कर्मचारी आवश्यकता

HRENDC-Nepal

Details / requirements:

कर्मचारी आवश्यकता

सूचना प्रकाशित मिति :२०८३।१।२०

फेल्म नेपालको आर्थिक सहयोगमा मानव अधिकार तथा वातावरण विकास केन्द्र (हेरेन्डेक–नेपाल), मुगु र मानसिक स्वास्थ्य तथा परामर्श केन्द्र–नेपाल, काठमाडौंको सहकार्य र समन्वयमा मुगु जिल्लाको छायानाथ रारा नगरपालिका र खत्याड गाउँपालिकामा समावेशी गुणस्तरीय शिक्षामा योगदान पुर्याउने उद्देश्यले सञ्चालन हुने “अपाङ्गता भएका व्याक्तिहरुको समावेशी तथा पहुँचयुक्त सशक्तीकरण” (Empowering Inclusion and Enhancing Accessibility for Person with Disabilities) परियोजना अन्तर्गत तपसील बमोजिमको कर्मचारी आवश्यक भएकोले सूचना प्रकाशित भएको मितिले ७ दिन भित्र (मिति २०८३।१।२० देखि २०८३।१।२६ सम्म) योग्यता पुगेका नेपाली नागरिकले संस्थाको कार्यालय गमगढी मुगुमा वा E-mail: hrendc_mugu@hotmail.com मार्फत निवेदन, व्यक्तिगत विवरण र आवश्यक कागजात पेश गर्नुहुन यो सूचना प्रकाशित गरिएको छ ।

१. पद:  परियोजना अधिकृत

संख्याः

कामको मूख्य जिम्मेवारीः

  • परियोजनाको उद्देश्य हासिल गर्नको लागि योजना बनाउने, परियोजनाको गतिविधि सञ्चालन गर्ने । 
  • शिक्षकहरुको लागि सिकाईको सर्वानुकुलित ढाँचा तालिम, विद्यार्थी मनोसामाजिक परामर्श तालिम, समावेशी शैक्षिक तालिम लगायतका तालिम सञ्चालनमा फिल्ड संयोजक एवं मनोविद्लाई आवश्यकता अनुसार सहयोग गर्ने । 
  • शिक्षकहरुको सीप क्षमता अभिबृद्धि र विद्यालयमा गरिने अभ्यासलाई संस्थागत गर्न विद्यालयस्तरमा तालिम प्राप्त शिक्षकको नियमित सुपरभिजन गर्ने, विद्यार्थी मनोसामाजिक परामर्श केन्द्र स्थापना र नियमित सञ्चालनमा प्राविधिक सहयोग गर्ने ।  
  • विद्यालयमा आधारित मनोसामाजिक प्रर्वधनात्मक क्रियाकलापहरु अन्तरगत किशोरकिशोरी स्वास्थ्य सचेतना, अभिभावक मनोशिक्षा, जीवनपयोगी सीप सम्बन्धि शिक्षा, बाल क्लवको क्षमता अभिबृद्धि, वि.व्य.स तथा शि.अ.संघ. सँगको अन्तरक्रिया लगायतका गतिविधिहरु सञ्चालन गर्ने । 
  • रेफरल स्वास्थ्य निकायका तालिम प्राप्त स्वास्थ्यकर्मीहरुलाई मनोपरामर्श सेवामा क्षमता अभिबृद्धि गर्दै विद्यालयबाट रेफर भएका विद्यार्थीहरुलाई मनोपरामर्श सेवा प्रदान गर्ने  । 
  • सामाजिक परिचालकलाई आ–आफ्नो स्थानीय तहमा रहेर काम गर्न सहयोग गर्ने र उनीहरुको क्षमता अभिबृद्धि गर्ने ।  
  • स्थानीय सरकारका जिम्मेवार निकायसँग समन्वय गरी कार्यक्रमको कार्यान्वयन, अनुगमन र मुल प्रवाहीकरणका लागि भूमिका खेल्ने । 
  • समुदायमा आधारित युवा मनोसामाजिक केन्द्र स्थापना, युवाहरुको क्षमता अभिबृद्धि मार्फत केन्द्रको नियमित सञ्चालनमा सहयोग गर्ने ।
  • विद्यालय बाहिर रहेका बालबालिकाहरु र अपांगता भएका बालबालिकाको शिक्षामा पहुँच पुर्याउनको लागि विद्यालय शिक्षा र घर–घरमा शिक्षाको अवधारणालाई परियोजनामा एकीकृत गर्ने । 
  • अपाङ्गता भएका र जोखिममा रहेका बालबालिकाको परिवारका सदस्यहरुलाई जिविकापार्जनका कृयाकलाप सञ्चालन गर्ने काममा सरकारी लगायतका संघसस्थासँग समन्वय गर्ने, सम्पर्क गर्ने र सो को लागि सहजीकरण गर्ने ।
  • प्रतिवेदन तयार गर्ने, सफलताको कथा लेख्ने, तथ्यांकहरुलाई ब्यवस्थित गर्ने ।

