सन्दर्भ निर्देशिका (Terms of Reference) को लागि सुचना
Details / requirements:
मिति : २०८३/०३/२६
सन्दर्भ निर्देशिका (Terms of Reference) को लागि सुचना
दलित सामाजिक विकास केन्द्र र केयर नेपालको संयुक्त साझेदारीमा संचालित सम्बृद्धि परियोजना अन्तर्गत किशोरीहन्तर्गतरूको शिक्षा र जीविकोपार्जनमा जोड दिने उद्देश्य रहेको छ । शुद्धोधन गा.पा.को वडा नं. ४ र ६ मा किशोरी शिक्षा सम्बन्धि कार्यक्रम संचालन गर्दै आई रहेको सोही सन्दर्भमा किशोरीहरूको बजारको माँगमा आधारित सीप पहिचान तथा सम्भाव्य जीविकोपार्जन र उद्यमका अवसरहरूको नक्साङ्कनको कार्य गर्न बाह्रय स्रोत व्यक्तिको आवश्यकता पारेको हुनले कार्य गर्न इच्छुक रहेका योग्यतापुगेका व्यक्ति/फर्महरूबाट यो (Terms of Reference) माग गरेका छौ ।
निवेदन दिनु पर्ने अवधी : मिति २०८३/०३/२६ गते देखि ३२ गते सम्म (जम्मा ७ दिन)
कार्य स्थान : शुद्धोधन गा.पा. वडा न. ४ र ६
कार्य सम्पन्न गर्नु पर्ने समय : सम्झौता भएको २९ दिन भित्र (साउन भित्र)
उद्देश्य :
पालिका र सामुदायिक स्तरमा बजारको माँग अनुरूप आवश्यक सीपहरूको पहिचान गर्दै सम्भावित रोजगारी, जीविकोपार्जन तथा उद्यमशीलताका अवसरहरूको नक्साङ्कन र विश्लेषण गरी आवश्यक सुझाव प्रदान गर्नु ।
१. बाह्रय स्रोत व्यक्तिले गर्नु पर्ने कार्यः
- शुद्धोधन गा.पा.को वडा नं. ४ र ६ मा गई किशोरी सिकाई केन्द्र अन्तरगत रहेका सदस्य र अन्य समुदाय तथा सरोकारवालाहरू संग उक्त स्थानमा संचालन हुन सक्ने व्यवसायहरूको पहिचान गर्ने ।
- संचालन हुन सक्ने व्यवसायहरूको कच्चा पदार्थ उपलब्ध हुने नहुने बारे अवस्था बुझने ।
- अवस्था विश्लेषणका प्रतिवेदन संस्थालाई बुझाउने ।
२. पेश गर्नु पर्ने विवरण र कागजातहरू:
- व्यक्तिगत वा फर्म बाट निवेदन पेश गर्नु पर्ने । सोको सम्पूर्ण कागजात हुनु पर्ने र व्यक्तिगत भएमा नागरिकताको प्रितीलिपी पेश गर्ने ।
- उक्त कार्य गर्नका लागि आफ्नो अनुभव सहित सानो प्रस्तावना लेखि तोकेको समयमा पेश गर्ने ।
- सम्पूर्ण कार्य गरे वापत लाग्ने जम्मा खर्चको विस्तृत विवरण उल्लेख गर्नु पर्ने ।
- निवेदकले अनिवार्य रूपमा व्यक्तिगत विवरण (बायो डाटा), र व्यक्तिगत तथा दर्ता गरेको फर्म बाट निवेदन दिन सकिने छ । साथै सम्बन्धित शैक्षिक योग्यता खुल्ने गरी कागजातहरू निवेदन साथ तोकेको समयमा पेश गर्नु पर्ने छ ।
३. निवेदन पेश गर्नु पर्ने स्थानः दलित सामाजिक विकास केन्द्र क.व.न.पा.५ डँगरी कपिलवस्तु वा purchase.dsdc@gmail.com मार्फत पेश गर्न सकिन्छ । विस्तृत TOR का लागि संस्थाको वेबसाईड dsdc.org.np वा इमेल ठेगाना dsdc2061@gmail.com मा इमेल मार्फत माग गर्न सकिनेछ । सम्पर्क नं. ९८५७०५११५८
खरिद तथा व्यवस्थान उपसमिति
संस्थाको कार्यालय कपिलवस्तु नगरपालिका वडा नं. ५, डँगरी कपिलवस्तु dsdc2061@gmail.com
Overview
| Category | Development Project, Expression of Interests, Tender Notice, Bid |
| Openings | 1 |
| Position Type | Contract |
| Posted Date | 10 Jul, 2026 |
| Apply Before | 16 Jul, 2026 |
| City | Kapilvastu |