स्थानिय स्तरको CSO छनौटको लागि प्रस्ताव पत्र माँग गरिएको सम्बन्धमा ।
Details / requirements:
सूचना
स्थानिय स्तरको CSO छनौटको लागि प्रस्ताव पत्र माँग गरिएको सम्बन्धमा ।
चौथो पटक सूचना प्रकाशित मिति २०८३/०१/२१
सामुदायिक विकास तथा पैरवि मन्च नेपाल बर्दिबासले सेभ दि चिल्ड्रेन ईन्टरनेश्नलको साझेदारिमा संन्चालित समुन्तति परियोजना अन्तर्गत बर्दिबास तथा गौशला नगरपालिका अन्तर्गतका समुदायमा बालबिवाह तथा अन्य सामाजिक विकृतिको सम्बन्धमा जनचेतना मुलक कार्यक्रम संचालनका लागि स्थानिय (गौशला तथा बर्दिबास नगरपालिका) संचालित CSO हरूसँगको साझेदारिमा कार्यकम संचालन गर्नको, यसै साथ संलग्न ToR आधारमा स्थानिय स्तरको CSO बाट प्रस्ताव पत्र माँग गरिएको छ । तसर्थ ईच्छुक CSO हरूले कार्यलयमा सम्पर्क गरि प्रस्ताव पत्र तथा बिस्तृत जानकारी लिन सकिने र सूचना प्रकशित भएको मितिले ७ दिन वा मिति २०८३/०१/२७ गते दिउँसो ५ बजे भित्रमा आवश्यक कागजपत्र(संस्था दर्ताको प्रमाण पत्र, पान तथा भ्याटको प्रमाण पत्र, आ.व.२०७९/०८० कर चुक्ताको प्रमाण पत्र, बिधान, पस्ताव पत्र वा ToR अनुसारको कागज पत्र) संलग्न गरि शिलबन्दि प्रस्ताव पत्र माग गरिएको छ ।
निम्नः
सम्पर्क ठेगाना: सामुदायिक विकास तथा पैरवी मंच नेपालको परियोजना कार्यालय बर्दिबास,३ गौरिडाँडा
सम्पर्क व्यक्ती: खड्ग बहादुर बस्नेत (लजिष्टिक अफिसर)
ईमेल मार्फत दरभाउ पत्र प्राप्त र पेश गर्न: स्थाको परियोजना कार्यलयमा, बर्दिबास ,३
सम्र्पक नं.: ९८४४४२३९८५/९८४४०३००९३
नोटः (क) प्रस्ताप पत्र यस संस्थाको कार्यालयबाट निशुल्क प्राप्त गर्न सकिनेछ ।
(ख) प्रस्ताव पत्र बुझाउने अन्तिम मितिमा सार्वजानिक विदा परेमा सो दिनको भोलिपल्टको मितिलाई अन्तिम मिति गणना गरिनेछ ।
(ग) रित पुर्वक प्राप्त नभएका, आवश्यक कागजपत्र संलग्न नगरेका र म्याद नाघि प्राप्त भएका प्रस्ताप पत्र समावेश नगरिने व्यहोरा समेत यसै सूचना मार्फत सुचित गरिन्छ ।
(घ) प्रस्ताब पत्र मिति २०८३ साल बैशाख २८ गते तदअनुसार ११ मे २०२६ तारिख सोमबारका दिन बिहान ११ बजे सामुदायिक विकास तथा पैरवी मन्च नेपालको परियोजना कार्यालयको तालिम हलमा बसि प्राप्त दरभाउ पत्र खोलिने भएकाले उक्त कार्यक्रममा दरभाउ पत्र पेश गर्ने सप्लायर्सका प्रतिनिधिहरूलाई बैठकमा उपस्थिती तथा सहभागिताको निम्ती यसै सूचना मार्फत हार्दिक अनुरोध गर्न चाहान्छौ । उक्त कार्यक्रममा सहभागिता तथा उपस्थिती नभए पनि प्रस्ताप पत्र खोलि प्रकृया अगाढि बढाउन कुनै बाधा/अवरोध नपर्ने व्यहोरा समेत यसै सूचना मार्फत सुचित गरिन्छ ।
(ङ) यस संस्थाको बालबालिका निति लगायत संस्थाका अन्य निति पालना गर्ने सप्लायर्स सँग मात्र कारोबार गर्न सकिने व्यहोरा समेत जानकारी गराईन्छ ।
(च) प्रस्ताव पत्र छनौटको आधार प्रस्तावकको आर्थिक प्रस्तावलाई ४० प्रतिशत अंक भार र प्रस्तावकको अनुभव, क्षमता, संरचना, बिधान, पोलिसिको आधारलाई ६० प्रतिशत अंकभारको आधारमा पेश भएका प्रस्ताव पत्रहरू छनौट गरिने व्यहोरा समेत यसै सूचना मर्फत जानकारी गराईन्छ ।
(छ) यस भन्दा पहिले प्रकाशित सूचना अनुसार प्रस्ताव पेश गर्ने सप्लायर्सको प्रस्ताव यथावत राखिएको छ । थप संसोधन गर्नु पर्ने बाहेक पुनः पेश गर्नु पर्ने छैन ।
सामाग्रि खरिद तथा व्यबस्थापन समिति
सामुदायिक विकास तथा पैरवी मंच नेपाल, बर्दिबास
Overview
| Category | Development Project, Expression of Interests, Tender Notice, Bid |
| Openings | 1 |
| Position Type | Contract |
| Posted Date | 04 May, 2026 |
| Apply Before | 10 May, 2026 |
| City | Bardibas |