योग्यताः

  • मनोविज्ञान वा सामाजिक कार्य (Social Work) वा शिक्षा विषयमा स्नातक उत्तीर्ण गरेको वा मनोसामाजिक परामर्शमा पोष्ट ग्राजुएट (PGD in Counselling) उत्तीर्ण गरी विद्यालय र समुदायमा आधारित मानसिक स्वास्थ्य तथा मनोसामाजिक सहयोगको क्षेत्रमा ३ वर्ष भन्दा बढि समय काम गरेको । 
  • राष्ट्रिय स्वास्थ्य तालिम केन्द्र वा अन्य संस्थाबाट भौतिक रुपमा मनोसामाजिक परामर्शको ६ महिनाको तालिम लिएको ।
  • तालिम सहजीकरण, तालिम प्राप्त शिक्षकहरुको लागि सुपरिवेक्षण सीप, प्रभावकारी सञ्चारको सीप, बालबालिकाहरु, शिक्षक तथा अभिाभवक एवं समुदायमा काम गर्ने सीप भएको । 
  • प्रतिवेदन लेखन, तथ्यांक वा जानकारी संकलन र अभिलेखीकरण सम्वन्धि सीप भएको ।
  • संचार सम्वन्धि आवश्यक सीपका साथै कम्प्युटर, इन्टरनेट सम्वन्धि ज्ञान, सीप भएको ।
  • स्थानीय सरकार र अन्य सरोकारवालासँग कार्यक्रमको प्रभावकारिता र दिगो ब्यवस्थापनको लागि संयोजन गर्न सक्ने र पैरवी सम्वन्धी आवश्यक सीप भएको । 
  • बालबालिका लगायत जोखिममा परेका अन्य ब्यक्तिहरुको सुरक्षाका लागि आफैले वा अन्य व्यक्ति वा संघसस्थाहरुसँग समन्वय गरेर काम गर्न सक्ने ।

