शिलबन्दी बोलपत्र आह्वान
Details / requirements:
Hilly Region Development Campaign (HRDC), Jajarkot
शिलबन्दी बोलपत्र आह्वान
Details/Requirement
बोलपत्र आह्वान सूचना (Invitation for Bids) ID:
E4WASH Scale-Up/Chaurjewa Solar-MUS/2026 August/004
E4WASH Scale-Up/Mallagaun Solar-MUS/2026 August/005
प्रथम पटक सूचना प्रकाशित भएको मिति : २०८३/०५/०८
भेरी नगरपालिका, वडा नं. ४, गैरीखाली, खलंगा, जाजरकोट स्थित पहाडी क्षेत्र विकास अभियान (HRDC) ले रिन्यूयवल वर्ल्ड नेपालको Clean Energy for Drinking Water, Sanitation and Hygiene (E4WASH) Scale-Up परियोजना, छेडागाड र भेरी नगरपालिकाको आर्थिक तथा प्राविधिक सहयोग र पहाडी क्षेत्र विकास अभियान (HRDC) को सहजिकरणमा यसै छेडागाड नगरपालिका अन्तर्गको वडा नं. ४, चौरजेवामा चौरजेवा Solar-MUS र भेरी नगरपालिका अन्तर्गको वडा नं. १२, मल्लगाउँमा मल्लगाउँ Solar-MUS लिफ्ट खानेपानी तथा सरसफाई आयोजनाहरुको निर्माण गर्न गईरहेको छ । उक्त आयोजनाहरुको लागि आवश्यक बाह्य निर्माण सामाग्री (हार्डवेयर, निर्माण सामाग्री, जि.आई.पाईप, एच.डि.पि.ई.पाईप, फिटिङ्ग), औजार र सुरक्षा सामाग्रीहरू आपूर्ति र ढुवानीका लागि बोलपत्र प्रकृयाबाट आधिकारीक, योग्य तथा इच्छुक सेवा प्रदायक फर्म/सप्लायर्स/आपूर्तिकर्ता/कम्पनीहरूबाट आजको मितिले १५ दिन भित्रमा विधिवत रूपमा भरिएको शिलबन्दी बोलपत्र फारामहरू पहाडी क्षेत्र विकास अभियान (HRDC) को माथि उल्लेखित परियोजनाको कार्यालयमा तोकिएको समय सीमा भित्र रीतपूर्वक बुझाउन यो सूचना प्रकाशित गरिन्छ । परियोजनालाई प्राप्त भएका शिलबन्दी बोलपत्रहरू मध्येबाट प्रतिस्पर्धामा प्रक्रिया पुर्याएर आएका फर्म/सप्लायर्स/आपूर्तिकर्ता/कम्पनीहरू मध्येबाट गुणस्तरीय सामाग्री, सुहाउँदो मूल्यमा समयमा नै उपलव्ध गराउने फर्म/सप्लायर्स/आपूर्तिकर्ता/कम्पनीलाई छनौट गरिने छ ।
बोलपत्रको विवरण तल उल्लेख गरिएको छ:
नियम तथा शर्तहरू (अनिवार्य) :
१. इच्छुक र योग्य बोलकर्ताहरूले बोलपत्र दस्तावेज पहाडी क्षेत्र विकास अभियान (HRDC) को परियोजना कार्यालय बाट वा जब्स नेपाल को लिंक वाट डाउनलोड वा इमेल hrdcjajarkot@gmail.com वा फोन नं. ०८९–४३००८९/९८४८१३५९२८ मा सम्पर्क गरी प्राप्त गर्न सक्नुहुन्छ ।
२. बोलपत्र दस्तावेज २०८३ भाद्र ८ गते देखि २०८३ भाद्र २२ गते सम्म (सार्वजनिक बिदा भए सोको भोलिपल्ट) कार्यालयमा बिहान १२:०० बजे सम्म उपलव्ध हुनेछ ।
३. इच्छुक र योग्य बोलकर्ताहरूले बोलपत्र पेश गर्दा कबुल गरेको जम्मा रकमको कम्तीमा ३ प्रतिशत बराबरको रकमको बैंक जमानत (Bank Guarente) बोलपत्र दस्तावेज पेश गर्ने अन्तिम दिन देखि कम्तिमा ३ महिना (९० दिन) सम्म समय अवधिको सक्कल पत्र पेश गर्नु पर्नेछ ।
