–अलग दर्ता फारम छन्। कृपया आफूलाई सम्बन्धित पर्ने कुनै एक फारम मात्र भर्नु होला ।

Overview

Category Development Project, Expression of Interests, Tender Notice, Bid
Position Type Contract
Posted Date 09 Jul, 2025
Apply Before 30 Jul, 2025
City Parsa