२. पद: सामाजिक परिचालक

संख्याः

कामको मूख्य जिम्मेवारीः

  • गुणस्तरीय समावेशी शिक्षा, अपाङ्गता समावेशीकरण, बाल मानसिक स्वास्थ्य सवालहरुमा शिक्षक, विद्यार्थी, अभिभावक, स्थानीय सरकार लगायत अन्य सरोकारवालाहरुमा जनचेतना बृद्धि गर्ने । 
  • बालबालिकाको मानसिक स्वास्थ्यको प्रर्वधनका लागि विभिन्न क्रियाकलाप जस्तै किशोरी स्वास्थ्य सचेतना, अभिभावक शिक्षा, जीवनपयोगी सीप, बाल क्लवको क्षमता अभिबृद्धि, वि.व्य.स तथा शि.अ.संघ. सँग अन्तरक्रिया लगायतका गतिविधिहरु सञ्चालन गर्ने । 
  • व्यवहारिक, भावनात्मक र मानसिक स्वास्थ्य समस्या भएका बालबालिकाको अभिभावकलाई समेटेर अभिभावक मानसिक स्वास्थ्य स्वावलम्वन समूह गठन गर्ने र उनीहरुको संस्थागत, पैरवी र वकालत सीप, क्षमता अभिबृद्धि गर्दै त्यस्ता समूहलाई समुदायस्तरमा परिचालन गर्ने र देशको कानुनले प्रत्याभूत गरेको हक अधिकारको प्राप्तीका लागि सशक्तिकरण गर्ने । 
  • मानसिक स्वास्थ्य तथा मनोसामाजिक सवालहरुमा जनचेतना अभिबृद्धि गरी मानसिक स्वास्थ्य समस्या भएका बालबालिका र परिवारका सदस्य प्रतिको लाञ्छना र भेदभाव कम गर्न सहयोग गर्ने । 
  • अपाङ्गताको क्षेत्रमा काम गर्ने संस्थासँग सहकार्य गरी अपाङ्गता भएका ब्यक्तिहरुको हक, अधिकार संरक्षण, समावेशी र सेवामा पहुँच बृद्धिका लागि सहयोग गर्ने । 
  • विद्यालय बाहिर रहेका र अपांगता भएका बालबालिकाको शिक्षामा पहुँच पुर्याउनको लागि घर घरमा शिक्षाको अवधारणालाई घरभेटघाटको माध्यमबाट प्रभावकारी बनाउन सहयोग गर्ने ।
  • सिकाई निरन्तरतालाई सहयोग गर्न अपांगता भएका र जोखिममा रहेका बालबालिकाको परिवारका सदस्यहरु लक्षित जिविकापार्जनका कृयाकलाप सञ्चालनका लागि आवश्यक सहयोग गर्ने । 
  • परियोजनाको गतिविधि सञ्चालन गर्न परियोजना अधिकृतलाई आवश्यकता अनुसार सहयोग गर्ने ।

योग्यताः

  • प्रविणता प्रमाणपत्र तह वा प्लस टु उत्तीर्ण गरि सामाजिक परिचालनको क्षेत्रमा कम्तीमा पनि ३ वर्षको अनुभव भएको । 
  • अधिकारमुखी सामाजिक परिचालनमा समुदायस्तरका संस्थाहरुसँग काम गरेको अनुभव भएको । 
  • प्रतिवेदन लेखन, तथ्यांक वा जानकारी संकलन र अभिलेखीकरण सम्वन्धि सीप भएको ।
  • संचार सम्वन्धि आवश्यक सीपका साथै कम्प्युटर, इन्टरनेट सम्वन्धि ज्ञान÷सीप भएको ।
  • स्थानीय सरकार र अन्य सरोकारवालासँग कार्यक्रमको प्रभावकारिता र दिगो ब्यवस्थापनको लागि संयोजन गर्न सक्ने र पैरवी सम्वन्धी आवश्यक सीप भएको । 
  • बालबालिका लगायत जोखिममा परेका अन्य ब्यक्तिहरुको सुरक्षाका लागि आफैले वा अन्य व्यक्ति वा संघसस्थाहरुसँग समन्वय गरेर काम गर्न सक्ने ।

३. पद:  प्रशासकीय तथा वित्तिय अधिकृत

संख्याः

कामको मूख्य जिम्मेवारीः

  • संस्थाको नीति नियम अनुसार लेखापालन प्रणालीलाई व्यवस्थित गर्ने । 
  • स्विकृत कार्ययोजना अनुसार परियोजनाका कर्मचारीलाई पेश्की उपलब्ध गराउने र खर्चको विवरण पुष्टि हुने गरि बिल भपाई रुजु गरि पेश्की फर्छेयोट गर्ने ।
  • वित्तिय योजना तयार गर्ने, चौमासिक बित्तिय अनुदान माग गर्ने, बित्तिय प्रतिवेदन तयार गरि समयमानै पेश गर्ने ।
  • संस्थाको आन्तरीक नियन्त्रण प्रणालीलाई मजबुद बनाउने ।
  • Logistic र अन्य प्रशासकीय काम गर्ने ।

