परियोजना अधिकृत
Working for Access and Creation, Nepal (WAC- Nepal) a non-government organization, has been working in the field of Livelihood, WASH and Sanitation, quality education, Disaster Risk Management/Climate change Adaptation, Good governance and Right Protection and Institutional Capacity development.
Details / requirements:
कर्मचारी आवश्यकता सम्बन्धी सूचना
मिति: २०८२/११/२०
विज्ञापन नं २०८२/०८३–०२
वाक नेपाल, सामाजिक विकास र परिवर्तनका लागि महिला बालबालिका र विपन्न समुदायको सामाजिक आर्थिक, शैक्षिक र स्वास्थ्य अवस्थामा सुधार ल्याउन क्रियाशिल गैरनाफामुखि सामाजिक संस्था हो । Kindernothilfe (KNH) को साझेदारीमा अछाम जिल्ला साफेबगर नगरपालिकामा सञ्चालित Women Empowerment and Child Right Protection (WECRP) परियोजनाका लागि एक जना परियोजना अधिकृत आवश्यक भएकाले तल उल्लेखित न्यूनतम शैक्षिक योग्यता तथा अनुभव पुगेका ईच्छुक नेपाली नागरिकबाट यो सूचना प्रकाशित मितिले ७ दिन भित्र दरखास्त आह्वान गरिन्छ । ईच्छुक व्यक्तिले रितपूर्वक आफ्नो आवेदन पत्र र वास्तविक बायोडाटा उल्लेखित प्रक्रिया अनुरुप पेश गर्नहुन सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।
पदः परियोजना अधिकृत
संख्याः १ जना
प्रमुख जिम्मेवारीहरू:
- कार्यक्रम तर्जुमा, कार्यान्वयन, अनुगमन तथा मूल्यांकन गर्ने,
- संस्थाको नीति अनुरुप जिल्ला तथा स्थानिय सरोकारवाला निकायहरूबिच सम्पर्क, समन्वय तथा सरोकारवालाहरूसँगको प्रत्यक्ष समन्वयमा क्रियाकलापहरू सञ्चालन गर्ने,
- आत्म निर्भर समूह, आत्म निर्भर समूहको क्षेत्रिय संगठन र संघको निर्माण तथा क्षमता अभिबृद्धिका लागि समुदाय सहजकर्ताहरूलाई सहयोग गरि आय आर्जनका क्रियाकलाप सञ्चालन सम्बन्धी अभिमूखिकरण गर्ने,
- आफु मातहतका कर्मचारीहरूको नीरिक्षण तथा सुपरिवेक्षण गर्ने,
- परियोजना तथा संस्थाले तोकेको ढाँचामाा निर्धारित समयमा प्रतिबेदन तयार गर्ने,
- पालिका तथा जील्ला स्तरका कार्यक्रम कार्यान्वयन योजनाहरू तयार गर्ने, कार्यान्वयन गर्ने गराउने
- आवश्यकता अनुसार विभिन्न तालिम, गोष्ठी, तथा कार्यशालामा समाबेश तथा सञ्चालन गर्ने,
- आफु मातहातका कर्मचारीहरूले तयार गरेको प्रतिबेदनमा आवश्यक पृष्ठपोषण प्रदान गर्ने, बाल अधिकार तथा बाल संरक्षणका बिषयमा पैरवी गर्ने गराउने आदि ।
आवश्यक न्यूनतम शैक्षिक योग्यता, अनुभव:
नेपाल सरकारको मान्यता प्राप्त शैक्षिक संस्थाबाट समाज शास्त्र, ग्रामिण बिकास वा अन्य कुनै संकायमा कम्तिमा स्नातक तह उतिर्ण भई २ बर्षको परियोजना कार्यान्वयन तथा सञ्चालन सम्बन्धी अनुभव भएको ।
थप जानकारी:
आवेदन दिने अन्तिम मिति: २०८२/११/२७ गते कार्यालय समय भित्र (विज्ञापन प्रकाशित मितिले ७ दिन भित्र),
परीक्षाको किसिम: लिखित र अन्तर्वार्ता, प्रारम्भिक छनौटमा परेका उम्मेदवारहरूलाई मात्र लिखित परिक्षामा सामेल गरिनेछ भने परीक्षा हुने मिति, स्थान र समय पछि तय गरी जानकारी गराईने छ ।
दर्खास्त पेश गर्ने ठेगाना: संस्थाको इमेल vacancy@wac.org.np मा आवेदन पत्र र वायोडाटा पेश गर्नु पर्ने छ । आवेदन पत्र तथा बायोडाटाको फारम https://drive.google.com/uc?export=download&id=1HH1QAppHr6rqFW9DOjuUBaIsJx7_LEjg बाट डाउनलोड गरेर अनिवार्य रुपमा भरेर पेश गर्नुपर्नेछ ।
नोटः महिला, स्थानिय, दलित तथा जनजातीलाई प्राथमिकता दिईनेछ । संस्थालाई दवाव दिन गरिने कुनै पनि कार्य भएमा सम्बन्धित उम्मेदवारलाई स्वतः अयोग्य ठहर गरिनेछ ।
पदपुर्ति समिति
वाक नेपाल ०९७–६२५०३२
Overview
| Category | Social Science, Development Project, Development studies, Management |
| Openings | 1 |
| Position Type | Contract |
| Experience | 2+ years |
| Education | Bachelor’s degree in Agriculture, Rural Development, Social Science, or Development Studies |
| Posted Date | 06 Mar, 2026 |
| Apply Before | 11 Mar, 2026 |
| City | Achham |