४. बोलपत्र शिलबन्दी खामको बाहिर स्पष्ट रुपमा बोलपत्रको सूचना शिर्षक अनुसार Solar-MUS लिफ्ट खानेपानी आयोजना निर्माणका लागि हार्डवेयर, निर्माण सामाग्री, जि.आई.पाईप, एच.डि.पि.ई. पाईप, फिटिङ्ग, औजार र सुरक्षा सामाग्रीहरु माथि उल्लेख गरिए अनुसार हुनु पर्नेछ ।
५. पहाडी क्षेत्र विकास अभियान (HRDC) ले बोलपत्र तयारी वा पेश गर्ने क्रममा बोलकर्ताले गरेको कुनै पनि खर्चको जिम्मेवारी लिने छैन । बोलकर्ताहरुले चाहेमा कार्यस्थलको निरीक्षण गर्न सक्नेछन् ।
६. बोलपत्र दस्तावेज पेश गर्दा सबै आवेदक आपूर्तिकर्ताले निम्न कागजातहरु अनिवार्य रूपमा समावेश गर्नु पर्नेछ :
- सेवा प्रदायक फर्म/सप्लायर्स/आपूर्तिकर्ता/कम्पनीको प्रोफाइल/अनुभव
- सेवा प्रदायक फर्म/सप्लायर्स/आपूर्तिकर्ता/कम्पनीको नविकरण सहितको दर्ता प्रमाणपत्रको प्रतिलिपि
- सेवा प्रदायक फर्म/सप्लायर्स/आपूर्तिकर्ता/कम्पनीको VAT दर्ता प्रमाणपत्रको प्रतिलिपि (जसमा व्यवसाय कारोबारको शिर्षकमा स्पष्ट रूपमा हार्डवेयरको कारोबार गर्ने भनेर उल्लेख गरिएको हुनु पर्ने) ।
- सेवा प्रदायक फर्म/सप्लायर्स/आपूर्तिकर्ता/कम्पनीको कर चुक्ता प्रमाणपत्र (अध्यावधि गरिएको २०८१/०८२ सम्मको कर चुक्ता भएको) को प्रतिलिपि यदि सो नभएमा म्याद थपको पत्र
- सम्बन्धित निकायहरूमा दर्ता प्रमाणपत्र (अन्य निकाएको भएको भए)
- सेवा प्रदायक फर्म/सप्लायर्स/आपूर्तिकर्ता/कम्पनीको उपलव्ध गराउने हार्डवेयर, निर्माण सामाग्री, जि.आई.पाईप, एच.डि.पि.ई. पाईप, फिटिङ्ग, औजार र सुरक्षा सामाग्रीहरूको गुणस्तर प्रमाणित गर्ने प्रमाण पत्र वा कागजातहरू
- कालो सूचीमा नपरेको स्वःघोषणा पत्र
७. बोलपत्र फारामहरू रीतपूवर्क भरेर प्रत्येक पानामा सही छाप गरी शिलबन्दी खाममा २०८३ भाद्र २२ गते साँझ ५:०० सम्म (सार्वजनिक बिदा भए सोको भोलिपल्ट) पहाडी क्षेत्र विकास अभियान (HRDC) को परियोजना कार्यालय, भेरी नगरपालिका, वडा नं. ४, गैरीखाली, खलंगा, जाजरकोटमा (तल उल्लेख गरिएको पूरा ठेगाना) मा तोकिएको समय सीमा भित्र बुझाउनु पर्नेछ । अन्तिम मिति र समयको म्याद सकिएपछि प्राप्त भएका बोलपत्र दस्तावेजहरू मूल्याङ्कन प्रकृयामा समावेश गरिने छैन ।
८. बोलपत्रदाताहरूले बोलपत्रको कागजात बुझाउँदा Solar-MUS लिफ्ट खानेपानी तथा सरसफाई आयोजनाहरूलाई उपलव्ध गराउने सम्भव भए सम्मका सम्पूर्ण निर्माणका हार्डवेयर, निर्माण सामाग्री, जि.आई.पाईप, एच.डि.पि.ई. पाईप, फिटिङ्ग, औजार र सुरक्षा सामाग्रीहरूको नमूना (Sample) हरू पनि उपलव्ध गराउनु पर्नेछ ।
