सामाजिक परिचालक (Social Mobiliser)
Details / requirements:
पदपूर्ति सम्बन्धी सूचना
यूनाईटेड मिसन टु नेपाल मेडिकल डेभलपमेन्ट ट्रष्ट (यू.एम.एन. एम.डी.टी.), गरिब तथा सीमान्तकृत व्यक्ति एवम् समुदायहरूको जीवन रूपान्तरण गर्दै “प्रशस्तताको जीवन” तर्फ अग्रसर गराउने लक्ष्यसहित स्थापना भएको एक सार्वजनिक गुठी हो। नेपालका मानिसहरूको सेवामा समर्पित रहँदै, यस संस्थाले पाल्पाको यूनाईटेड मिसन अस्पताल तानसेन, र ओखलढुङ्गाको सामुदायिक अस्पताल तथा चार प्रदेशका ११ वटा जिल्लाहरुमा विभिन्न विषयगत सामुदायिक रूपान्तरणका परियोजनाहरु कार्यान्वयन गर्दै स्वस्थ, सम्मानित र सशक्त व्यक्तिहरू तथा रूपान्तरित समुदाय निर्माणका लागि स्थानीय सरकार र अन्य सरोकारहरुसँगको साझेदारी र सहकार्यमा काम गरिरहेको छ ।
पद: सामाजिक परिचालक (Social Mobiliser)
आवश्यक संख्या: ७ जना
परियोजनाको नाम र कार्यस्थल:
- दिगो जीविकोपार्जन (Roots to Resilience), बराहताल - ५ जना (२ जना प्राविधिक)
- विश्वास र विकास (Faith and Development), बिरेन्द्रनगर - १ जना
- खुसीका पाइलाहरु (Happy Feet), रुकुम पूर्व - १ जना
पदको मुख्य उद्देश्य:
यस पदको मुख्य उद्देश्य Seed of Change: Faith and Development, Roots to Resilience (R2R) र Happy Feet परियोजनाका गतिविधिहरू कार्यान्वयन गर्नु र समुदाय परिचालन गर्नु हो। साथै प्रभावकारी क्षमता विकास, सम्बन्ध निर्माण तथा क्रियाकलाप कार्यान्वयन मार्फत यू.एम.एन. एम.डी.टी.को कर्णाली प्रदेश क्लस्टरको रणनीतिमा योगदान पुर्याउनु हो।
शैक्षिक योग्यता तथा अनुभव:
- इन्टरमिडिएट (+२) तह उत्तीर्ण गरी सामाजिक परिचालनमा कम्तीमा २ वर्षको अनुभव भएको l वा प्राविधिक पदका लागि: जुनियर टेक्निकल असिस्टेन्ट (कृषि तथा पशुपालन) पूरा गरी कम्तीमा २ वर्ष जीविकोपार्जन प्रवर्द्धन र साना स्तरको कृषि, गैर-कृषि व्यवसायहरू तथा जलवायु-प्रतिरोधी खेतिपाति अभ्यासहरू सम्बन्धी काम गरेको अनुभव भएको ।
- समूह तथा सञ्जाल परिचालनका लागि बैठक, अभिमुखीकरण र तालिमहरू आयोजना र सहजीकरण गरेको अनुभव भएको ।
- स्थानीय समुदायसँग सम्बन्ध निर्माण गर्न सक्ने सीप भएको ।
- वडा तथा नगरपालिका तहका सरकारी तथा गैरसरकारी सरोकारवालासँग समन्वय गर्ने सीप भएको ।
- लैङ्गिक विभेद, हानिकारक परम्परागत अभ्यास तथा सामाजिक मुद्दाबारे आधारभूत ज्ञान भएको ।
- ग्रामीण समुदायमा काम गरेको अनुभव भएको ।
- स्थानीय भाषा, परम्परा तथा सांस्कृतिक अभ्यासबारे जानकारी भएको ।
- परियोजनाका गतिविधिहरुको प्रतिवेदन तथा मानवीय वा सफलताका कथा लेखनका सीप भएको ।
तलब तथा अन्य सुविधाहरू यू.एम.एन. एम.डी.टी.को नीतिअनुसार हुनेछ।
न्यूनतम योग्यता पूरा गर्ने सबै इच्छुक व्यक्तिहरूलाई आवेदन दिन आग्रह गरिन्छ। कार्य विवरण (Job Description) र आवेदन फाराम हाम्रो वेबसाइटबाट डाउनलोड गर्न सकिन्छ:
पूरा भरिएको आवेदन फाराम २१ जनवरी २०२६, बुधबार बेलुका ५:०० बजेसम्म ईमेलमार्फत nepali.recruit@umn.org.np मा पठाउनुपर्नेछ वा यू.एम.एन. एम.डी.टी.को प्रदेश कार्यालय बिरेन्द्रनगर ७, इत्राम सुर्खेतमा वा सम्पर्क कार्यालय रुकुमकोटमा पेश गर्न सकिनेछ। छनोट सूचीमा परेका उम्मेदवारहरूलाई मूल्याङ्कन प्रक्रियामा सहभागी हुन आमन्त्रण गरिनेछ।
हामी महिला र सीमान्तकृत समूहहरूबाट आउने आवेदनलाई विशेष प्रोत्साहन गर्दछौ ।
Overview
| Category | Technical, Development Project |
| Openings | 7 |
| Position Type | Contract |
| Experience | 2 Years |
| Education | Intermediate (10+2) |
| Posted Date | 07 Jan, 2026 |
| Apply Before | 21 Jan, 2026 |
| City | Surkhet, Rukum |