योग्यताः

  • वित्तिय अध्ययन वा वित्तिय प्रशासनमा स्नातक तह उत्तीर्ण गरि गैरसरकारी संस्थामा कम्तीमा २ वर्ष लेखापालन, वित्तिय व्यवस्थापन र वित्तिय प्रतिवेदन तयारीमा अनुभव भएको ।
  • Accounting software को ज्ञान सहित प्रयाप्त अनुभव भएको ।
  • Microsoft Office and Excel साथै इन्टरनेट सहित social media सम्वन्धि ज्ञान, सीप भएको ।
  • Logistic र अन्य प्रशासकीय कामको राम्रो अनुभव भएको ।

४. पद: अफिस सहयोगी

संख्याः

कामको मूख्य जिम्मेवारीः

  • समयमै कार्यालय खोल्ने र बन्द गर्ने । 
  • अफिस सरसफाइ सम्बन्धि सम्पूर्ण कार्य गर्ने । अफिस कोठा, झयाल, रेलिङ्ग, बरण्डा, कम्पाउण्ड लगायत अफिस भित्र र बाहिर रहेको शौचालय पनि आवश्यकता अनुसार सरसफाई गर्ने । 
  • अफिसको कर्मचारीहरुको लागि चिया, खाना र खाजा व्यवस्थापन, तथा पाहुनाहरुका लागि आवश्यक्ता अनुसार चिया, खानाको व्यवस्थापन गर्नुपर्ने । 
  • अफिसको अन्य प्रशासनिक कार्यमा सहायता गर्ने । 
  • कार्यालयमा रहेको सामानहरुको सुरक्षामा ध्यान दिने । 

योग्यताः

  • कक्षा ८ उत्तीर्ण गरेको ।
  • प्रशासकीय कामको राम्रो अनुभव भएको ।
  • अफिस सहयोगीको रुपमा काम गरेको अनुभव भएको ।

मानव अधिकार तथा वातावरण विकास केन्द्र (हेरेन्डेक–नेपाल) बालबालिका तथा जोखिममा रहेका अन्य व्यक्तिको सुरक्षा सवालमा विशेष चासो राख्दछ । यस संस्थाले बालबालिकाको सुरक्षा सम्वन्धि नीति र यौन शोषण, दुरुत्साहन र दुव्र्यवहार नीतिमा शुन्य सहनशीलता अपनाउँदछ ।

सुविधाहरु: 

  • सी.एम.सी. नेपाल र सम्वन्धित दातृ निकायसँग भएको सम्झौता अनुसार हुनेछ ।
  • करारनामा एक वर्षको लागि हुनेछ र कामको आवश्यकता अनुसार थप गर्न सकिनेछ ।

महिला तथा अपाङ्गता भएका ब्यक्तिहरुलाई विशेष प्राथमिकता दिईनेछ ।

छोटो सूचीमा परेका निवेदकलाई मात्र लिखित तथा अन्तरवार्ताको लागि छनौट गरिनेछ । पदपुर्ति प्रक्रिया सम्वन्धि सम्पूर्ण अधिकार मानव अधिकार तथा वातावरण विकास केन्द्र (हेरेन्डेक–नेपाल)मा निहित रहनेछ ।

Overview

Category Development Project, NGO/INGO/Social work
Openings Few
Position Type Contract
Experience Please check vacancy details.
Education Please check vacancy details
Posted Date 04 May, 2026
Apply Before 09 May, 2026
City Mugu