९. बोलपत्रदाताहरूले पहाडी क्षेत्र विकास अभियान (HRDC) को परियोजना कार्यालयले उपलव्ध गराएको बोलपत्रमा आफूले तोकेको प्रति इकाई दररेट (भ्याट सहित) प्रष्टसँग उल्लेख गर्नु पर्नेछ साथै तोकेको दररेट अनुसारको जम्मा रकम अंक र अक्षर दुबैमा उल्लेख गर्नु पर्नेछ । यदि कारणवश उल्लेख भएको जम्मा रकम नबुझिएमा अक्षरमा लेखिएको रकमलाई मान्यता दिइने छ ।
१०. बोलपत्रमा उल्लेख गरिएको निर्माण सामाग्रीहरूको परिमाण सप्लायर्स छनौट भए पश्चात सम्झौता पछि गरिने खरिद आदेशमा कम या बढी हुन सक्नेछ ।
१२. माथि उल्लेखित Solar-MUS लिफ्ट खानेपानी तथा सरसफाई आयोजनालाई उपलव्ध गराउने सम्पूर्ण निर्माण सामाग्रीहरू नेपाल गुणस्तर चिन्ह वा ISI चिन्ह प्राप्त हुनु पर्नेछ ।
१३. कोटेशनमा उल्लेखित सामाग्रीहरूको गुणस्तर, कम्पनी तथा ब्रान्डको नाम कोटेशन फारामको अन्तिमको कोलममा अनिवार्य उल्लेख गरिएको हुनु पर्नेछ । नेपाल गुणस्तर चिन्ह तथा ISI चिन्ह प्राप्त नभएका सामाग्री लोकल भएमा सोही कुरा उल्लेख गरिएको हुनु पर्नेछ ।
१४. सप्लार्यबाट प्राप्त जि.आई.पाईप, फिटिङ्ग, एच.डि.पि.पाईप, ब्रास फिटिङ्ग तथा भल्भ र अन्य निर्माण सामाग्रीहरूको प्राविधिकले जाँच गर्दा लोकल ब्रान्ड र गुणस्तरहिन भएमा सो सामानहरू सप्लायर्सले फिर्ता लिई कोटेसनमा उल्लेख गरेकै मूल्यमा गुणस्तरीय सामाग्री सप्लायर्सले उपलव्ध गराउनु पर्नेछ।
१५. कोटशनमा उपलव्ध गराएको दररेटमा नेपाल सरकारको नियमानुसार लाग्ने भ्याटको रकम जोडिएको वा नजोडिएको स्पष्ट उल्लेख गर्नु पर्नेछ । साथै बिलको रकम भुक्तानी गर्दा नेपाल सरकारको नियमानुसार लाग्ने अग्रिम कर कट्टी गरी भुक्तानी गरिने छ ।
१६. कोटेशनको म्याद कहिले सम्मको लागि मान्य हुने हो सो उल्लेख गर्नु पर्नेछ ।
१७. सप्लार्य छनौट भई सम्झौता भएको मितिले कति समय भित्रमा सामान उपलव्ध गराउन सकिन्छ सो उल्लेख गर्नु पर्नेछ ।
१८. सम्पूर्ण निर्माण सामाग्रीहरू २ वटै Solar-MUS लिफ्ट खानेपानी तथा सरसफाई आयोजना स्थलसम्म ढुवानी गर्नु पर्नेछ र ढुवानीको लागि लाग्ने खर्च पनि बोलपत्रमा उल्लेख गर्नु पर्नेछ ।
१९. संस्थाले भुक्तानी गर्दा सप्लार्यले निर्माण सामाग्रीहरू योजनाहरूको कार्यस्थलमा पुर्याएर उपभोक्ताहरूले सामान बुझेको भरपाई प्राप्त भएको ७ दिन देखि १५ दिन भित्रमा सम्बन्धित खातामा भुक्तानी गर्नेछ ।
२०. फर्म/सप्लायर्स/आपूर्तिकर्ता/कम्पनीले सम्पूर्ण विवरणहरूको जवाफ र निर्माण सामाग्री आपूर्ति तथा ढुवानी गर्न इन्छुक जानकारी सहित आफ्नो लेटरहेडमा लेखेर आधिकारिक हस्ताक्षर र फर्मको छाप लगाएर दिनु पर्नेछ ।
२१. प्राप्त भएको शिलबन्दी बोलपत्रहरू २०८३ भाद्र २३ गते बिहान १२:०० बजे पहाडी क्षेत्र विकास अभियान (HRDC) को परियोजना कार्यालयमा बोलपत्रदाताहरूको उपस्थितिमा खोलिनेछ । तर कुनै बोलपत्रदाताको प्रतिनिधी उपस्थित नभएको कारणले बोलपत्र खोल्नको लागि रोकिने छैन । प्रतिनिधीले कम्पनीको आधिकारीक अधिकृतले हस्ताक्षर गरेको आधिकारीक पत्र ल्याउनु पर्नेछ ।
२१. यदि बोलपत्र दस्तावेज खरिद, बुझाउने वा खोल्ने अन्तिम मिति कुनै सार्वजनिक बिदामा परेको खण्डमा त्यसको भोलिपल्टको कार्यालय समयलाई अन्तिम मिति मानिनेछ । सो अवस्थामा बोलपत्रको बैधता र बोलपत्र सुरक्षा बैधता मिति पुरानै मितिको आधारमा गणना गरिनेछ ।
२२. अन्य सबै शर्तहरू संस्थाको खरिद नियमावली र नेपाल सरकारको प्रचलित खरिद ऐन बमोजिम हुनेछन्।
२३. माथि उल्लेखित नियम र शर्तहरू पूरा नगरिएका वा नभएका कुनै पनि वा सबै बोलपत्र फारामहरूलाई पूर्ण वा आंशिक रुपमा स्वीकृत वा अस्वीकृत गर्ने सम्पूर्ण अधिकार पहाडी क्षेत्र विकास अभियान (HRDC) को खरिद समितिमा सुरक्षित राख्दछ ।
२४. छनौटमा पर्न गएको फर्म/सप्लायर्स/आपूर्तिकर्ता/कम्पनीसँग सम्झौता गरी खरिद आदेश मार्फत आवश्यकता अनुसारको परिमाण खरिद गर्नेछ ।
२५. फर्म/सप्लायर्स/आपूर्तिकर्ता/कम्पनीले संस्थाको Code of Conduct पढेर बुझेर हरेक पेजमा हस्ताक्षर छाप लगाई अनिवार्य बुझाउनु पर्नेछ ।
२६. कालो सूचीमा नपरेको स्वःघोषण पत्रमा छाप तथा हस्ताक्षर गरी अनिवार्य बुझाउनु पर्नेछ ।
२७. माथि उल्लेखित २ वटै Solar-MUS लिफ्ट खानेपानी तथा सरसफाई आयोजनाको लागि आवश्यक निर्माण सामाग्रीहरुको बोलपत्र फाराम, आयोजना स्थलको बिस्तृत जानकारी र अन्य आवश्यक कागजातहरू कार्यालयमा सम्पर्क गरी प्राप्त गर्न सकिने छ ।
२८. फर्म/सप्लायर्स/आपूर्तिकर्ता/कम्पनी छनौटका मापदण्डहरू :
- निर्माण सामाग्रीहरूको लागत मूल्य – ६०
- फर्म/सप्लायर्स/आपूर्तिकर्ता/कम्पनीको अनुभव ,निर्माण सामाग्रीहरूको गुणस्तर, विशेषता, ब्राण्ड वा विशिष्टिकरण अनुसारको–२०
- निर्माण सामाग्रीहरूको उपलव्ध हुने समय र अन्य सुविधा – १०
- निर्माण सामाग्रीहरूको नमूना (Sample) हरूको उपलव्धता – १०
लिङ्क:
- Annex-1_Detail of Scheme Location
- Annex-2_Declaration of Honour in Nepali
- Annex-3_Code of Conduct
- Annex-4 BOQ -Y2_List of Items to be Procured for the Solar MUS Project
बोलपत्र फाराम खरिद तथा बुझाउने ठेगाना :
पहाडी क्षेत्र विकास अभियान (HRDC), खलंगा, जाजरकोटको परियोजना कार्यालय
भेरी नगरपालिका, वडा नं. ४, गैरीखाली, खलंगा, जाजरकोट
इमेल: hrdcjajarkot@gmail.com
थप जानकारीको लागि ९८४८१३५९२८/०८९–४३००८९ मा सम्पर्क गर्न सकिनेछ ।
Overview
| Category | Development Project, Expression of Interests, Tender Notice, Bid |
| Openings | 1 |
| Position Type | Contract |
| Posted Date | 24 Aug, 2026 |
| Apply Before | 07 Sep, 2026 |
| City | Jajarkot |